बित्तीय क्षेत्रको ‘निकट दृष्टि’ ले हाम्रो समुदाय, अर्थतन्त्र र ग्रह नै ध्वस्त पार्न सक्छ




बैंक तथा बित्तीय संस्थाहरु (अधिकांश) अहंकारी पुरुष जस्तै भएका छन् । नाफाका लागि मृगको बच्चो उफ्रिए झैं अन्य सारा बिकल्प माथि बुरुक्क बुरुक्क उफ्रिन्छन् ।

पैसा कमाउने यहि दृष्टिकोण (हरेक कारोबारमा तुरुन्त नाफा खोज्ने) ले दीर्घकालमा नाफा बढाउँदैन । वास्तवमा हामीले आफ्ना पुराना गल्ती र कमजोरीबाट सिकेनौं भने हाम्रो बित्तिय ‘निकट दृष्टि’ ले नोक्सान हुने, टाट पल्टने र समग्र बजार ध्वस्त हुने अवस्था निम्त्याउन सक्छ ।

धेरै शक्ति, तर न्यून जिम्मेवारी
सन् १९६२ मा स्पाइडर म्यान कमिकका प्रतिभावान लेखकले ‘यो संसारमा ठूलो शक्तिसँगै ठूलो जिम्मेवारी पनि आउँछ’ तथा सन् १९६६ को हिट संगीत ‘काबारेट’ ले ‘पैसाले पुरा संसार घुमाउन सक्छ’ (पैसा धेरै शक्तिशाली हुन्छ भन्ने अर्थमा) भन्ने शब्दहरु भएको गीत समावेश गरको छ ।

तर, सन् २०१७ मा यी कुराहरु अझै सत्य साबित हुँदा पनि यस जगतका ठेकेदारहरुले भने अझै बुझेका छैनन् ।

संसारका सबै ठूला कुरा बिर्सिदिनुस् । समानताका कुरा वा आफ्ना नाति नातिनाका कुरा । यो कुरा बुझ्नुस्, आधारभुत कुरा भनेको दीगो बिकास नै हो । यत्ति कुरा बुझ्नुस्, अनि यसले तपाईंको भविष्य ग्यारेन्टी गर्दछ ।

केन्द्रिय बैंकहरु र सरकारहरुले अर्थतन्त्रमा पैसाको मात्रा नियन्त्रण नगरेको धेरै समय बितिसकेको छ । यसमा धेरै नियन्त्रण निजी बित्तीय संस्थाहरुकै छ । आज बिकसित देशहरुमा ९५ प्रतिशत पैसाको प्रवाह निजी बित्तीय संस्थाहरुबाटै हुने गरेको छ । यो कुनै ठगी होइन । बरु, बैधानिक तरिकाबाट ऋण प्रवाह र लगानी गरेरै उनीहरुले सम्पत्ती सृजना गरेका हुन् । यो ‘गुणात्मक असर’ को प्रतिफल हो ।

यो रोचक छ, किनभने यसले शक्ति र पैसा दुवैका बारे केही बताउँछ । जब बित्तीय संस्थाहरुले लगानी र ऋण प्रवाह गर्ने वा नगर्ने बिषयमा निर्णय गर्छन्, उनीहरुले लगानी गर्दै गरेको धेरै पैसा संम्बन्धित संस्थाबाट नभई समग्र बित्तीय प्रणलीको कारणले गर्दा बनाएका हुन् । यसले उनीहरुलाई आफुसँग भएको पैसामात्र लगानी गर्ने अवस्थामा भन्दा अर्थतन्त्र माथि र समग्र मानिसको जीवनमा प्रभाव पार्न सक्ने ठूलो संगठित शक्ति दिएको छ ।

हामी जब पैसाको सृजना गर्छौं, तब कसरी खर्च गर्ने भनेर निर्धारण पनि गर्छौं । पैसालाई दीगो ढंगले खर्च गर्ने भनेको कम पैसा बनाउनु होइन । बरु, ठ्याक्कै उल्टो हो ।

तर, यति ठूलो शक्ति र उनीहरुले निभाइरहेका जिम्मेवारीबिच सन्तुलन भने छैन ।

खासमा बित्तीय संस्थाहरु तत्कालका नाफा घाटाको हिसाब गरेर काम गर्दै आएका छन् । यसले अस्थिरता निम्त्याउँछ । जब बित्तीय तरलता अत्यावश्यक हुन्छ, पैसाको प्रवाह रोकिन्छ । बैंकहरु मन्दीका बेला तत्कालीन नाफा नहुने हुनाले ऋण प्रवाह गर्न बन्द गर्छन् । अनि जब अर्थतन्त्रमा अत्याधिक तरलता हुन्छ (बिशेष गरि आर्थिक ‘बबल’ भएको बेला), तब बैंकहरु तत्कालीन नाफा कमाउन सकिने हुनाले झन धेरै पैसा प्रवाह गर्छन् ।

