परिवर्तनको कारणः दिपेश घिमिरेको बिचार



पछिल्लो समय धेरैको एउटै भनाई छ, विगत केहि वर्षमा मानिसको बानी, व्यवहार र बुझाई सबै परिवर्तन भयो । सामाजिक, सांस्कृतिक मात्र होईन राजनीतिक सवाललाई पनि पैसाले प्रभाव पारेको छ । समाज हिजो जस्तो थियो, आज त्यस्तो छैन, बदलिएको छ । समाज आफु मात्र बद्लिएको छैन, व्यक्तिको आनीवानी व्यवहार तथा चरित्र समेत बद्लिदिएको छ ।

अघिल्लो पुस्ताका मानिसहरु भन्छन्, हाम्रो पालामा यस्तो थिएन, पैसालाई यत्रो महत्व दिईदैनथ्यो । राजनीति पेशा होईन, आदर्श वा समाज सेवा थियो । समाजमा नैतिकता, इमान, जमानको महत्व पैसाको भन्दा कयौं गुणा बढी थियो । व्यक्तिले अरु कुरालाई गौण र आफ्नो चरित्रलाई प्राथमिकता दिन्थे ।

तर अहिले अचम्मै भयो । केहि वर्षको अवधिमा समाज समाज जस्तो रहेन । राजनीति पैसाको चंगुलमा फस्यो । र, व्यक्तिको चरित्र तथा वानी व्यवहारमा पुरै बदलाब आयो ।

किन यस्तो भयो होला ?
वास्तवमा समाज गतिशील छ । परिवर्तनशील छ । समाजशास्त्रको आधारभुत मान्यता नै के छ भने समाज एक गतिशील अवधारणा हो । हिजो जस्तो थियो दुनियाँ, आज त्यस्तो छैन । र, भोलि आजकै जस्तो रहदैन ।

समाजलाई ऐतिहासिक दृष्टिकोणबाट हेर्ने हो भने परिवर्तनका चरण, प्रक्रिया र पद्धतिलाई हामी सहजै अनुभव गर्न सक्छौं । समयको गतिसँगै समाज परिवर्तन हुदै गएको छ । बद्लिएको छ । यसका तौर तरिका, संरचना, संयन्त्र तथा सम्बन्धहरु ।

अहिले केटाको घरखेत भन्दा उसको शिक्षा र रोजगारी केटीका अभिभावकहरुको प्राथमिकतामा परेको छ । सानै आम्दानीको किन नहोस्, जागिरको लागि मारामार छ । विदेश जानुलाई पहिला अत्यन्तै नराम्रो कामको रुपमा लिईन्थ्यो ।

उदाहरणको लागि आज भन्दा दुई दशक अगाडीसम्म छोरीको विवाह गर्नुपर्यो भने अभिभावकहरु केटाको घरखेत, गाईभैसी, गाग्री खड्कुला हेरेर मात्र निर्णय गर्थे ।

केटाको रोजगारी, कमाईसँग उनीहरुको सरोकार कम हुन्थ्यो । जागिरको लागि घरमै गएर अफर गर्दा पनि कयौंले त्यसलाई अस्विकार गर्थे । विदेश जाने चलन नै थिएन । तर डेढ दुई दशककै बीचमा यी र यस्ता सवालमा परिवर्तन आए ।

अहिले केटाको घरखेत भन्दा उसको शिक्षा र रोजगारी केटीका अभिभावकहरुको प्राथमिकतामा परेको छ । सानै आम्दानीको किन नहोस्, जागिरको लागि मारामार छ । विदेश जानुलाई पहिला अत्यन्तै नराम्रो कामको रुपमा लिईन्थ्यो । बीरसम्शेरको पालाभन्दा अगाडीसम्म विदेशी सेनामा भर्ना हुनुलाई पनि नराम्रो कामको रुपमा लिईन्थ्यो । तर अहिले विदेश जानु, बाहिर गएर कमाउनु सम्मानित काम भएको छ ।

आधार संरचना अर्थात नेपाली समाजको उत्पादनको स्वरुपमा परिवर्तन आएको छ । खासगरी नेपाली समाज पछिल्लो तीन दशकयता सामन्तवादी उत्पादन प्रणालीबाट मुलतः पूँजीवादी उत्पादन प्रणालीमा प्रवेश गरेको छ । जग्गा जमिनमा आधारित उत्पादनलाई छाडेर नेपाली समाज पुँजीमा आधारित उत्पादनमा अघि बढेको छ ।

यी त केहि सामान्य उदाहरण मात्र हुन, जसले हाम्रो समाज छोटो समयमा के कसरी परिवर्तन भईरहेको छ भन्ने बारेमा बुझ्नको लागि सहयोग गर्छ । हामीले समाज परिवर्तन भएको देखिरहेका छौं । यसलाई अनुभव पनि गरिरहेका छौं, भोगि रहेका छौ । कार्ल माक्र्स भन्छन्, आधार संरचनाले अधिसंरचनालाई निर्धारण गर्दछ । माक्र्सले अर्थतन्त्रलाई आधार संरचनाको रुपमा लिएका छन् भने राजनीति, व्यवहार, चरित्र, शिक्षा, स्वास्थ्य आदिलाई अधिसंरचनाको रुपमा व्याख्या गरेका छन् ।

