आर्थिक नगरीमा ब्यापारी मेयर, बीरगन्ज बन्ला त स्याटलाइट सिटी ?



काठमाडौं । ‘राजनीति गर्नेबाट लामो समय बिकास भएन, बिकास गर्नकै लागि ब्यवसायिक व्यक्ति राजनीतिमा आएको हूँ,’ बीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर विजय सरावगीले उम्मेद्वारी दर्ता गर्ने समयमा भनेका थिए ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एकमात्र महानगर बीरगन्जको मेयर जितेर सरावगीले राजनीतिमा ‘सुखद इन्ट्री’ गरेका छन् । बीरगन्ज मुलुकै कान्छो महानगर पनि हो ।

राजनीति सुधार गर्न चुनाव लडेर जितेका सरावगीले राजनीतिलाई सुधार गर्छन् या आफैं सुधार हुन्छन् त्यो हेर्न भने ५ बर्ष भने कुर्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीमा ठूलो लगानी भएका बीरगन्जका व्यवसायी सरावगी मेयर चुनाब लड्नकै लागि संघीय समाजवादी फोरम प्रवेश गरेका थिए ।

राजनीति सुधार गर्न आर्थिक बिकासलाई केन्द्रबिन्दुमा राख्न भन्दै चुनाव लडेर जितेका सरावगीले राजनीतिलाई सुधार गर्छन् या आफैं सुधार हुन्छन् त्यो हेर्न भने ५ वर्ष कुर्नुपर्छ । किनभने उनी आफैले २० बर्षमा नभएको बीरगन्जको बिकास ५ बर्षमा गर्छु भनेका थिए ।

फोरम प्रवेश गर्नु अगाडि कुनै पनि राजनीतिक दलमा सक्रिय नभएका सरवगी कांग्रेससँग निकट थिए । भूकम्प तथा नाकाबन्दीपछि बीरगन्जको अवस्थामा सुधार ल्याउन राजनीतिमा जाने निर्णय लिएको सरावगीले चुनाव अगाडि बताएका थिए ।

आलोचकहरुले पैसाको बलमा टिकट पाएको भने पनि सरावगीले चुनाव जितेर संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई २ नम्बर प्रदेश तथा बीरगन्जमा शक्तिशाली बनाइदिएका छन् ।

बीरगन्जमा निर्वाचन हुनभन्दा अगाडि राजपाको विजय पक्का रहेको बुझाई धेरैको थियो । राजपाले राजेशमान सिंहलाई टिकट दिएपछि विमल श्रीवास्तवले राजपा छोडेर फोरम लोकतान्त्रिकबाट उम्मेद्वार बने ।

आर्थिक नगरी बीरगन्ज नेपालको व्यापार गर्ने प्रमुख नाका हो । संविधान आएपछि भारतले लगाएको नाकाबन्दी तथा तराई–मधेशमा आएको आन्दोलनले देशभर हाहाकार नै मच्चियो ।

वीरगन्ज महानगरको ७० प्रतिशत ग्रामीण र ३० प्रतिशत सहरी क्षेत्र छ । सरावगीले बीरगन्जको ७० प्रतिशत भू–भागलाई स्याटेलाइट सिटी बनाउने र सो अनुसार ब्यापार, उद्योग र कृषिका पकेट क्षेत्र निर्माण गर्ने भनेका थिए ।

आर्थिक नगरी बीरगन्ज भनिए पनि पहिलो मधेश आन्दोलन २०६४ पछि बीरगन्ज क्षेत्र लगानीकर्ताको दृष्टिकोणमा सुरक्षित देखिएको छैन ।

पछिल्लो १० वर्षमा बीरगन्ज क्षेत्रमा ठूलो उद्योग स्थापना भएको छैन भने भएका उद्योगमा महसुस गर्न सकिने गरी लगानी थप भएको पनि छैन । बीरगन्जमा भएको आन्दोलनको फाइदा भैरहवाले उठाएको छ । ब्यापारिक समुदायबाट आएका सरावगी व्यवसाय र लगानीको विषयमा राम्रो नै जानकार छन् ।

