पर्यटनको १० वर्षे रणनीति: वार्षिक २५ लाख पर्यटक, ३ खर्ब आम्दानी



काठमाडौं ।  सरकारले आगामी १० वर्ष भित्रमा पर्यटक आगमनदरमा तीन गुणाले बृद्धि गर्दै २५ लाख विदेशी पर्यटक पुर्याउने  महत्वकांक्षी लक्ष्य राखेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १० वर्षे रणनीतिक योजना तयार पार्दै पर्यटनको आम्दानी वार्षिक ३ खर्व २१ अर्व ४० करोड रुपैयाँ पुर्याउने  लक्ष्य राखेको छ । हाल वार्षिक ४६ अर्ब रुपैयाँ पर्यटन क्षेत्रबाट आम्दानी हुदै आएको छ ।

सन् २०१५ देखिनै कार्यान्वयनको लागि लागि काम सुरु गर्ने लक्ष्य राखिएको भएपनि गत महिना मात्र मन्त्रीपरिषद्ले अनुमती दिएसंगै रणनीति कार्यन्वयनमा गएको हो । राष्ट्रिय पर्यटनमा रणनीतिक योजना २०१६/२०२५ अनुसार मन्त्रालय पूर्वाधार निर्माणमा केन्द्रित हुने घोषणा समेत गरेको छ ।

नेपालको हालको पूर्वाधार भनेको बढीमा १० लाख पर्यटक धान्ने मात्र रहेकोले पनि विमानस्थल, होटल र शहरी क्षेत्रको विकासमा समेत धेरै बजेट खर्चिनुपर्ने छ ।

‘अव निजी क्षेत्रसँगै सरकारले पनि पूर्वाधार निर्माणमा केन्द्रित हुने छ,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले भने । सरकारले तयार पारेको उक्त लक्ष्य पुरा गर्नको लागि सरकारले ६१ अर्ब रुपैयाँ पूर्वाधार विकासमा खर्च गर्ने छ ।

हाल नेपालमा हाल ७ लाख ५३ हजारको हाराहारीमा विदेशी पर्यटक आउने गरेकोमा दशवर्षमा तीनगुणाले बृद्धि गर्दै २५ लाख पु¥याउने लक्ष्य राखिएको छ । योजनालाई दुई भागमा छुट्याइएको छ । जसमा पहिलो पाँच वर्षलाई आक्रमक योजना बनाइएको छ । जसमा सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मन्त्रालयको भनाई छ ।

सरकार दु्रत गतिका काम गरिरहेकोले सन् २०२० मा २० लाख पर्यटक भित्रिने विस्वासका साथ कार्य गरेको अधिकारी बताउँछन ।

रणनीतिक योजना सफल पार्ने भनेको वजेट र कार्यन्वयन पक्ष भएकोले त्यसमा ऐनलाई समय सक्षेप संसोधन गरी कार्यन्वयनमा लैजानु पर्ने अधिकारी बताउँछन् । योजना पुर्णरुपमा कार्यान्वयनमा लैजानको लागि ६१ अर्ब रुपैयाँ खर्च हुने छ ।

नेपालको हालको पूर्वाधार भनेको बढीमा १० लाख पर्यटक धान्ने मात्र रहेकोले पनि विमानस्थल, होटल र शहरी क्षेत्रको विकासमा समेत धेरै बजेट खर्चिनु पर्ने योजनामा उल्लेख छ ।

योजनमा २०२० भित्र दुई अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आइसक्नुपर्ने उल्लेख छ । भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको साथै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको समेत निर्माण गर्ने योजनामा उल्लेख गरिएको छ ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल भने निर्माण कार्य सुरु भइसकेको र निजगढ विमानस्थल निर्माण तथा त्रिभुवन विमानस्थलको निर्माण गर्ने सचिव अधिकारी बताउँछन् । विमानस्थल निर्माण मात्र नभएर फस्ट ट्रयाक पनि निर्माण भएर अन्य सडकहरु पनि चुस्त हुनुपर्नेमा जोड दिएको छ । त्यस्तैगरी आन्तरिक वायुसेवा कम्पनीहरु सेवा चुस्त हुनुको साथै विमानस्थलहरु पनि सुधार गर्ने योजनामा जोड दिएको छ ।

