कुन देशका कति मानिसले चलाउछन् इन्टरनेट ?




आधुनिक मानव समाजको सम्भवतः सबैभन्दा ठूलो आविष्कार इन्टरनेट हो । परेवाको खुट्टामा चिठ्ठी पत्र बाँधेर, कटुवाल कराएर तथा ढ्याङ्ग्रो ठोकेर सूचना प्रवाह गर्दै आएको मानव समाज आज एक क्लिक वा इन्टरका भरमा संसारका कुनैपनि कुनाका सूचना आदानप्रदान गर्न सक्षम भएको छ ।

अहिलेको मानव समाजको अर्थतन्त्र, राजनीति र सामाजिक संरचनाको केन्द्र नै इन्टरनेट बनेको छ । त्यसैले अहिलेको समाजमा इन्टरनेट नहुने हो भने त यी तमाम संरचना नै ध्वस्त हुन सक्ने अवस्था सिर्जना भएको छ ।

बाँच्न त मानिस ढुङ्गे युगमा पनि बाँचेकै थिए । तर, मान्छेले जति जति आबिष्कारमा फड्को मार्दै गयो, त्यति नै बिलासी बस्तुलाई आवश्यकतामा परिणत गर्दै लग्यो । कुनै बेलाको बिलासी र अहिले करिब २ अर्ब मानिसको आवश्यकता बनेको एउटा त्यस्तै आबिष्कार हो, इन्टरनेट ।

राजनीतिको कुरा गर्ने हो भने कुनै पनि नेताले आफ्ना कुरा सार्वजनिक गर्ने वा कार्यकर्तासँग छलफल गर्ने माध्यम इन्टरनेट भएको छ । इन्टरनेट चलाउन नजान्ने नेता, कार्यकर्ता राजनीतिमा पछि पर्ने गरेको उदाहरण हाम्रै समाजमा पनि पाइन्छ ।

अर्थतन्त्र त झन् इन्टरनेटकै साहारामा चलेको छ । कम्पनीले आफ्नो उत्पादनको बिज्ञापन गर्नेदेखि आन्तरिक ब्यवस्थापनका सम्पूर्ण काम इन्टरनेटको माध्यमबाटै गर्दै आएका छन् । एकछिन इन्टरनेट नचल्दा कम्पनीको सम्पूर्ण सेवा नै ठप्प हुने अवस्था आइसकेको छ ।

यसैगरी समाजिक संम्बन्धका तन्तुहरुसमेत आजकल इन्टरनेटले नै जोड्ने गरेको छ । उदाहरणको लागि फेसबुक नहुँदो हो त आजका धेरै मानिसहरुको सामाजिक सम्बन्धहरु नजोडिन सक्थे ।

इन्टरनेटको आगमनले मानिसको दैनिकी एकदमै सहज भएको छ । मानिसका हरेका जिज्ञासा इन्टरनेटको माध्यमबाट हल हुने गरेका छन् । इन्टरनेटबिनाको जीवन अहिलेका नवपुस्ताले कल्पना गर्न सक्दैन । इन्टरनेट मानिसको एक अभिन्न अंगको रुपमा स्थापित भइसकेको छ । मानिसको आधारभूत आवश्यता गास, बास र कपास भनेझैं २१ औं शताब्दीमा आधारभूत आवश्यतामा इन्टरनेट थपिएको छ ।

मानिसलाई इन्टरनेटको लत यति बसेको छ कि, इन्टरनेटबिना जीउनै नसकिने अवस्था विकशित भइसकेको छ । सन् २००८ मा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका प्रोफेसर जेफ ह्यानककले इन्टरनेटको प्रभाव अध्ययन गर्न भन्दै आफ्ना विद्यार्थीलाई एक वर्षसम्म इन्टरनेट प्रयोग नगर्न सुझाव दिएका थिए ।

एकवर्ष पछि २००९ मा विद्यार्थीले प्रोफेसरले दिएको कार्य गर्न असम्भब हुने बताए । इन्टरनेटको प्रयोगबिना उनीहरुको दैनिकी असम्भव भएको थियो । उनीहरुलाई सामाजिक अस्तित्व जोगाउनै मुस्किल भएको तथ्य फेला परेको थियो । विद्यार्थीले इन्टरनेट नचलाई एक बर्ष कटाउनै सकेनन् ।

इन्टरनेटको इतिहास
इन्टरनेटको आफ्नै इतिहास धेरै पुरानो छैन । सन् १९८३ मा संसारमा पहिलो पटक इन्टरनेटको आगमन भएको थियो । १९८५ मा एक प्रतिशत भन्दा थोरै मानिसको इन्टरनेटमा पहुँच थियो । त्यो समय पश्चिमा देशमा अधिकमात्रमा इन्टरनेटको प्रयोग गरिन्थ्यो । मानब समाजमा त्यो समयसम्म पनि इन्टरनेटका बारेमा निकै उत्सुकता थियो ।

सन् २०१७ सम्म आइपुग्दा विश्वका आधा मानिसको पहुँच इन्टरनेटमा पुगिसकेको छ । यो संख्या दिन दुई गुणा रात चौगुण बृद्धि भइरहेको छ ।

प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा दैनिक ७३ प्रतिशत मानिस इन्टरनेटमा जोडिएका हुन्छन् । सन् २०१६ को एक सर्वेक्षण अनुसार लण्डनमा ३ महिनामा ९० प्रतिशत मानिसले इन्टरनेट दैनिक प्रयोग गर्ने देखिएको थियो ।

कुन देशका कति जनताले चलाउछन् इन्टरनेट ?
चीन ७२ करोड १४ लाख
भारत ४८ करोड २१ लाख
अमेरिका २८ करोड ६९ लाख
ब्राजिल १३ करोड ९१ लाख
इन्डोनेसिया १३ करोड २७ लाख
जापान ११ करोड ५१ लाख
?स १० करोड ३१ लाख
नाइजेरिया ९ करोड ७२ लाख
जर्मनी ७ करोड १७ लाख
एजेन्सीको सहयोगमा


क्लिकमान्डु