क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ



चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार दिउँसो घुससहित पक्राउ गरेको हो ।

आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई एक लाख ५० हजार नगद र चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिए ।

कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उनको भनाइ छ । अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ ।


क्लिकमान्डु