नेपालका बैंक बलिया छन्, ‘अहेड अफ दि कर्भ’ हुने चाहना नराम्रो होइन




अहिले नेपालको बैंकिङ क्षेत्र सुदृढ, मजबुत र सवल अबस्थामा छ । यसको लागि हामीले केही सुचक लिन सक्छौं । जस्तो कि बैंकिङ क्षेत्रमा खराब कर्जा (एनपिएल) को मात्रा ३ प्रतिशतको हाराहारीमा छ । नाफालाई पनि उदाहरणको रुपमा लिन सकिन्छ । नाफा भनेको खराब कर्जाको अनुपातसँग जोडिएको बिषय पनि हो । नाफाको अबस्थाबाट विश्लेषण गर्दा पनि नेपाली बैंकहरु स्वस्थ अबस्थामा रहेको देखिन्छ ।

नेटवर्थलाई हेरेर पनि बैंकिङ क्षेत्रको अबस्थाको विश्लेषण गर्न सकिन्छ । सबै बैंकको नेटवर्थ धनात्मक छ । कुनै पनि बैंकको ठूलो मात्रामा ‘रिटेन लस’ छैन । यी तथ्यांकले सानोतिनो र छिटपुट घटनालाई ‘इग्नोर’ गर्ने हो भने नेपालको बैंकिङ क्षेत्र मजबुत र ‘वेल कन्सोलिडेट’ रुपमा रहेको देखिन्छ ।

तरलताको अबस्थालाई हेर्ने हो भने पनि ठूलो संकट वा ठूलो समस्या देखिदैन । चालु आर्थिक बर्षको ८ महिनाकै तथ्यांक हेर्ने हो भने पनि बैंकहरुबाट निजी क्षेत्रमा जाने कर्जा १७ प्रतिशतले बढेको छ । ‘नोमिनल जीडीपी ग्रोथ’ १३/१४ प्रतिशत छ । नोमिनल जीडीपी ग्रोथ १३÷१४ प्रतिशत भएको बेलामा बैंकहरुबाट निजी क्षेत्रमा जाने कर्जा १७ प्रतिशतले पुग्नुलाई कम आँक्न मिल्दैन । यो राम्रै हो ।

शान्ति सुरक्षाको अबस्थामा सुधार आइसकेपछि र तिनै तहको निर्वाचन भइसकेपछि आम नेपाली खासगरी लगानीकर्ता तथा ब्यवसायीको मनोबल बढेको छ । अब मुलुकमा शान्ति कायम भयो, ५ बर्षको लागि स्थीर सरकार आयो, यसले राजनीतिक अस्थीरता हट्यो भन्ने सन्देश प्रवाह भएको छ । यसकारण लगानीकर्ताको मनोबल बढेका कारण कर्जाको माग बढेको छ ।

नोमिनल जीडीपीको बृद्धिदरभन्दा बैंक कर्जाको बृद्धिदर न्यून भएको भए समस्या भयो, यसले राम्रो गर्दैन भन्ने हुन्थ्यो । अर्काे बर्ष बैंकबाट प्रवाह हुने कर्जाको कारण जीडीपी तल झर्ने भयो भन्ने हुथ्यो । अहिले यो अबस्था त होइन । बैंक कर्जाले जीडीपी बृद्धिदरलाई ‘पुस’ गरेको अबस्था छ ।

यो अबस्थामा प्रचलित मूल्यको कूल गार्हस्थ उत्पादन (जसलाई हामी नोमिनल जीडीपी भन्छौ) को बृद्धिदर जुन १३/१४ प्रतिशत छ, त्योभन्दा बैंकको कर्जाको बृद्धिदर (चालु आर्थिक बर्षको ८ महिनालाई हेर्दा) भन्दा बढी (१७ प्रतिशत) छ । यो तथ्यांक हेर्दा बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्त मात्रामा ‘बिजनेस’ पाएको र नोमिनल जीडीपीभन्दा बैंकको कर्जाको बृद्धिदर बढी रहेको देखिन्छ । यसलाई हामीले राम्रो मान्नुपर्ने हुन्छ ।

यदि नोमिनल जीडीपीको बृद्धिदरभन्दा बैंक कर्जाको बृद्धिदर न्यून भएको भए समस्या भयो, यसले राम्रो गर्दैन भन्ने हुन्थ्यो । अर्काे बर्ष बैंकबाट प्रवाह हुने कर्जाको कारण जीडीपी तल झर्ने भयो भन्ने हुथ्यो । अहिले यो अबस्था त होइन । बैंक कर्जाले जीडीपी बृद्धिदरलाई ‘पुस’ गरेको अबस्था छ । नोमिनल जीडीपी ग्रोथभन्दा बैंक कर्जाको बृद्धिदर कम भएको भए चिन्ताको बिषय हुन्थ्यो । त्यसकारण आर्थिक गतिविधि विस्तारमा बैंक तथा वित्तीय संस्थाहरुको राम्रो, सकारात्मक भूमिका छ ।

अझ विगत २ आर्थिक बर्षहरुमा जुन प्रकारको सम्मानजनक आर्थिक बृद्धि भयो, त्यसमा बैंकिङ क्षेत्रले राम्रो टेवा दिएको छ । यसको संकेत मैले अगाडि पनि भने झै नोमिनल जीडीपी ग्रोथभन्दा बैंकबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जाको बृद्धिदर उच्च हुनुले गर्छ ।

