वारेन्टी सकिएको एक महिनामै बिग्रियो एयरबस, निगमलाई १ अर्बको भार थपिदै



काठमाडौं । नेपाल वायुसेवा निगमले उडान भर्दै आएको नयाँ ‘ए३२०-२००’ सिरिजको जहाजको इन्जिन वारेन्टी सकिएको एक महिनामै विग्रिएको छ ।

निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग २०७१ माघ २५ गते खरिद गरी ल्याएको १ सय ५८ सिट क्षमताको ‘ए३२०-२००’ सिरिजको जहाजको इन्जिनमा समस्या आएको हो ।

उक्त जहाजको इन्जिनको वारेन्टी मंसिरमा मात्रै सकिएको थियो । त्यसको वारेन्टी अवधि ७ हजार घन्टा उडान समय बराबर रहेको थियो ।

मंसिरमा वारेन्टी सकिएकोे कलसाइन ‘९एन-एकेडब्लु’ भएको निगमको ‘ए३२०-२००’ सिरिजको उक्त जहाज नियमित तालिका अनुसार पुस १० गते भारतको नयाँदिल्ली गएको थियो ।

नयाँ इन्जिन खरिद गर्नुपरे १ अर्बभन्दा बढी र सेकेन्ड ह्यान्ड लिए ६० करोड रुपैयाँ हाराहारी पर्ने भएकोले तत्काल उडान भर्नको लागि निगमले भाडामा लिन लागेको हो ।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको उक्त जहाज हाल इन्जिन फेर्नको लागि सिंगापुर लगिएको छ ।

एक महिना भारतको नयाँदिल्लीमा थन्किएको उक्त जहाज उडाउन अमेरिकी इन्जिन निर्माता कम्पनी ‘इन्टरनेसनल एरो इन्जिन’ (आइएई) सँग एकथान इन्जिन भाडामा लिने निर्णय निगमले गरिसकेको छ ।

यसका लागि निगमले महिनाको १ लाख ५० हजार अमेरिकी डलर (१ करोड ५० लाख रुपैयाँ) तिर्ने सम्झौता गरेको छ ।

निगमले एयरबस ३२० जहाजका लागि एक थान इन्जिन महिनाको डेढ करोडका दरले चार महिनाका लागि भाडामा लिइने निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

‘एयरबसको वारेन्टी सकिएसंगै हाम्रो जहाजको बायाँ तर्फको इन्जिन विग्रिएको हो,’ कंसाकारले भने ।

नयाँ इन्जिन खरिद गर्नुपरे १ अर्बभन्दा बढी र सेकेन्ड ह्यान्ड लिए ६० करोड रुपैयाँ हाराहारी पर्ने भएकोले तत्काल उडान भर्नको लागि निगमले भाडामा लिन लागेको हो ।

निगमले खरिद गर्ने भन्दा पनि इन्जिन मर्मत गर्नको लागि पहिलो प्राथमिकतमा राखेको छ । निगका अनुसार बिग्रिएको इन्जिन आइएईले नै मर्मत गरिदिने सहमति समेत भएको छ । इन्जिन मर्मत गर्न चार महिनाजति लाग्ने अुनमान निगमले गरेको छ ।

एउटा इन्जिनले काम नगरे पनि जहाज निर्माता एयरबस र इन्जिन निर्माता आइएईले इन्जिन फेर्न जाने गन्तव्य (दिल्लीबाट सिंगापुर) सम्म ‘फेरी फ्लाइट’ को अनुमति दिएपछि जहाज उडाएर लगिएको थियो ।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमताको ‘बि७५७-२००’ सिरिजको एकथान तथा दुईथान ए३२० जहाज छन् । तीन जहाजबाट निगमले भारत, कतार, थाइल्यान्ड, मलेसिया, युएई र हङकङका ८ गन्तव्यमा उडान गरिरहेको छ ।


क्लिकमान्डु