हाल सरकारले सन् २०१८ सम्ममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमास्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी संचालमा आउने गरी काम अगाडी बढाइरहेको छ भने निजगढ विमानस्थल निर्माणको लागि पनि काम अगाडी बढीरहेकोले लक्ष्य पुरा हुने सरकारको विश्वास रहेको छ ।

पर्यटन क्षेत्रमा पछिल्लो समय विमानस्थलको समस्या रहेकोले रणनीतिक योजना पनि सोही विषयमा बढी केन्द्रित रहेको छ ।

राष्ट्र बैंकले निकालेको तथ्यांक अनुसार पर्यटन क्षेत्रबाट करिब ४६ अर्ब रुपैयाँ आम्दानी हुने गरेको छ । सरकारले तयार पारेको योजना कार्यान्वयनमा आए सन् २०२५ सम्ममा ३ खर्ब रुपैयाँ भन्दा बढी हुने र लाखौको संख्यामा रोजगारीको अवसर सिर्जना हुने लक्ष्य राखिएको छ ।

योजनामा पूर्वाधार निर्माणपछी पर्यटनमा विदेशी लगानीलाई प्रोत्साहन गरेर होटल तथा एयरलाइन्समा बढीभन्दा बढी लगानी भित्र्याउने लक्ष्य राखिएको छ । नेपालमा हाल १० वटा मात्र पाँच तारे होटल रहेको छ । योजना अनुसार

चार वर्ष भित्रमा कम्तीमा २० वटा पाँच तारे होटल र सयौको संख्यामा पर्यटक स्तरका तारे होटल निर्माण गरिनु पर्दछ । थप तीनवटा पाँच तारे होटलहरु भने निर्माणकार्य सुरु भइसकेको र आगामी पाँच वर्षमा सबै होटलहरुले क्षमता विस्तार गर्नुपर्ने पनि योजनामा राखिएको छ ।

सरकारले तयार परेको योजनामा मुख्य गरी चीन र भारतका पर्यटकलाई केन्द्रित गर्ने लक्ष्य राखेको छ । जसमा बुद्ध सर्किट निर्माण गरी लुम्बिनी गुरु योजना सम्पन्न गर्नुको साथै पशुपति गुरुयोजना पनि सन् २०१८ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

सरकारले पर्यटन मन्त्रालय अन्र्तगत चार विमानस्थलको साथै लुम्बिनी र पशुपतिलाई राष्ट्रिय गौरवका आयोजनामा राखेको छ ।योजनामा पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी बनाउने लगायत विषय राखिएको छ ।

नेपालमा एयरलाइन्स क्षेत्रमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पनि ठुलो संख्यामा सेवा विस्तारको साथै विमान थप्नुपर्ने पनि योजनमा उल्लेख गरिएको छ । त्यसको साथै ठुला शहरहरु लन्डन, चीनको बेइजिङ, फ्रान्सको पेरिस, जापानको टोकियो लगायत सहरसँग सिधा हवाई उडान हुनुपर्ने योजनामा उल्लेख गरिएको छ ।

निगमले पनि १० वर्षे रणनीतिक योजना बनाउँदै सन् २०२४ भित्र आन्तरिक उडानको लागि १६ वटा विमान र अन्तर्राष्ट्रिय तर्फ ९ वटा ठुला विमान थप गर्ने निगमको लक्ष्य छ । निगमले सन् २०१८ भित्रनै अन्तर्राष्ट्रिय उडानमा ५ लाख ७८ हजार यात्रु उडान गर्ने र सन् २०२४ सम्ममा १५ लाख ४० हजार यात्रु उडाउने लक्ष्य सार्वजनिक गरिसकेको छ ।


क्लिकमान्डु