लाभांशको दृष्टिकोणबाट कुन जलविद्युतको सेयर किन्नु उत्तम ?



काठमाडाैं । जलबिद्युत क्षेत्रले नेप्सेमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । केही समयसम्म एउटा हातको औंलामा मात्र गन्न सकिने जलबिद्युत कम्पनीहरु नेप्सेमा सुचिकृत थिए । तर, अहिले झण्डै १५ वटा जलबिद्युत कम्पनीको सेयर त नेप्सेमा नियमित कारोबार हुन थालेका छन् ।

सेयर धितोपत्र बोर्डमा सार्वजनिक निष्काशनको लागि आवेदन दिएका कम्पनीका सुची हेर्ने हो भने पनि जलबिद्युत क्षेत्रकै बाहुल्यता छ ।
आँखुओला, गज्र्याङ, जोशी, शुभम, साञ्जेन, रसुवागढि, पञ्चकन्या, राढि बिद्युत र युनिक हाइडेलले सार्वजनिक निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

तर, नेप्सेमा सुचिकृत भएका जलबिद्युत कम्पनीका लाभांश कस्ता छन् त ? अनी के उनीहरुको लाभांशले दोस्रो बजारको मुल्यलाई न्याय गर्छ ? यो दृष्टिकोणबाट हेर्दा कुन जलबिद्युत कम्पनीको सेयरलाई सबैभन्दा ‘सस्तो’ भन्न सकिएला त ?

अपि पावर नेप्सेमा सुचिकृत कम्पनीहरु मध्ये सबैभन्दा महङ्गो देखिएको छ । गत बर्षको नाफबाट ५ प्रतिशत लाभांश बाँढेको कम्पनीको सेयर मुल्य बजार स्थिर रहेको बेलामा समेत प्रति कित्ता ५ सय ५५ रुपैंयाँ छ । कम्पनीको सेयर मुल्य लाभांश भन्दा १ सय ११ गुणाले बढि छ ।

अपि पछि सबैभन्दा महङ्गो कम्पनी चिलिमे देखिएको छ । गत बर्ष २० प्रतिशत लाभांश बितरण गरेको कम्पनीको प्रतिकित्ता सेयर मुल्य ८ सय रुपैंयाँ छ । कम्पनीको सेयर मुल्य लाभांश भन्दा ४० गुणाले बढि छ ।

त्यसपछि लाभांश र सेयर मुल्यको हिसाबले सबैभन्दा महङ्गो कम्पनी जलबिद्युत लगानी तथा बिकास कम्पनी रहेको छ । कम्पनीको सेयर मुल्य लाभांश भन्दा ३९.४ गुणाले बढि छ ।

बिगत तीन बर्ष देखि लगातार लाभांश बाँढेको कम्पनी रिडी हाइड्रोको सेयर मुल्य भन्दा ३१ गुणाले बढि छ ।

सेयर मुल्य र लाभांशको हिसाबले नेप्सेमा सुचिकृत मध्ये सबैभन्दा सस्तो सेयर भने अरुण भ्याली र बुटवल पावर कम्पनीको रहेको छ ।

उनीहरुको सेयर मुल्य लाभांश भन्दा क्रमशः २७ र २३ गुणाले मात्र बढि छ । यसको मतलब बिगतको तथ्याङ्कलाई आधार मानेर हेर्दा यी कम्पनीको सेयर किन्दा लगानीकर्ताहरु तुलनात्मक रुपमा कम लगानी गरेर बढि प्रतिफल पाउन सक्ने अवस्थामा रहन्छन् ।


क्लिकमान्डु