सांसदले ५ हजार घुस दिएको विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छु: गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोले घुस दिएको विषय अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएका विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिए । आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको उनले बताए ।

‘घुस प्रकरणमा तत्काल छानबिन थाल्न आदेश भएको छ । यो विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ’, गृहमन्त्री लेखकले भने, ‘सदनमा एक सदस्यले आफ्नो छोराको सर्टिफिकेटको सन्र्दभमा विचौलीयालाई घुस दिएको कुरा उठाउनुभएको छ । मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउन आग्रह गरेको छु ।’


क्लिकमान्डु