आर्थिक समृद्धिको सपनाः अब अन्त्य होला तमसुके सरकार ?



काठमाडौं । भारतमा विगत २० वर्षदेखि राजनीतिक गठबन्धन जारी छ । भारतमा हाल काँग्रेस आई नेतृत्वको महागठबन्धन अस्तित्वमा छ । भारतीय जनता पार्टी विरुद्ध बनाइएको महागठबन्धन कामवायी हुन सकेको छैन ।

तर नेपालको हकमा गठबन्धन कसरी अगाडि बढ्ला र त्यसले कसरी राजनीतिक मियो अगाडि लैजाला भन्नेमा भने अहिल्यै टिप्पणी गरिहाल्नु हतार हुनेछ । तर मतगणनाको पहिलो रुझानलाई हेर्ने हो भने गठबन्धन सफलताको दिशामा गएको देखिन्छ ।

संविधान कार्यान्वयन गराउन महत्वपूर्ण मानिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गराएर एउटा ऐतिहासिक कार्य सम्पन्न गरेका छन् । वामगठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले अध्यक्ष केपी ओलीले निर्वाचन हुनु भन्दा कहीँ दिन अगाडिसम्म निर्वाचन गराउन सरकार तयार छैनन् भन्दै सार्वजनिक मञ्चहरुमा भाषण दिइरहेका थिए ।

तर शेरबहादुर देउवाले निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गरेको स्वदेश तथा विदेशबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

लोकतन्त्रमा निर्वाचनको असाध्यै महत्व राख्दछ । मतदाताले उल्लेख्य रुपमा सहभागी भएर लोकतन्त्रको उच्चतम अध्यास गरे । मतदाताले आर्थिक समृद्धि र विकासको पक्षमा मतदान गरेका छन् ।

राजनीतिक नेतृत्व र गठबन्धनमा सहभागि दलले जनताको अपेक्षालाई सम्बोधन गर्न कुनै पनि कसर बाँकी राख्नु हुँदैन भन्ने तर्फ विशेष ध्यान दिइनु पर्दछ । पहिलो चरणमा मतगणना भइरहेको मत परिणामलाई हेर्दा नेपालमा वाम गठबन्धन सफल हुने देखिएको छ । राजनीतिक स्थिरताका लागि नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरेका थिए ।

भारतमा भारतीय जनता पार्टीको नेतृत्वमा रहेको गठबन्धन सफल देखिएपनि काँग्रेस आई नेतृत्वको महागठबन्धन असफल भएको सन्दर्भमा नेपालको गठबन्धन कसरी अगाडि बढ्ला अब केही दिन भित्रै थाहा हुन्छ । नेपालको सन्दर्भमा यसरी गठबन्धन गरेर निर्वाचनमा सहभागी भएको यो पहिलो पटक हो । गत स्थानीय तहको निर्वाचनमा सामान्य रुपमा गठबन्धन भएको थियो । नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)को बीचमा गठबन्धन भएको थियो । केही जिल्लामा एमाले, काँग्रेसबीचमा समेत गठबन्धन भएको थियो ।

तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउनु भन्दा दुई महिना पहिले भएको वामगठबन्धनले कसरी कार्यक्रम अगाडि बढाउला भन्नेमा भने अहिल्यै टिप्पणी गरिहाल्नु हतारको विश्लेषण हुन जान्छ । तर निर्वाचनमा आएका सकारात्मक र नकारात्मक प्रतिक्रियालाई सकार बनाएर अगाडि जानु दलहरुका लागि उत्तम विकल्प हुन जान्छ ।

उद्योगी तथा व्यावसायीले अपेक्षा गरे जस्तै आर्थिक समृद्धिको युग सुरु पर्दछ । लामो समयदेखि जारी रहेको राजनीतिक सक्रमणकाललाई अन्तय गरेर आर्थिक समृद्धिको मार्गमा अगाडि डो¥याउनु आजको प्रमुख कर्तव्य हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुुपति मुरारकाअनुसार अबको युग आर्थिक समृद्धिको युग हो । त्यसको पक्षमा दलहरुले समयमै ध्यान दिनु जरुरी छ ।

रुझानका हिसाबले ६/ ६ महिना वा तमसुक गरेर बनाइने सरकारले कहिल्यै आर्थिक समृद्धिको मार्गलाई अगाडि बढाउन सक्दैन । २०६२/६३ को जनआन्दोलन पछि १० वटा सरकार गठन भए । जुन नेपालको समृद्धिका लागि बाधक बनेको तथ्य कोही कसैबाट छिपेको विषय होइन ।

सरकारले इमान्दारितापूर्वक काम गर्ने हो भने आर्थिक वृद्धि ६.९ प्रतिशत भएको तथ्य हाम्रै अगाडि छ । चालु आवमा ७.२ प्रतिशतको आर्थिक वृद्धिको अपेक्षा गरिएको छ ।  निर्वाचन पछि बन्ने सरकार र गठबन्धनको दायित्व आर्थिएक समृद्धिका पक्षमा नै हुनु पर्दछ ।

राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण खनाल अबको युग आर्थिक समृद्धि नै हो भनेर दलहरुले स्वयम् घोषणा गरेको तथ्यलाई कार्यान्वयन गर्ने समय आएको बताउँछन् । के दलहरु आर्थिक समृद्धिको यात्रामा अगाडि जालान् वा उनीहरु त्यसका लागि तयार होलान् भन्नेमा अझै जनताले भने पत्याइहालको छैनन् ।

गणतन्त्र जनताको बलमा स्थापना भएको हो । दल , नेताका व्यवहारबाट जनता आजित भएपनि तिनै दलका नेतालाई मतदान गरेर पुनः एक पटक विश्वास गरेका छन् । जनताको उक्त विश्वासलाई मजबुत बनाउने दायित्व अब पुनः दलहरुकै काँधमा आइलागेको छ ।


पुष्प दुलाल