निर्वाचनमा सरावगीले करिब ३० वर्षदेखि राजनीति गरेका २०४९ सालमा उपमेयर भएका कांग्रेसका अजय द्विवेदी, मधेश आन्दोलनका सक्रिय राजेशमान सिंहदेखि बीरगन्जका पूर्वमेयर विमल श्रीवास्तवसम्म मात्र होइन सामाजिक संजालमा रुचाइएका माओवादीका रहबर अन्सारी तथा एमालेका बस्रुदिन अन्सारी समेतलाई पराजित गरे ।

यो पटक बीरगन्जको मेयरमा चुनाव लड्नेमा कांग्रेसका द्विवेदी र फोरम लोकतान्त्रिका श्रीवास्तव पुराना खेलाडी थिए । यी सबैलाई पराजित गरेर बीरगन्जलाई आर्थिक नगरी बनाउने जिम्मा सरावगीले पाएका छन् ।

वीरगन्ज महानगरको ७० प्रतिशत ग्रामीण र ३० प्रतिशत सहरी क्षेत्र छ । सरावगीले बीरगन्जको ७० प्रतिशत भू–भागलाई स्याटेलाइट सिटी बनाउने र सो अनुसार ब्यापार, उद्योग र कृषिका पकेट क्षेत्र निर्माण गर्ने भनेका थिए ।

व्यवसायिक दृष्टिकोणले हेर्दा सरावगी सफल नै मानिन्छन् । बीरगन्जबाट सुरु भएको उनको व्यवसाय काठमाडौंसम्म फैलिएको छ । ब्यवसायी त्यसमाथि पनि मारवाडी समुदायको व्यक्ति राजनीतिमा प्रवेश गरेर चुनाव लड्नु आफैंमा अनौठो नै हो ।

समानुपातिक कोटाबाट मारवाडी व्यवसायी सांसद् भए पनि प्रत्यक्ष चुनाव लडेका घटना भने बिरलै छन् । सरावगीको राजनीति यात्राले अरु व्यवसायीलाई पनि राजनीतिमा तान्ने सम्भावनालाई भने बलियो बनाएको छ ।

वीरगन्जका चुनावी सभामा सरावगीले २० वर्षमा हुन नसकेको विकास ५ वर्ष गर्ने प्रतिबद्धता गरेका थिए । बीरगन्जका जनताले मेयरमा सरावगीलाई विजय बनाएसँगै पाको उमेरकी कांग्रेस उम्मेदवार शान्त कार्कीलाई उपमेयरको रुपमा सहयोगी दिएका छन् ।

नगरसभामा संघीय समाजवादी फोरमको बहुमत छैन । उनले सबै दललाई विश्वासमा लिएर अगाडि बढ्नु पर्ने हुन्छ । राजनीतिक अनुभव कम भएका सरावगीसामु यो चुनौति कमजोर छैन ।

देशको प्रमुख नाका बीरगन्ज नामले महानगर भए पनि यसका आधाभन्दा बढी वडाहरु महानगरका वडा भन्न लायक छैनन् । महानगर बनाउनको लागि गाउँहरु थपिएका छन् । बीरगन्जको पनि घण्टाघर क्षेत्र बाहेक अन्यन्त्र सडको अवस्था राम्रो छैन ।

मधेशका अरु क्षेत्रजस्तो बीरगन्जका पनि समस्या साझा नै छन् ।

उनले निर्वाचन अगाडि बीरगन्जलाई सबैखालको गन्तव्य बनाउने बताएका थिए । शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्र, मनोरन्ज, र संस्कृतिक हब बनाउने घोषणा उनले गरेका थिए ।

उनले बीरगन्जको बिकासको लागि ५ वटा नारा अघि सारेका थिए । बेरोजगारी अन्त्य, बाटो, बिजुली र बैंक उनका प्रमुख नारा थिए ।

राजनीति सुधार गर्न चुनाव लडेर जितेका सरावगीले राजनीतिलाई सुधार गर्छन् या आफैं सुधार हुन्छन् त्यो हेर्न भने ५ बर्ष भने कुर्नुपर्नेछ ।

 

 


पुष्प दुलाल