धमाधम बन्दैछ साढे ८ अर्बको चमेलिया जलविद्युत आयोजना



बैतडी । दार्चुलाको शैल्यशिखर नगरपालिका-१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै सुरु गरिने भएको छ ।

जलाशय परीक्षणको काम सकिएकाले र शुक्रबारदेखि मुख्य क्षेत्रमा रहेका उपकरण ड्राइटेस्टको काम सुरु गरिने चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार दाहालले बताए । ड्राइटेस्टका लागि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन लागेको उनले जानकारी दिए ।

‘प्राविधिक टोलीले जडान गरिएका उपकरणले सही ढङ्गले काम गरेको छ कि छैन भनी परीक्षण गर्नेछ,’ उनले भने ।

यसअघि जेठ पहिलो साता काम सुरु गर्ने भने पनि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन ढिलाइ भएपछि परीक्षणको काममा ढिलाई भएको हो । मुख्य क्षेत्रका उपकरणबाहेकका अन्य क्षेत्रमा ड्राइटेस्टको काम सुरु भइसकेको दाहालले बताए ।

‘ब्रेकरलगायतका उपकरणको ड्राइटेस्ट भए पनि मेन टर्बाइन ड्राइटेस्टको काम कोरियाली प्राविधिक आइसकेपछि मात्रै हुन्छ,’ उनले भने ।

ड्राइटेस्टको कामबाहेक अहिले आयोेजनाको ड्याममा पानी भर्ने, सुरुङ भेरिएसनका लागि खनिएका सहायक सुरुङहरु पुर्ने काम, मुख्य सुुरुङको सफाइलगायत प्रसारण लाइनदेखि दायाँ बायाँ नौ/नौ मिटर गरी १८ मिटरसम्मका रुख काट्ने काम भइरहेको छ ।

करिब चार वर्षअघि निर्माण सम्पन्न भएको प्रसारण लाइनमा हावाहुरीका कारण रुख ढलेर क्षति पु¥याएको थियो ।

‘आयोजनाको १३१ किमी राष्ट्रिय प्रसारण लाइन विस्तारलाई असार मसान्तसम्म सक्ने लक्ष्य रहेको छ,’ दाहालले भने

नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय योजना आयोग र ऊर्जा मन्त्रालयले आयोजनाको काम समयमै सक्न निर्देशन दिएको छ ।

आगामी पुसमा आयोजना सम्पन्न गर्ने लक्ष्य भए पनि निर्माण कार्यले तीव्रता पाएपछि आयोजनाका सबै काम कात्तिक मसान्तसम्ममा सकेर उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले बताए ।

सिभिलतर्फको काम गरिरहेको ठेकेदार कम्पनी चाइना गेजुुवा गु्रप अफ कम्पनिज् ९सिजिजिसी०लाई एक महिना चाँडै गरेर सेप्टेम्बर अघि नै काम सक्न आग्रह गरिएको दाहालको भनाइ छ ।

आयोजनामा आर्थिक विकास साझेदारी कोषमार्फत नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको छ ।

विसं २०६३ पुसमा आयोजनाको सिभिलतर्फको सबै काम चिनियाँ कम्पनी सिजिजिसीलाई दिइएको थियो । आयोजनाको निर्माण कार्यमा ढिलाइ, भौगोलिक रुपमा टाढा रहेको, बैतडी र दार्चुलामा प्रसारण लाइन विस्तार गर्दा लागत खर्च बढेको दाहाल बताउँछन् ।

आठ अर्ब ५० करोडको लगानीमा बन्न लागेको चमेलिया जलविद्युत् आयोजना निर्माण कार्य आगामी वर्षको पुसमा सकिने छ । विसं २०६८ सम्म निर्माण गरिसक्ने लक्ष्य लिएपनि सुरुङ खुम्चिएकाले लक्ष्यभन्दा पाँच वर्षपछि मात्रै निर्माण सम्पन्न हुन लागेको हो ।

गत वर्ष मङ्सिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माघ महिनामा ऊर्जा मन्त्री जनार्दन शर्माले चमेलियाको स्थलगत निरीक्षण गर्दै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए ।


पुष्प दुलाल