नेपालमा महिला प्रधानमन्त्री भएको हेर्न मन छ: कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् ।

बुधवार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रममा नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताए ।

कोइरालाले महिलाहरुमा समाजलाई डोर्‍याउनसक्ने क्षमता हुने बताए । महिलाहरुलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको उनको भनाइ छ ।

आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरुको साथ र सहयोगकै कारण सम्भव भएको कोइरालाको भनाइ छ।

महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने उनले बताए ।


क्लिकमान्डु