फोहोर सडक सफा गर्न काठमाडौंका मेयर भोलिदेखि सडकमा निस्कने



काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचत मेयर विद्यासुन्दर शाक्य बिहीबारदेखि सडक सरसफाइका लागि आफैं सडकमा आउने भएका छन् ।

धुलो र धुवाँका कारण काठमाडौंको सडकमा मास्क लगाएरमात्र हिड्नुपर्ने अवस्थाको अन्त्य गर्न बिहीबारदेखि नै सरसफाइ अभियान थाल्न लागेका हुन् ।

शाक्यले आज (बिहीबार) मात्रै नयाँ मेयरकोरुपमा सफथग्रहण लिएका थिए । उनले शहर सफा गर्ने कार्य योजना सहितको फाइलमा पहिलो हस्ताक्षर गरेर मेयरको काम सुरु गरेका छन् ।

महानगरपालिकाको कार्यभार सम्हाल्नुअघि शाक्यले क्लिन द सिटी अभियानको फाइलमा हस्ताक्षर गरेका हुन् ।

महानगरभित्र नेपाली भाषसँगै यहाँका नेवारी भाषलार्य सरहारी कामकाजको भाषा, ८० वर्ष उमेरका पुरुष र ७५ वर्ष उमेरका महिलालाई १२ हजार रुपैयाँ महानगरको तर्फबाट लिने फाइलमा पनि हस्ताक्षर गरेका छन् ।

प्रथम बैठकले पारित गरेको निर्णयहरु

क. २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरवासीको उत्साहजनक सहभागिता, जनप्रतिनिधि चयन गर्न मतदाताहरुले प्रयोग गर्नुभएको सार्वभौम विवेकको सम्मान गर्दै काठमाडौं महानगरपालिकाका, नगर कार्यपालिकाको पहिलो बैठक हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछ । निर्वाचनलाई सफल पार्न अहोरात्र खटनुहुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई उच्च प्रसंसा गर्दछ । साथै स्वशासन र लोकतन्त्रको लागि विगतमा पटक–पटक भएको जनआन्दोलनको क्रममा सहादत प्राप्त गर्नु भएका ज्ञात अज्ञात सहितसहिदप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्ने ।

ख. काठमाडौं महानगरपालिकाका ८० वर्ष उमेर पुरा भएका पुरष र ७५ वर्ष उमेर पुरा भएका महिला बरिष्ठ जेष्ठ नागरिकलाई महानगरपालिकाको तर्फबाट बार्षिक १२ हजार रुपैयाँ महानगर भत्ता उपलब्ध गराउने र उहाँहरुलाई घरदैलोमा नै दक्ष चिकित्सक सहितको टोली पठाई स्वास्थ्य परीक्षण गर्ने कार्य तत्काल थालनी गर्ने ।

ग. काठमाडौंमा बढ्दै गएको धुलो, धुवाको प्रदुषण न्यूनिकरण गर्न प्रभावकारी कार्य योजना र निश्चित जिम्मेवारी सहित साधन श्रोतको अधिकतम परिचालन गरी क्लिन द सिटी अभियान थालनी गर्ने ।

घ. महानगरपालिकाको घर घर, टोल टोलबाट उत्सर्जन हुने फोहोरलाई सूर्योदय अगावै विसर्जन र व्यवस्थापन गर्ने ।

ङ. महानगरपालिकाका सबै वडा कार्यालय र सम्पूर्ण विभागहरुबाट प्रवाह हुने सेवा, छिटो, छरितो, प्रभावकारी र पारदर्शिक बनाउँदै जवाफदेही र असल शासनको अभ्यास गर्ने । यसका लागि सूचना प्रविधिको प्रयोग र भ्रष्टाचारमा शुन्य सहनशीलताको नीति अंगिकार गर्ने ।

च. २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पीडित महानगरबासीहरुका निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा निशुल्क परामर्श सेवा र भवन निर्माण इजाजत दस्तुरमा सत प्रतिशत छुट सुविधा उपलब्ध गराउने ।

छ. काठमाडौं महानगरपालिकाको सरकारी कामकाजको भाषाको रुपमा नेपाली र नेपाल भाषाको प्रयोग गरिने छ । नेपाल भाषाका विज्ञ दोभाषेको समेत व्यवस्था मिलाई सेवाग्राहीलाई सहज सेवा पुर्याउने प्रबन्ध गरिनेछ । साथै, संयक्त राष्ट्र संघमा नेपालको पहिचानका रुपमा सूचिकृत भएको रञ्जना लिपीलाईसमेत काठमाडौं महानगरपालिकाको सबै कार्यालयको बोर्ड र लेटरप्याडमा प्रयोग गर्ने ।

ज. काठमाडौं महानगरपालिकाका क्षेत्रभित्र अवस्थित ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्र, महत्वपूर्ण सार्वजनिक स्थल र पार्कहरुमा फ्रि वाइफाइ क्षेत्र को व्यवस्था गर्ने ।

झ. भुकम्पबाट पूर्ण क्षति भएका बागदरबार स्थित काठमाडौं महानगरपालिकाको साविकको कार्यालय भवन निर्माणको कार्य तत्काल शुरु गर्ने । यसका लागि अन्य निकायहरुसँग समेत आवश्यक समन्वय गर्ने । साथै, हालका अधिकाश वडा कार्यालय भवनहरु कार्यालय सञ्चालनको लागि पर्याप्त नदेखिएकोले वडा कार्यालय भवन निर्माण कार्य प्राथमिकताकासाथ अगाडि बढाउने छ ।

ञ. काठमाडौं महानगर क्षेत्रमा सम्भावित स्थान पहिचान गरी आवश्यक संख्यामा सार्वजनिक शौचालयहरु निर्माण गर्ने कार्य तत्काल थालनी गर्ने ।

ट. काठमाडौं महानगरलाई २४ औं घण्टा खुला जीवन्त शहरको रुपमा विका गर्न आवश्यक पूर्वाधारहरुको विकास एवं निर्माण कार्यहरु थालनी गर्ने ।


पुष्प दुलाल