यसरी बैंकहरुले केही मिनेट, दिन वा महिना मात्र हेर्ने आर्थिक ‘मोडल’ प्रयोग गरी बास्तविक अर्थतन्त्रलाई अस्थिर बनाइरहेका छन् । र, यो बित्तीय संस्थाहरुको लागि पनि राम्रो होइन । उनीहरुको आफ्नै अर्थतन्त्र पनि बास्तवीक अर्थतन्त्र झैं ‘बुम’ र ‘बस्ट’ को असरमा परिरहेको छ ।

बित्तीय ‘निकट दृष्टि’ ले हाम्रो अर्थतन्त्रलाई कस्तो असर पारिरहेको छ ?
बैंकहरुको लगानीको यस दृष्टिकोणले सम्पत्तिहरुको नाश गर्छ । बैंकहरुले दीर्घकालीन रुपमा दिगो नहुने ब्यवसायको लागि पनि तत्कालिन नाफाको लागि कम ब्याजदरमा लगानी गर्ने गरेका छन् । जंगल किनेर रुख काट्दै बेच्ने ब्यवसायले आफुले काटेको रुख बराबर अर्को रुख रोपेर काम गर्ने ब्यवसाय भन्दा पक्कै पनि छिटो ऋण तिर्न सक्छ । र, तत्कालका लागि आकर्षक लाभांस पनि बितरण गर्न सक्छ । तर, सबै रुखहरु त्यो ब्यवसाय नै बाँकी रहदैंन ।

जब सम्पत्तिहरुको जगेर्ना भन्दा नाश गरिन्छ, तब स्थानीय समुदाय गरीब हुँदै जान्छन् । तर, जसले त्यस्ता योजनाबाट कमाए, उनीहरु त्यस्तै तत्कालीन र दीगो नहुने अर्को योजनाको खोजीमा निस्किहाल्छन् । यसले असमानता बढाउँछ, र स्थानीय समुदायको क्रय शक्ति घटाउँछ । यसको मतलब बस्तु र सेवा खरिद गर्ने क्षमता भएका कम ब्यक्ति । अर्बपति निक हानवरले भने झैं,‘आम जनता नै बृद्धि र समृद्धिको स्रोत हुन्, हामी धनी होइनौं । जब कामदारहरुसँग धेरै पैसा हुन्छ, ब्यवसायहरुसँग धेरै ग्राहक हुन्छन् ।’

बित्तीय क्षेत्रको लागि सुझाव
मलाइ के लाग्छ भने, यो पढ्दै गरेका केही मानिसहरु बित्तीय बिज्ञ छन् होला, जो म भन्दा फरक, दीगो बित्तको लागि काम गर्दैनन् । मेरो तपाईंहरुलाई सानो सुझाब छ ।

संसारका सबै ठूला कुरा बिर्सिदिनुस् । समानताका कुरा वा आफ्ना नाति नातिनाका कुरा । यो कुरा बुझ्नुस्, आधारभुत कुरा भनेको दीगो बिकास नै हो । यत्ति कुरा बुझ्नुस्, अनि यसले तपाईंको भविष्य ग्यारेन्टी गर्दछ ।

हामी जब पैसाको सृजना गर्छौं, तब कसरी खर्च गर्ने भनेर निर्धारण पनि गर्छौं । पैसालाई दीगो ढंगले खर्च गर्ने भनेको कम पैसा बनाउनु होइन । बरु, ठ्याक्कै उल्टो हो । यदि हामीले प्राकृतिक साधनस्रोत र स्थानीय समुदायको निर्माणमा मद्दत हुने ब्यवसायमा लगानी गर्यौं भने यसले हाम्रो दीर्घकालीन नाफा सुरक्षित गर्छ ।

हामीले लामो सोच राख्यौं भने मन्दीमा लगानी गर्न पनि डराउनु पर्दैन । यसो गर्दा हामीले उल्टो मन्दीको समय घटाउन सक्छौं । यदि हामीले सबैका लागि काम गर्ने अर्थतन्त्र बनायौं भने यसले अवश्य हाम्रा लागि पनि काम गर्छ ।
(वल्र्ड इकोनोमिक फोरमबाट)


क्लिकमान्डु