बिनासूचना नेपालमा आउने जहाज रोक्न १ अर्ब लगानीमा राडार



काठमाडौं । जहाज उडान र अवतरणको निगरानी गर्ने अत्याधुनिक राडार ललितपुर भट्टेडाडाँमा जडान गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जडान गरेको उक्त राडार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा जडान गरिएको हो ।

झन्डै १ अर्ब रुपैयाँ लगातमा जडान गरिएको राडारले नेपालको भूमिमा हुने हवाई गतिधिको सजिलै निगरानी गर्ने छ ।

२ वर्षअघि नै संचलनमा ल्याउने योजना रहेता पनि राडारका पार्ट्सहरु लैजानको ठुलोसडक आवश्क पर्ने भएको र वन मन्त्रालयले धेरै रुख कटान हुनेभन्दै सहमति नदिएपछि ढिलाई भएको थियो ।

६ महिना अघिनै जडान भए पनि संचालनमा भने आएको थिएन । अमेरिकन कम्पनीले अर्को महिना टेष्ट फ्लाइट गरेपछि पुर्णरुपमा संचालनमा आउने प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए ।

जाइकाले ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग तथा प्राधिकरणको १० करोड रुपैयाँ खर्चमा रेडार जडान गरिएको हो । प्राधिकरणले राख्न लागेको मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स रेडार (एमएसएसआर) नामक राडार २ सय नोटकल ९ प्रतिनोटकल १.८५ किलोमिटर क्षमता रहेको छ ।

फुल्चोकीमा रहेको राडार १५ वर्ष पुरानो भइसकेको त्यसमा पनि प्राइमरी राडर भएकोले क्षमतानै थोरै रहेकोले धेरैपहिलेनै नयाँ राडार आवस्यक रहेता पनि जडानमा ढिलाई भएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमा राडार जडान गरिएको प्रत्येक ५ वर्ष विस्थापन तथा पार्ट्स परिर्वतन गर्नुपर्छ । तर नेपालमा भने कम क्षमता त्यसमा पनि १५ वर्ष पुरानो राडार हुदाँ एयर ट्राफिक निगरानीमा समस्या हुँदै आएको छ ।

जापानले ४ वर्ष अघिनै राडार जडान गर्नको लागि ९० करोड ७० लाख रुपैयाँ बराबर सहयोग गर्नेगरी नेपाल सरकारसँग सम्झौता गरेको थियो ।

अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) को एनएक्स(१० अनुसार हवाई सुरक्षाको लागि नयाँ रेडार जडान अत्यावश्क भइसकेको थियो । नयाँ राडारले नेपालको पूर्वीभाग पुरै र पश्चिममा नेपालगन्ज सम्म हवाई निगरानी गर्ने क्षमता रहेको छ । जसले गर्दा नेपालको सिमानमा अन्य मुलुकबाट जहाज अवैधानिक रुपमा ल्याएमा राडारले सूचना प्रर्वाह गर्ने छ ।

त्यस्तै गरी जहाजले गलत बाटो लिएको खन्डमा, मौसम खरावी भएमा लगायत सबै सूचना राडारले दिने छ ।

नेपालको हवाई दुर्घटना धेरै जसो डाँडाँकाडाँले छेकेपछि सूचना टावरमा दिन नसक्ने तथा मौसम खरावीको समेत सूचना दिने प्राविधि हाल नभएकोले हुने गरेको छ । नयाँ राडार जडान भएपछि धेरैजसो समस्या समाधान हुने अनुमान गरिएको छ ।

राडारको विशेषता

-अन्य मुकुलबाट बिना सूचना जहाज आए जानकारी दिने
-मोनुपोल्स सेकेन्डरी सरभाइलेन्स राडार (एमएसएसआर)
-२ सय नोटकल क्षमता प्रति नोटकल ९१.८५ किलोमिटर
-हवाई सुरक्षामा सुधार हुने दाबी
-पूर्वीभाग पुरै र पश्चिममा नेपालगन्जसम्म धान्ने


क्लिकमान्डु