अझ विगत २ आर्थिक बर्षहरुमा जुन प्रकारको सम्मानजनक आर्थिक बृद्धि भयो, त्यसमा बैंकिङ क्षेत्रले राम्रो टेवा दिएको छ । यसको संकेत मैले अगाडि पनि भने झै नोमिनल जीडीपी ग्रोथभन्दा बैंकबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जाको बृद्धिदर उच्च हुनुले गर्छ ।

कुनै पनि संस्था वा ब्यक्तिको जीबनमा चाहना र सक्षमता भन्ने बिषयले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । हामी जुनसुकै ब्यवसायमा भए पनि आफ्नो ब्यवसाय विस्तार गर्ने नै चाहना हुन्छ । उपयुक्त परिस्थिति वा मौका आएको छ भने हामी जुनसुकै क्षेत्रमा भए पनि त्यसको फाइदा लिने चाहना राख्छौं । चाहनाको साथसाथै सक्षमता पनि हुनु पर्यो ।

निश्चय नै हामी सबैलाई ‘अहेड अफ द कर्भ’ हुने चाहना हुन्छ । तर, धेरै अगाडि जान खोज्दा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन सक्छ । त्यसकारण स्थायित्व सहितको आर्थिक बृद्धि, वित्तीय क्षेत्रको स्थायित्व सहितको वित्तीय क्षेत्रको विकास हामीले खोज्नुपर्ने हुन्छ । वित्तीय क्षेत्रको स्थायित्व सहितको विकास भनेको कर्जा क्षेत्रको सन्तुलन पनि हो ।

बैंक तथा वित्तीय संस्थाहरुले कति हदसम्म कर्जा विस्तार गर्न सक्छन्, कतिसम्म कर्जा दिन सक्छन् भन्ने कुराको निक्र्योल अर्थतन्त्रको क्षमताले गर्छ । तरलता ‘इन्जेक्सन’ हुने, बाहिरिने जस्ता अवयबहरुको अन्तरक्रियाले अर्थतन्त्र चलिरहेको हुन्छ । जसले समग्रमा अर्थतन्त्रको क्षमता देखाउँछ ।

त्यसकारण कर्जा प्रवाह गर्ने अर्थतन्त्रको क्षमता कति हो भन्ने कुरा हामीले आफ्नो क्षेत्रमा काम गर्दा दृष्टिगत गर्नुपर्ने हुन्छ । ठूलो मात्रामा प्रत्येक्ष बैदेशिक लगानी आइरहेको छ भने त्यसले तरलता उपलब्धतामा सहयोग गरिरहेको हुन्छ र बैंकहरुको कर्जा दिने क्षमता अझ भनौं अर्थतन्त्रको कर्जा लिने क्षमता बढिरहेको हुन्छ । पर्यटन क्षेत्रबाट पर्याप्त मात्रामा आम्दानी बढिरहेको छ, हिजोको भन्दा आज वा पहिलेको भन्दा अहिले बस्तु निकासी तीब्र रुपमा बृद्धि भइरहेको छ भने पनि तरलता बढ्छ र बैंकहरुको कर्जा दिने क्षमता वा अर्थतन्त्रको कर्जा लिने क्षमता बढाइरहेको हुन्छ । सरकारले ठूलो परिमाणमा बैदेशिक ऋण वा अनुदान प्राप्त गरेको छ भने पनि तरलता बृद्धि हुन्छ ।

एकलकाँटे वा आफ्नो ‘प्रस्पेक्टिभ’ बाट मात्रै चल्दा आफ्नो सोँचमा ब्यवधान आउँछ । त्यसकारण ‘सिस्टम’ कसरी चलिरहेको छ, त्यसका ‘भेरियबल’ के के हुन्, तिनीहरुको अबस्था के कस्तो छ भनेर हामीहरु चल्नुपर्ने हुन्छ ।

हामीहरुले यस्ता कुराहरुको हेक्का राख्नुपर्ने हुन्छ । एकलकाँटे वा आफ्नो ‘प्रस्पेक्टिभ’ बाट मात्रै चल्दा आफ्नो सोँचमा ब्यवधान आउँछ । त्यसकारण ‘सिस्टम’ कसरी चलिरहेको छ, त्यसका ‘भेरियबल’ के के हुन्, तिनीहरुको अबस्था के कस्तो छ भनेर हामीहरु चल्नुपर्ने हुन्छ ।

निश्चय नै हामी सबैलाई ‘अहेड अफ द कर्भ’ हुने चाहना हुन्छ । तर, धेरै अगाडि जान खोज्दा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन सक्छ । त्यसकारण स्थायित्व सहितको आर्थिक बृद्धि, वित्तीय क्षेत्रको स्थायित्व सहितको वित्तीय क्षेत्रको विकास हामीले खोज्नुपर्ने हुन्छ । वित्तीय क्षेत्रको स्थायित्व सहितको विकास भनेको कर्जा क्षेत्रको सन्तुलन पनि हो ।

हामीले यो सन्तुलन मिलाउनु पर्ने हुन्छ । नेपाल राष्ट्र बैंक समग्र आर्थिक विकासमा काम गर्ने निकाय हो । यसैकारण राष्ट्र बैंकले स्थायित्व पनि हेर्छ र ग्रोथ पनि हेर्छ । स्थायित्व र ग्रोथबीचको सन्तुलन मिलाउने काम राष्ट्र बैंकले गरिरहेको छ । यसैलाई केन्द्रमा राखेर राष्ट्र बैंकले नीति निर्माण र विश्लेषण गर्ने गरेको हुन्छ ।
(नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक थापासँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु