विश्वमा ३७ करोड ५० लाखले रोजगारी गुमाउने खतरा !



काठमाडौं । आगामी सन् २०३० सम्ममा विश्वभरबाट ३७ करोड ५० लाख रोजगारी कटौति हुने अनुमान गरिएको छ । उक्त कटौति अटोमेसनका कारणले म्याकिन्से ग्लोबल इन्स्टिच्युटले जनाएको छ । मेसिनको सञ्चालन र फास्ट फुड तयारीको क्षेत्रका रोजगारी अटोमेसनका कारण धेरै जोखिममा परेको इन्स्टिच्युटले जनाएको छ ।

‘मानिस सुरुका २० वर्षसम्म विद्यालय जाने र अर्को ४० देखि ५० वर्षसम्ममा काम गर्ने स्थिति तोडिने भएको छ,’ म्याकिन्से ग्लोबल इन्स्टिच्युटका साझेदार र प्रतिवेदनका सहलेखक सुसान लन्डले बताइन् ।

‘तपाईंको करियरको अवधिभर सिकाइ र तालिमको अवस्थाका बारेमा सोच्नुपर्ने अवस्था आएको छ,’ उनले बताइन् । मानिसले गर्ने रोजगारी सन् १९०० को सुरुदेखिकै ठूलो संक्रमणको अवस्थामा पुगेको लेखकको विश्वास छ ।

उक्त समयमा कामदारहरु कृषिबाट कारखानातर्फ गएका थिए । अटोमेसनका कारण मार्सल प्लान अनुसार अगाडि बढ्नुपर्ने अवस्था आएको छ । अमेरिकाले दोस्रो विश्वयुद्धपछि पश्चिमी युरोपको पुनर्निर्माणका लागि अर्बौं डलरको खर्च गरेजस्तै खर्च गर्नुपर्ने अवस्था आएको बताइएको छ ।

१९८० को दशकमा व्यक्तिगत कम्प्युटरको उदयले केही रोजगारी खोसेको थियो ।

यस किसिमको योजनामा निजी र सार्वजनिक क्षेत्रबाट नयाँ तालिमको कार्यक्रम र श्रम बलको संक्रमणको कार्यक्रमका लागि ठूलो लगानीको आवश्यकता भएको औंल्याइएको छ ।

विद्यमान चुनौतीका बाबजुद कामदार कसरी अगाडि बढ्न सक्छन् भन्ने विषयमा सार्वजनिक गरेको छ । १९८० को दशकमा व्यक्तिगत कम्प्युटरको उदयले केही रोजगारी खोसेको थियो । यसले धेरै भूमिका निर्वाह गरेको थियो । नयाँ सीपको विकास गर्ने इच्छा राख्ने कामदारले मात्रै नयाँ काम पाउने अवस्थाको सिर्जना हुने प्रतिवेदनमा उल्लेख छ ।

‘रोबोटले हाम्रो रोजगारी खोस्ने अवस्था बढाइचढाइ रुपमा प्रस्तुत गरिएको छ,’ लन्डले बताइन् । काम अटोमेटेड भएको छ, तर धेरै क्षेत्रमा जो-कोहीलाई पनि पर्याप्त रोजगारी हुनेछ ।

मानिसको व्यवस्थापन गर्ने, सामाजिक अर्न्तक्रिया तथा विज्ञको परिचालनजस्ता रोजगारी अटोमेसनले खोस्ने अपेक्षा नगर्नका लागि लेखकले आग्रह गरेकी छन् । गार्डनर, प्लम्बर, शिशु र बूढापाकाको हेरचाह गर्ने लगायतका रोजगारी अटोमेसनबाट कम जोखिममा परेका रोजगारी हुन् । यदि आगामी समय राम्रोसँग व्यतीत गर्ने हो भने मानिसलाई तीव्र दरमा सीप सिकाउन आवश्यक भएको उनले बताइन् ।


क्लिकमान्डु