स्वतन्त्र सिइओ कम्पनी चलाउन असफल भएका हुन् ?



इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत र प्रवन्ध निर्देशक विशाल सिक्काले राजिनामा दिएपछि भारतीय कर्पोरेट जगतमा एउटा नयाँ बहस सुरु भएको छ ।

के कम्पनीहरु व्यवस्थापन संस्थापकले बाहेक अरुले गर्न सक्दैनन् ? यो भन्दा अगाडि टाटा ग्रुपले प्रमुख कार्यकारी अधिकृत साइरस मिस्त्रीलाई हटाएर एउटा उदाहरण दिइसकेको थियो ।

सिक्का र मिस्त्रीको घटनापछि कर्पोरेट जगतमा कम्पनीको संस्थापक र स्वतन्त्र सिइओको एउटा बहस सुरु भएको छ ।

भारतमा अहिलेपनि कम्पनीहरुमा जहा एउटा परिवार वा कम्पनीको सुरुवात गर्ने व्यक्तिहरु निर्णय प्रक्रियामा हाबी हुन्छन् । जबकी विश्वमा कर्पोरेट जगत भारतको भन्दा फरक छ ।

एउटा समय आएपछि कम्पनीको संस्थापकले विज्ञ व्यक्तिलाई कम्पनीको व्यवस्थापन हस्तान्तरण गर्छन् । केही कम्पनीलाई छाडेर संस्थापकहरु स्थाई सिइओको रुपमा हुँदैनन् ।

ग्रेहाउन्ड नलेज ग्रुपका संस्थापक तथा सिइओ संचित गोयिका भारतमा परिवारद्धारा चलाउने कम्पनी बढी भएको बताउँछन् । भारतमा ठूलो कर्पोरेट घरानामा अम्बानी,टाटा र बिडलाको ग्रुपको नाम आउने गर्छ । भारतमा उद्यमीहरु धेरै पुराना छैनन् । यस्ता ग्रुपहरुमा पारम्परिक परिवारको संस्कृति नै बढी हाबी हुन्छ ।

‘भारतको कर्पोरेट क्षेत्रमा इन्फोसिस पछिल्लो पुस्ताको कम्पनी हो’,उनले भने,‘यस्तो अवस्थामा कम्पनीको कल्चर परिवर्तन हुन समय लाग्छ’

भिसी मार्केटर महेश मुर्ती लामो समयसम्म काम गरेका कम्पनीका संस्थापक सिइओभन्दा बढी शक्तिशाली हुने गरेको बताउँछन् । उनीहरु कम्पनीसँग आफै जोडिरहेका हुन्छन् ।

‘टाटा ग्रुपको हेड फेमिली फाउन्डर रतन टाटा हुन्, न कि साइरस मिस्त्री या चन्द्रशेखर जसलाई जिम्मवेवारी दिएपनि निर्णय टाटाको नै हुने हो ।’ उनले भने

नलेज ग्रुपका सिइओ सचित गोयिका इन्फोसिसबाट राजिनामा दिएपछि विशाल सिक्का कर्पोरेट जगतमा एउटा उदाहरण बनेको बताउँछन् ।

‘यदी कम्पनीका फाउन्डर तपाईलाई सिइओ बनाउन चाहन्छन् भने तपाईले फाउन्डरसँग राम्रो सम्बन्ध राख्नुपर्छ।’,उनले भने ।

भारतमा धेरैजसो कम्पनीको सिइओ फाउन्डर नै हुने गरेका छन् । त्यसपछि प्रमुख संचालन अधिकृत(सिएफओ) वा अन्य व्यक्ति भने बाहिरबाट ल्याएर नियुक्ती गर्ने गरिन्छ ।

जस्तो रिलायन्स इन्डष्ट्रीका मुकेश अम्बानी छन् । भारती ग्रुपमा सुनिल मित्तल,महिन्द्रामा आनन्द महिन्द्रा,हिरो मोटरकर्पमा पवन मुन्जल,बजाज ग्रुपमा राहुल बजाज नै सिइओको भूमिकामा छन् ।

अमेरिकाको कर्पोरेट क्षेत्र फरक छ । जहा कम्पनीका फाउन्डरले कम्पनी कसले अगाडि बढाउने भन्ने तय गर्छन् । यहाँपनि फाउन्डरले लामो समयपछि मात्र सिइओ पद छाडेका छन् ।

सिलिकन भ्यालीमा पनि लामो समयदेखि संस्थापक सिइओ धेरै छन् । जस्तो माइक्रोसफ्टका संस्थापक बिल गेट्स २५ वर्षदेखि कम्पनीमा सिइओ छन् ।

तर,सिलिकन भ्यालीका कम्पनीमा सेल्स,मार्केटिङ,टेक्नोलोजी संचालन गर्न फरक फरक युनिट हुन्छन् ।

यसरी विभागहरुले लिने फैसलापनि स्वतन्त्र र कसैको दवावमा नपरेर लिइएको हुन्छ । जहा सिइओको भूमिका फन्ड जुटाउने र कम्पनीलाई अगाडि बढाउनेमा मात्र सिमित हुन्छ । उनीहरु कम्पनीका सामान्य खालका दैनिक क्रियाकलापमा संलग्न हुँदैनन् । मनी भास्करबाट


क्लिकमान्डु