मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प



काठमाडौं । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर आज विहान ४ बजेर ४० मीनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो ।

नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । नेपाल हिमाल क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।


क्लिकमान्डु