मौसमको तथ्यपरक जानकारी दिने प्रविधिको सफल परीक्षण



sateliteकाठमाडौं । मौसममा अचानक आउने परिवर्तनको कारण हुने हवाइ दुर्घटना कम गर्न प्रभावकारी हुने अनुमान गरिएको प्रविधिको परीक्षण सफल भएको छ ।

बाढी, ज्वालामुखीको धुवा, डढेलो, चट्याङ, हावाहुरी आदिको तस्विर खिच्ने र त्यसको जानकारी पाइलटलाई दिएर जोखिम कम गर्न सहयोग गर्ने यो प्रविधिको परीक्षण सफल भएको विविसीले उल्लेख गरेको छ ।

मौसममा हु्ने फेरबदलको जानकारी लिनका लागि शनिबार अमेरिकाको आकाशमा स्याटलाईट लन्च गरिएको छ । जसले मौसमको जानकारी उप्लब्ध गराउन्छ र प्लेन उडाउदाँ मौसमका कारण पाइलटलाई पर्ने समस्या हल गर्न पनि सहयोग गर्छ ।

स्याटलाईट निर्माता कम्पनी युएस नेसनल ओसेनिक एण्ड एटमसफेरिक एडमिस्ट्रेसन (एनओएए) ले भनेको छ, ‘यसबाट खिचिएका (क्लाउड वेबस् जसले वायुमण्डलमा समस्या उत्पन्न गर्छ) त्यसको तस्विर एकदमै प्रस्ट देखिन्छ । जसको मद्दले मौसम  कति समयमा कुन ठाउँमा के के हुनसक्छ भन्ने जानकरी हासिल गर्न सकिन्छ । र, त्यसबाट हुन सक्ने मानबीय र भौतिक क्षति कम गर्न सकिन्छ ।’thinkstockplane

यसले हावाको, हिउँ, तुसारो र चट्याङ आदिको गति पनि अनुमान लगाउन सक्छ ।
सन् २०१७ को मध्यबाट नतिजा दिने अनुमान गरिएको स्टलाईटलाई पाइलटहरुले अग्रिम रुपमै स्वागत गरिसकेका छन् ।

(जिओइयस) जिओस्टेसनरी ओपरेसनल इन्भाइरोमेन्ट स्टलाईट सबैभन्दा विकसीत मौसम स्टलाईटको रुपमा दाबी गरिएको छ ।

यो स्याटलाईटले बाढी, ज्वालामुखीको धुवा, डढेलो, चट्याङ, हावाहुरी आदिको तस्विर खिच्ने बताइएको छ ।

यो स्याटलाईटले पहिलाको स्याटलाईटभन्दा ५ गुणा छिटो आकाशको फोटो खिच्छ र यसको पिक्चर क्वालिटी पनि ४ गुणा उत्कृष्ट रहेको छ ।

स्टलाईटले उपलब्ध गराउने डाटा र फोटोको मद्दतले प्लेनका पाइलट आकाशमा आईपर्ने अग्रिम चुनैतिबाट पहिलै जानकार भएर आफ्नो रुट तय गर्न सक्छन् ।

स्टेभन गुडम्यान, सिनियर प्रोग्राम वैज्ञानिक (एनओएए) ले भने ‘यस अघिका स्याटलाईट समस्या उत्पन गर्ने क्लाउड वेबस्को बारेमा डिटेल्ली फोटो खिच्न सकेको थिएन । तर नयाँ स्याटलाईटको तस्बीर उत्कृष्ट गुणस्तरको हुनका साथै त्यसको  एक मिनेट मित्रमा खिचेको फोटो पृथ्विमा पठाइ सक्छ ।’

यसको बनोट चट्याङ, हावाको गति, तुसारोको चाल बुझ्नका लागि उपयोगी हुने किसिमको रहेको छ ।

फाइट सेफ्टी स्पेसलिस्टको रुपमा विगत २७ वर्षदेखि ब्रिटेनमा काम गर्दै आएका स्टिव ल्यानडेल्सले भने, ‘चट्याङको प्रभाव आंशिक रुपमा भएपनि अनुमान गर्न सकिन्थ्यो, तर अरु कारण निकै गाह्रो रहेको थियो ।
यदि तिनीहरुले सही समयमा सही भविष्यवाणी गर्न सकेको खण्डमा यो मौसम विज्ञानमा ठूलो जित हात लाग्ने छ । एनओएए र नासाको सहकार्यमा यो स्टलाईट निर्माण गरिएको हो ।
यो स्टलाईटलाई ३५ हजार किलोमिटरको अरविटमा पुग्न २ हप्ताको समय लाग्ने छ र एक वर्ष भित्रमा पूर्ण रुपमा काम गर्ने हुनेछ ।
यसले कार्य सुरु गर्न थालेपछि वस्र्टन हेमेस्पियरको हरेक १५ मिनेट र अमेरिका महादेशको हरेक ५ मिनेटमा पूर्ण तस्विर उत्पादन गर्ने लक्ष्य लिएको छ । आँधीको उच्च जोखिममा रहेका  क्षेत्रहरुको हरेक १५ सेकेन्डको अपडेट दिनेछ ।


क्लिकमान्डु