राहूको प्रभावले शिर्ष नेता बिजोर नम्बरको क्षेत्रमा उम्मेद्वार (सूचीसहित)



काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि कात्तिक १६ गते (हिजो) उम्मेदवारी दर्ता भयो । सो दिन दर्ता भएका उम्मेदवारीमा एउटा अनौठो संयोग देखियो । त्यो संयोग के थियो भने प्रायः सबै दलका शिर्ष र प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र बिजोर नम्बरको पर्यो ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट उम्मेदवार बने । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेलल्धुरामा उनको उम्मेदवारी विजोर नम्बरको निर्वाचन क्षेत्रमै पर्यो भनेर मान्न सकिन्छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दिएका छन् । अर्काे ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पनि विजोर अंकमै पर्ने चितवन ३ बाट उम्मेदवारी दिएका छन् ।

यति मात्रै होइन, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहँु क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् भने पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाल पनि इलाम क्षेत्र नम्बर १ बाट नै उम्मेदवार भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापा मकवानपूर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । चर्चित गायिका कोमल वली दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी छन् । यस्तै साझा पार्टीका नेता रबिन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट, नेपाली काँग्रेसका महामन्त्री सशांक कोइराला नपलपराशी (पूर्व) १ बाट र उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार सुनसरी ३ बाट उम्मेदवार परेका छन् । काँग्रेस नेता बिमलेन्द्र निधि धनुषा ३ बाट र काँग्रेस प्रभावशाली नेता कृष्णप्रसा सिटौला झापा ३ बाट उम्मेदवार बनेका छन् ।

किन भयो यस्तो ?
यो राम्रो संयोग नै हो । तर, यस्तो संयोग पर्नुका पछाडि कुनै खास कारण त छैन ? ज्योतिष डा. सुनिल सिटौला यसको खास कारण रहेको बताउँछन् ।

सिटौलाका अनुसार हिजो उम्मेदवारी दर्ता गर्ने शिर्ष नेताको निर्वाचन क्षेत्र बिजोर नम्बर पर्नुलाई अंक जोतिषशास्त्र अनुसार अध्ययन गर्नुपर्ने हुन्छ । सो दिन राहू र चन्द्रमा शासकीय ग्रह (रुलिङ प्लानेट) थिए । यी ग्रहको प्रभावका कारण शिर्ष नेताको निर्वाचन क्षेत्र विजोर नम्बर परेको हो ।

‘हिजो राहू र चन्द्रमा शासकीय ग्रह थिए, उनीहरुको प्रभावको कारण प्रभावशाली नेताको निर्वाचन क्षेत्र बिजोर नम्बर परको हो,’ सिटौलाले क्लिकमाण्डूसँग भने ।

उम्मेदवारी दर्ता गर्ने दिन राहू र चन्द्रमा शासकीय ग्रह परेको कारण लोकतान्त्रिक धारका नेताहरुको मत बढी आउने र अन्य धारका नेताको मत कम हुन सक्ने उनको बिश्लेषण छ । तर, यसको अर्थ लोकतान्त्रिक धारका नेताले मात्रै जित्छन् भन्ने नभएर यस्तो धारका नेताको अनुमानभन्दा अलि बढी मत आउने र अन्यधारका नेताको मत अनुमानभन्दा कम आउने हुन सक्ने उनले बताए ।

बिजोर नम्बरको निर्वाचन क्षेत्रबाट उठेका नेताहरु
शेर बहादुर देउवा–डडेल्धुरा–१
आरजु राणा देउवा– कैलाली–५
केपी शर्मा ओली–झापा –५
प्रचण्ड–चितवन–३
विक्रम पान्डे–चितवन–३
रामचन्द्र पौडेल –तनहुँ–१
झलनाथ खनाल–इलाम–१
कृष्ण प्रसाद सिटौला–झापा–३
शशांक कोइराला– नवलपरासी पूर्व–१
महन्त ठाकुर– महोत्तरी–३
राजेन्द्र महतो– धनुषा–३
विमलेन्द्र निधी–धनुषा–३
विजय गच्छादार–सुनसरी–३
अशोक राई–सुनसरी–१
कमल थापा–मकवानपुर–१
इश्वर पोखरेल–काठमाडौं–५
प्रकाशशरण महत–काठमाडौं–५
प्रकाशनमान सिंह–काठमाडौं–१
रविन्द्र मिश्र–काठमाडौं–१
अम्बिका बस्नेत–काठमाडौं–३
उदयसम्शेर राणा–ललितपुर–१
नवराज शिलवाल–ललितपुर–१
दिपक बोहरा–रुपन्देही–३
घनश्याम भुषाल–रुपन्देही–३
प्रदिप गिरी– सिराह–१
सुनिल बहादुर थापा–धनकुटा–१
विश्वप्रकाश शर्मा–झापा–१
सुरेन्द्र (राम) कार्की–झापा–१
पम्फा भुसाल– ललितपूर–३
प्रेम सुवाल– भक्तपूर–१
उज्जल थापा–काठमाडौं–५
हृदयश त्रिपाठी– नबलपरासी पश्चिम –१
दीपकुमार उपाध्यय– कपिलबस्तु–१
चन्द्रप्रकाश खनाल– कपिलबस्तु–१
बामदेब गौतम–बर्दिया–१
भीम रावल–अछाम–१
पूर्णबहादुर खड्का–सूर्खेत–१
रमेश लेखक– कन्चनपूर–३
डा. गोबिन्दराज पोखरेल–प्युठान–१


क्लिकमान्डु