डिपिआरमा गम्भीर गल्ती, गौतमबुद्ध विमानस्थलको निर्माण खर्च ४० अर्ब नाघ्ने



काठमाडौं । विगतमा सस्तो आयोजना भन्दै निर्माण सुरु गरिएको भैरहवामा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहणका लागि २६ अर्व रुपैयाँ लाग्ने भएको छ ।

सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण सुरु गरेको राष्ट्रिय गौरवको आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको थियो । काम सुरु भएको २ वर्षसम्म २६ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाको लागत ५ गुणसम्म बढ्ने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले चालु वर्षमै मुअव्जाको लागि ३ अर्व रुपैयाँ छुट्याएको छ । भने अन्तर्राष्ट्रियको विमानस्थल बनाउनको लागि थप २३ अर्व रुपैयाँ मुअव्जामै जाने निष्कर्ष प्राधिकरणले निकालेको छ ।

‘यसरी हेर्दा विमानस्थल निर्माणको लागि ४० अर्व रुपैयाँ लाग्ने अनुमान प्राधिकरणले निष्कर्ष निकालेको छ,’ प्राधिकरण स्रोतले भन्यो ।

स्तरोन्नती पश्चात गौतमबुद्ध विमानस्थलमा एयरवसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलको रुपमा हेरिएको विमानस्थल समयमा काम सम्पन्न नहुदाँ तथा दोस्रो चरणको विस्तारको लागि मुअव्जा वितरण तथा अन्य लागत खर्च बढ्दा झन्डै ४० अर्ब रुपैयाँ नाध्ने भएको हो ।

नेपालमा कति जग्गा कुन आयोजनालाई चाहिने हो भन्ने विषय विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डिपिआर) मै आउनु पर्ने भएता पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि धावन मार्ग र टर्मिनल भवनको विषयमा मात्रै अध्ययन गरेको पाइएको छ । जहाजको लागि तेल डिपो कहाँ राख्ने विषय समेत डिजाइनमा उल्लेख नगरेको पाइएको छ ।

नेपालका आयोजनामा कतिसम्म लापरबाही हुन्छ भन्ने प्रमाण भएको प्राधिकरण स्रोतको भनाई छ । अन्य थुप्रै विषयहरु छुटेका लागि हाल कहाँ के राख्ने र कति जग्गा चाहिन्छ भन्नेमा अध्ययन भइरहेको प्राधिकरण स्रोतको भनाई छ । जसको लागि पहिलो चरणमै विमानस्थलको निर्माणको लागि मुअव्जा ३ अर्ब रुपैयाँ थपिएको छ ।

चालु आर्थिक वर्षमानै निकासा दिने गरी प्राधिकरणले बजेट तयार गरेको छ । जसमा पहिलो चरणको काम सम्पन्न गर्नको लागि आयोजनाको लागत ११ अर्व ५५ करोड पुग्ने भएको छ । जवकी यसअघिको अध्ययनमा ७ अर्बमा धवनमार्ग र टर्मिनल भवन तथा डेढ अर्बमा अन्य काम गर्ने गरी चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो ।

अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न विमानस्थल निर्माण गर्ने भएकोले त्यसको क्षेत्र धेरै आवस्यकता पर्ने छ । जसको लागि हालसम्म पनि जग्गा प्राप्तको काम अगाडी बढाइएको छैन । अत्यन्न महंगो भइसकेको उक्त क्षेत्रमा अव मुअव्जा वितरण गर्दा २३ अर्व रुपैयाँ छुट्याउनु पर्ने प्राधिकरणको एक अध्ययनले देखाएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

विमानस्थल वरपर ठूला भवन, घर तथा संरचना निर्माण भइसकेकोले अव मुअव्जा वितरण गर्दा आयोजनको लागत महंगो पर्ने भएको हो । “अहिलेको संचरचा र डिजाईनमा मात्रै विमास्थल निर्माण गर्ने हो भने आन्तरिक उडान मात्रै भर्न मिल्छ,” प्राधिकरण स्रोतले भन्यो ।

विमानस्थले काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यवस्थाका रुपमा प्रयोग गर्न सकिने गरी निर्माण गरिएको दावी प्राधिकरणले गर्दै आएको छ ।

स्तरोन्नती पश्चात गौतमबुद्ध विमानस्थलमा एयरवसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ । यस विमानस्थलको स्तरोन्नतिसंगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ ।

विमानस्थलमा अन्य इक्युप्मेन्ट तथा रेडारको विषयमा अझै अध्ययन जारी रहेको छ । जसको लागि हालसम्म बजेट छुट्याइएको छैन् । “सवै हिसाव गर्दा विगतमा ७ अर्बको आयोजना भनेर चर्चा गरिएको विमानस्थलको लागत ४० अर्ब नाध्ने निश्चत भएको छ,” प्राधिकरण स्रोतले भन्यो ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले कामग सुरु गरेको दुई वर्षमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । सन् २०१८ को मार्च भित्र सम्पन्न गर्नुपर्ने भएता पनि हालसम्म २६ प्रतिशत मात्रै काम भएको हो ।

चिनियाँ ठेकदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।

विमानस्थल विस्तारमा निर्माण समाग्रि सप्लायर्सको जिम्मा पाएको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका कारण समस्या भएको चिनियाँ ठेकदारले अरोप लगाउँदै आएको थियो । उक्त कम्पनी नेकपा एमालेका नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालको हो । अहिले खनाल बाहिरिएपछि काम सुरु भएको छ ।


क्लिकमान्डु