विकास बैंकमा अब्बल गरिमा सेयर किन्दा फाइदा, यस्तो छ प्राविधिक विश्लेषण



गरिमा विकास बैंकले आर्थिक वर्ष २०७५/७६ मा चौथो त्रैमासमा ५९ करोड २२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा २६.३३ प्रतिशतले बढेको हो । बैंकको खुद नाफा आर्जनबाट नियामकीय व्यवस्था अनुरुप विभिन्न शीर्षकको जगेडा कोष व्यवस्था पश्चात बैंकले ४५ करोड ३१ लाख १२ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ ।

बैंकले कूल ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेकोमा ४५ करोड ३१ लाख १२ हजार रुपैयाँ वितरण योग्य नाफा छ । एनएफआरएस रिपोर्ट अनुसार बैंकले विभिन्न शीर्षक अन्तर्गत साधारण जगेडामा ११ करोड ८४ लाख, संस्थागत समाजिक उत्तरदायित्वमा ५९ लाख २२ हजार, कर्मचारी तालिम खर्च २१ लाख ४ हजार तथा नेपाल राष्ट्र बैंकको विनियम अनुसारको रेगुरेटरी संयोजनमा १ करोड २६ लाख ७२ हजार रुपैंया छुट्टाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट बैंकले शेयरधनीलाई १६.२५ प्रतिशत लाभांश वितरण गर्न सक्ने अवस्था देखिन्छ । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुपको व्यवस्था पश्चात कायम हुने फ्रि प्रोफिट बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ ।

गत वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस वितरणबाट चुक्ता पूँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुर्याएको बैंकको प्रतिशेयर आम्दानी पनि १४.८१५ बढेर २१ रुपैयाँ २४ पैसा पुगेको छ ।

बैंकको जगेडा कोष २५,२९५ बढेर ४९ करोड ८८ लाख पुगेको छ भने शेयर प्रिमियम ९७ हजार रुपैंया छ । बैंकले ग्राहकबाट २९ अर्ब ७६ करोड निक्षेप संकलन गरी २८ अर्ब २० करोड कर्जा लगानीबाट १ अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकको ग्राहक निक्षेप ५०.८६ प्रतिशत र कर्जा प्रवाह ५१.२८ प्रतिशतले बढाउँदा ब्याज आम्दानीमा ३७.६५ प्रतिशतको सुधार भएको हो ।
बैंकको इम्परिमेन्ट चार्ज २३ प्रतिशत बढेर ९ करोड ३५ लाख , व्यक्तिगत खर्च ४९.६७ % ले बढेर ४२ करोड ५१ लाख रुपैयाँ तथा अन्य सञ्चालन खर्च ५७.७९ प्रतिशतले बढेर २५ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

वित्तीय अनुपातहरुमा निष्क्रिय कर्जा अनुपात ०.२७ बाट घटेर ०.२० प्रतिशत, प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९६ पैसाबाट बढेर १३५ रुपैयाँ ४६ पैसा, प्रतिसेयर आम्दानी १४.८१ प्रतिशतले २१ रुपैंया २४ पैसा तथा कर्जा निक्षेप अनुपात १.५८ प्रतिशतले बढेर ७७.९१ प्रतिशत पुगेको छ ।

बैंकको आधार ब्याजदर १.०१ प्रतिशतले घटेर ११.०९ प्रतिशत, पुंजी कोष अनुपातको ४.९३ प्रतिशतले घटेर १४.४० प्रतिशत कोष लागत ०.२९ प्रतिशतले घटेर ८.६९ र ब्याज स्प्रेड दर १.०१ प्रतिशतले घटेर ४.८१ प्रतिशत छ ।

फ्लोरसिट

फ्लोरसिटबाट हेर्दा ४,३९,३५,४५ र ३५ ब्रोकर न बाट सबैं भन्दा बढी कारोवार भएको देखिन्छ । त्यस्तै बजार मूल्य २२० देखि २२० को तहमा १ लाख देखि ८० हजार कित्ता शेयर कारोवार भएको छ । त्यसले पनि यी मूल्यको आफै बलियो अवरोध मान्न सकिन्छ ।

प्राविधिक परिसूचक

मैनबती आकृति विश्लेषण

मैनबत्ती आकृतिले खरिदकर्ता तथा विक्रीकर्ताको चापको देखाउछ । यस साता साप्ताहिक मैनबत्ति विस्लेषण गर्दा बुलिस आकृति बनेको छ । यस आकृतिमा माथिल्लो स्याडो ५८० सम्म पुगेको देखिन्छ भने मुनि खासै स्याडो रहेको देख्दैन । यसले सुरुवात खरिद चाप तीव्र भएता पनि अन्त्यमा बिक्रिचाप पनि उच्च रहेको देखाउछ ।

