दुईदिन डाउन भएको यातायातको सर्भर खुल्यो, यातायात कार्यालयहरुमा भीड (तस्बिरहरु)



काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर आजबाट चल्न थालेको छ । झण्डै दुई दिन सर्भर डाउन भएर रोकिएको काम सुरू भएपछि यातायात कार्यालयमा सेवाग्राहीहरुको बाक्लो भीड लागेको छ ।

ठूलो भर्‍याङ यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ । दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो । केन्द्रीय सर्भर डाउन भएसँगै देशभरका यातायात कार्यालयहरुको काम प्रभावित बनेको थियो ।

सर्भरमा समस्या आएपछि सेवाग्राही मर्कामा परेका थिए । बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण,राजस्व दाखिलालगायतका काम ठप्प भएका थिए ।


क्लिकमान्डु