नाकाबन्दी हटेपछि बिक्न छाड्यो साइकल



काठमाडौं । नेपालले जारी गरेको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगायो ।

भारतको नाकाबन्दीले नेपालमा पेट्रोलियम पदार्थको हाहाकार नै भयो ।

आम सर्वसाधारणहरुले साइकल किन्न थाले । त्यसबेला साइकल पसलहरुमा ठूलो भिडभाड हुन्थ्यो ।

आफूले पेट्रोलियम पदार्थ खपत गर्ने सवारी साधन चढ्दा सरकार भारतसँग झुक्नुपर्छ भन्दै जनताले साइकल चढेर राष्ट्रियताका लागि लड्न सरकारलाई समर्थन गरेका थिए ।

त्यसबलेला केपी ओली प्रधानमन्त्री थिए । अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषण सार्ववानिक सभामै भारतसँग नझुक्ने बरु साइकल चढ्ने गरे । जसको प्रभाव सर्वसाधारणमा पनि देखिएको थियो ।

सामाजिक संजालपनि साइकलमय भएको थियो । नाकाबन्दीको समयमा साइकलको बिक्री यती बढेको थियो पसलमा भएको स्टकपनि सकिएको अवस्था थियो ।

कालिकास्थानमा रहेको हन्सबहिनि बाइसाइकल सपका संंचालक प्रेम लामा नाकाबन्दीको समयमा अत्याधिक रहेको साइकल व्यापार नाकाबन्दी हटेपछि बिक्री हुन छाडेको बताउँछन् ।

‘नाकाबन्दीको समयमा दिनको १० देखि २० वटा सम्म साइकल बिक्री भयो,’ त्यो बेलाको व्यापारको स्मरण गर्दै लामाले क्लिकमाण्डूसँग भने– ‘अहिले महिनामा १० वटा साइकल बिक्री गर्न पनि मुस्किल छ ।’

नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थ नपाएर साइकल बिक्री बढे पनि काठमाडौंको सडक भने साइकलमैत्री रहेको छैन । स्वस्थ रहनको लागि साइकल विहान केहीले चलाउने गरेको भएपनि सवारीको रुपमा साइकल प्रयोग गर्न सजिलो छैन ।

लामाको पसलमा ६५ सय रुपैयाँ देखि ८० हजार मुल्यसम्मको साइकल उपलब्ध रहेको छ ।

‘ प्रायजसो ट्रेकिङ फिल्डका मानिसहरु र विदेशीले साइकल किन्ने र भाडामा लिने गर्छन्’,उनले भने,‘ पहिले भाडामानि निकै साइकल जाने तर अहिले तिन देखि चार वटा सम्मको मात्र साइकल दैनिक जाने र भाडामा साइकल मुल्य रु ५ सय देखि २ हजार सम्ममा दिने लामाले बताए । साइकलहरु धेरै जस्तो चिनबाट आउने र कुनै भारतबाट आउने लामाले बताए ।


क्लिकमान्डु