१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स

यस साताको विहिवार मात्र कम्पनीको कारोवार बन्द हुँदा १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५० को स्केलमा पुगेको छ । बैंकको कारोबार भोलुम गिरावट रहेको देखिन्छ । लिडिङ औजार मानिने १४ दिने आरएसआई कारोबारको लागि ऋणात्मक तथा धनात्मक डाईभोजेन्स आदिको प्रयोग हुने भएकाले कुनै पनि बजारको ठूलो परिवर्तनको पूर्ण संकेत अर्थात रणनीति परवर्तनको लागि प्रयोग हुने औजार मानिन्छ ।

कमोडीटि च्यानल इन्डेस्क

विहिवार कारोवार बन्दसंगै कमोडीटि च्यानल इन्डेस्कले ऋणात्मक १६६ बाट ऋणात्मक ७२ स्केलमा आएको देखाउछ । यस सिसिआई धनात्मक १०० तथा ऋणात्मक १००मा विभाजन गर्दछ । यदि बजार धनात्मक १०० भन्दा माथि घयो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा दुई ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एम।ए।सी।डी। रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु किन्ने संकेत गर्दछ भने यदि एम।ए।सी।डी। रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिईन्छ र यसले शेयरहरु बेच्ने संकेत गर्दछ । गरिमा विकास बैङ्क जुलाई महिनामा सेन्ट्रल लाइन भन्दा माथिबाट एमएसिडीले सिग्नल लाईनलाई क्रस भएको थियो भने हिस्टोग्राम विस्तारै सेन्ट्रल लाईन तिर आउन थालेको पनि मूल्य घट्ने सम्भावना कम रहेको छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो जसमा अपर ,मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शास्त्रको स्ट्यडर्ड डेभिएसनको सुत्र प्रयोग भएकोले एक आपसमा निश्चित दुरी तय गर्छ । यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । गरिमा बिकास बैंकको चार्ट हर्दा मुल्यले तल्लो ब्याण्ड छोएर फर्किएको छ भने तीन ओटै ब्याण्ड समान्तर रुपमा खुचिएको देखिन्छ । यसले बैङ्कको मूल्य तत्काल ठुलो उतारचढाव कम हुने जनाउछ ।

निष्कर्श

बिकास बैंक समुहमा गरिमा बिकास बैंक राम्रो कम्पनी हो । बैंकले निक्षेप र कर्जा विस्तारबाट ब्याज आम्दानी बढाउँदा पूँजी वृद्धि र कर्मचारी खर्चको बाबजुत गत आवमा प्रतिशेयर आम्दानीमा सुधार आएको छ । बैंकको आम्दानीका प्राय सबै सूचकहरु अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्रगतिउन्मुख छन् । बैैंकले हेरक वर्ष सेयरधनीलाई औसतमा १२ देखि १५ प्रतिशतको लाभांस वितरण गरेको देखिन्छ ।

बैंकको गत आर्थिक वर्षको वितरणमुखी नाफाबाट पनि शेयरधनीलाई १६.२५ ५ लाभांश वितरण गर्नसक्ने अवस्था देखिन्छ । कम्पनीको प्रतिशत आम्दानीबाट हेर्दा पनि ८ प्रतिशतको एपिस एल्ड छ ।

विकास बैंकहरुमा गरिमा विकास बैंकको मूल्य स्थिर देखिन्छ । गत वर्षको जुलाई महिनामा बनाएको लो बिन्दु र यस वर्षको मे महिनाबाट फोबोनकि रित्रेस्मेंटको आधारमा ३८.२ ५ सम्म मात्र सुधार भएको देखिन्छ । त्यस्तै गत वर्ष जुलाई महिनाको १५३ बाट तथा यस वर्ष फेव महिना १७८ बिन्दुमा ट्रेन्ड लाईन तान्दा २०५ बिन्दुमा बलियो टेवा देखिन्छ । गत साताको अन्तिम बिहिवार कारोवार बन्द हुँदा गरिमाको २१२ बिन्दुमा कारोवार बन्द भएको छ । अन्य प्राविधिक सूचकहरुको कुरा गर्दा सकारात्मक संकेत गर्दछ ।

तथ्यांकको आधारमा गरिएको प्राविधिक विश्लेषणको आधारमा भएको लाभहानीको जिम्मेवार क्लिकमाण्डू हुने छैन


क्लिकमान्डु