‘मुहान सफा गर्ने’ अर्थमन्त्री घोषणाको साइड इफेक्टः पुँजी पलायनको बम्पर उपहार
काठमाडौं । अन्तराष्ट्रिय बजारमा चिनीको मूल्य प्रतिटन ३३८.८ अमेरिकी डलर छ । नेपाल सरकारले चिनीको सन्दर्भ मूल्य प्रतिटन ४६० अमेरिकी डलर तोकेको छ । सरकारले तोकेको चिनीको सन्दर्भ मूल्य अन्तराष्ट्रिय बजार मूल्यभन्दा प्रतिटन १२१ अमेरिकी डलरभन्दा बढी छ ।
होल मिल्क पाउडरको सन्दर्भ मूल्य सरकारले प्रतिटन ४ हजार अमेरिकी डलर तोकेको छ । यसको अन्तराष्ट्रिय बजार मूल्य ३२२५ अमेरिकी डलर छ । सरकारले तोकेको सन्दर्भ मूल्य होल मिल्क पाउडरको अन्तराष्ट्रिय बजार मूल्यभन्दा ७७५ अमेरिकी डलर बढी छ ।
सरकारले कालो मरिचको सन्दर्भ मूल्य प्रतिटन ७ हजार अमेरिकी डलर तोकेको छ । यसको अन्तराष्ट्रिय बजार मूल्य प्रतिटन ३५ सय अमेरिकी डलर छ । सरकारले तोकेको कालो मरिचको सन्दर्भ मूल्य प्रतिटन ३५ सय अमेरिकी डलर नै बढी छ ।
अन्तराष्ट्रिय बजारमा सेतो मरिचको मूल्य प्रतिटन ४ हजार अमेरिकी डलर छ । सरकारले यसको सन्दर्भ मूल्य प्रतिटन ९ हजार अमेरिकी डलर तोकेको छ । सरकारले तोकेको सेतो मरिचको सन्दर्भ मूल्य अन्तराष्ट्रिय बजार मूल्यभन्दा प्रतिटन ५ हजार अमेरिकी डलर बढी छ ।
यी प्रतिनिधि उदाहरणमा सरकारले चिनीमा प्रतिटन १२१ अमेरिकी डलर, होल मिल्क पाउडरमा प्रतिटन ७७५ अमेरिकी डलर, कालो मरिचमा प्रतिटन ३५ सय अमेरिकी डलर र सेतो मरिचमा प्रतिटन ५ हजार अमेरिकी डलरका दरले बढी मूल्य कायम गरी भन्सार शुल्क उठाएको छ ।
यसरी बढी भन्सार महसुल उठाएकोमा सरकारको आलोचना नगरौं । नेपालमा उत्पादन नहुने बस्तु अन्तराष्ट्रिय बजारबाट सस्तोमा ल्याएर उपभोग संस्कृतिलाई बढावा दिन हुदैन भन्ने सरकारी अधिकारीको तर्कमा सहमत बनौं ।
तर, यसको अर्काे पाटोको चर्चा भने गर्नै पर्ने देखियो ।
डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त हुने वित्तिकै राजस्वको मुहानै सफा गर्ने भन्दै भन्सारमा कडाइ गर्ने अभिब्यक्ति दिएका थिए । उनको सो अभिब्यक्तिको केही दिन पछाडि नै भन्सार बिन्दुहरुमा कारोबार मूल्यको साटो सन्दर्भ मूल्यलाई कडाइका साथ कार्यान्वयन गरिएको छ ।
सन्दर्भ मूल्य कार्यान्वयनको कारण नेपालबाट बैधानिक रुपमा पुँजी पलाउने हुने खतरा बढेको छ । माथिको उदाहरण अनुसार एक टन चिनी आयात गर्ने आयातकर्ताले तिरेको मूल्यभन्दा १२१ अमेरिकी डलर बढी रकम बिदेश पठाउन पायो ।
‘अन्तराष्ट्रिय बजार मूल्य अनुसार भनेर सरकारले पेट्रोलियम पदार्थमा प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्छ, नेपाल राष्ट्र बैंकले अन्तराष्ट्रिय बजार मूल्य अनुसारै भनेर प्रत्येक दिन विदेशी मुद्राको सटही दर परिवर्तन गर्छ, भन्सार विन्दुहरुमा कहिले तोकिएको सन्दर्भ मूल्यलाई लिएर बस्नु उचित हुदैन,’ क्षेत्रीले भने ।
यस्तै होल मिल्क पाउडरमा प्रतिटन ७७५ अमेरिकी डलर, कालो मरिचमा प्रतिटन ३५ सय अमेरिकी डलर र सेतो मरिचमा प्रतिटन ५ हजार अमेरिकी डलर बढी रकम बिदेश पठाउन पाइने अबसर सरकारले प्रदान गरेको छ । किनभने सरकारले भन्सार बिन्दुमा कायम गरेको मूल्य नै आयातकर्ताले खरिद गरेर ल्याएको आधिकारिक मूल्य हुन्छ । र, त्यसैका आधारमा उक्त आयातकर्ताले एलसी मार्फत विदेशी मुद्रा विदेश पठाउन पाउँछन् ।
यस्तो मौका दिदा पुँजी पलायनको खतरा बढी हुने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्री बताउँछन् । भन्सार कार्यालयहरुले सुचना प्रविधिको अधिकतम प्रयोग गरेर अन्तराष्ट्रिय बजार मूल्य अनुरुपको ब्यवहार गर्नुपर्ने उनको भनाइ छ ।
‘अवसर पर्खेर बसेका महाजनहरुले मौका मिल्नासाथ एक ठाउँको पुँजी अर्काे ठाउँमा पुर्याउँछन्, नेपाली नागरिकले विदेशमा लगानी गर्न नपाउने कानुन भएकै बेलामा पनि लगानी भएको भन्ने सुनिएको थियो, यस्तो अबसरले पुँजी पलाएनलाई थप अवसर दिन्छ,’ क्षेत्रीले क्लिकमाण्डूसँग भने ।
उनले अन्तराष्ट्रिय बजार मूल्य अनुसारको ब्यवहार गर्नु आवश्यक हुने बताए ।
‘अन्तराष्ट्रिय बजार मूल्य अनुसार भनेर सरकारले पेट्रोलियम पदार्थमा प्रत्येक १५ दिनमा मूल्य समायोजन गर्छ, नेपाल राष्ट्र बैंकले अन्तराष्ट्रिय बजार मूल्य अनुसारै भनेर प्रत्येक दिन विदेशी मुद्राको सटही दर परिवर्तन गर्छ, भन्सार विन्दुहरुमा कहिले तोकिएको सन्दर्भ मूल्यलाई लिएर बस्नु उचित हुदैन,’ क्षेत्रीले भने ।
अहिले अन्तराष्ट्रिय बजारमा बस्तुको मूल्य छिनछिनमै परिवर्तन भइरहेको हुन्छ । आज मूल्य बढेको बस्तुको भोलि मूल्य घट्न पनि सक्छ ।
अर्काे पनि जानकारी दिउँः सरकारको बजेट आएपछि करका दरहरु तय हुन्छन् । त्यसपछि भन्सार विभागले विभागस्तरीय भन्सार ब्यवस्थापन गोष्ठीको आयोजना गर्छ । साही गोष्ठीमा भएको छलफल, भन्सार कार्यालयहरुको प्रस्ताव र विभिन्न निकायहरुको सिफारिस समेतको आधारमा सन्दर्भ मूल्य कायम गरिन्छ । यस्तो सन्दर्भ मूल्यले कुनै बैधानिकता पाएको हुदैन ।