आधार संरचना अर्थात नेपाली समाजको उत्पादनको स्वरुपमा परिवर्तन आएको छ । खासगरी नेपाली समाज पछिल्लो तीन दशकयता सामन्तवादी उत्पादन प्रणालीबाट मुलतः पूँजीवादी उत्पादन प्रणालीमा प्रवेश गरेको छ । जग्गा जमिनमा आधारित उत्पादनलाई छाडेर नेपाली समाज पुँजीमा आधारित उत्पादनमा अघि बढेको छ । गुजारामुखी अर्थतन्त्रलाई विस्तारै छाड्दै व्यापारिक कृषिमा अघि बढेको छ । उद्योग, कल कारखानाको महत्व बढ्दै गईरहेको छ । पहिलाको भन्दा अहिले पैसाको महत्व वढ्नुको खास कारण यही उत्पादन प्रणालीमा आएको परिवर्तन नै हो । वास्तवमा व्यक्तिको चरित्र, वानी व्यवहारमा परिवर्तन आउनुको कारण पनि यही नै हो ।

समाजमा आएको परिवर्तनले राजनीतिलाई पनि छाडेको छैन । राजनीतिक संरचना, सम्बन्ध, संस्कार तथा संस्कृतिमा पनि यसले परिवर्तन ल्याएको छ । समाजमा र राजनीतिमा आएको परिवर्तनले व्यक्तिलाई छाड्ने कुरै भएन ।

समाज, राजनीति र व्यक्तिको चरित्र वा व्यवहार एक आपसमा जेलिएका, जोडिएका तथा अन्तरसम्बन्धित सवालहरु हुन । माथि भने जस्तो उत्पादन प्रणालीमा आएको परिवर्तनले नेपाली समाजका हरेक तह र तप्कामा परिवर्तन ल्याएको छ । प्रभाव पारेको छ । गुरुकुल शिक्षा आधुनिक शिक्षामा परिणत भएको छ । खुट्टा भाच्चिदा पनि धामी झाक्रिकोमा झारफुक गर्न जानेहरु अहिले अस्पताल जान थालेका छन् ।

हिजो खेतबारीमा दिनरात काम गर्नेहरु अहिले बाँरी बाझै राखेर पासपोर्ट बनाउन दौडिएका छन् । हिजोसम्म आफ्नो गाउँ जाने कोशौं बाटो आफैले स्वयंसेवक रुपमा निर्माण गर्ने गाउँलेहरु अहिले घरै अगाडीको बाटो सफा गर्न प्रस्तावना बोकेर गाविस वा नगरपालिकातिर दौडिन लागेका छन् । वास्तवमा नेपाली समाजमा यी र यस्ता कयौं परिवर्तनहरु हामी देख्न र अनुभव गर्न सक्छौ ।

समाजमा आएको यस्ता परिवर्तनले राजनीतिलाई पनि प्रभाव पारेको छ । समाजमा पैसाको महत्व बढ्दै जाँदा हिजोको जस्तो राजनीति आदर्शमा मात्र सीमित रहेन । बरु राजनीति पेशा बन्दै गईरहेको छ । निर्वाचनमा मतको किनबेचको कारण यही हो । नेताले जसरी हुन्छ पैसा कमाउने र त्यसलाई प्रयोग गरेर राजनीतिमा स्थापित हुने अवस्था यसैको कारणले निम्तिएको हो । पैसालाई गौण मान्नेहरु अहिले पैसा भनेपछि मरिहत्ते गर्ने चरित्रमा परिणत हुनुको कारण समाजमा आएको परिवर्तननै हो । राजनीतिको व्यापारिकरण र व्यापारको राजनीतिकरण दुवैको कारण यहि हो ।

अतः संसार परिवर्तनशील छ । हरेक समय समाज परिवर्तन भईरहेको छ । यो परिवर्तनलाई नजरअन्दाज गर्यौ भने हामी कही नपुग्ने दलदलमा भासिन्छौं । बरु यो परिवर्तनलाई आत्मसाथ गरेर, यसलाई आफु अनुकुल बनाउने प्रयास गर्दा व्यक्ति, समाज तथा देशले नै फाईदा लिन सक्छ । अहिले पैसाको महत्व बढ्दो छ भने पैसा कमाउने र आर्थिक रुपमा सवल हुने गरी देशले नीति नियमहरु बनाउने र पूँजी वृद्धि गर्ने काममा सक्रिय रुपमा लागि पर्नु आवश्यक छ ।

समाजमा आएको परिवर्तनले राजनीतिलाई पनि छाडेको छैन । राजनीतिक संरचना, सम्बन्ध, संस्कार तथा संस्कृतिमा पनि यसले परिवर्तन ल्याएको छ । समाजमा र राजनीतिमा आएको परिवर्तनले व्यक्तिलाई छाड्ने कुरै भएन । मानिसको सोचाई, बुझाई, काम गराई, सबै कुरामा परिवर्तन ल्याईदिएको छ । व्यक्तिको चरित्रलाई बदलिदिएको छ । त्यसैले समाजमा आएको परिवर्तनलाई बुझेर राजनीतिलाई त्यसै अनुसार समाज उपयोगी बनाउने प्रयास गर्न सकेमा मात्र व्यक्तिको चरित्रलाई हामीले आफुले चाहे जस्तो बनाउन सक्छौ । [email protected]


क्लिकमान्डु