महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा



काठमाडौं । सरकार फेरिएसँगै महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी ओली नियुक्त भएपछि पोखरेलले पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्री कानुनी सल्लाहकार समेत रहने प्रावधान छ ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । तर उपप्रधानमन्त्री समेत रहेका तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी परेकाले राजीनामा माग गरिएको विषयमा कुनै पनि उजुरी र अभियोजन नरहेको भन्दै पत्र थमाएपछि पोखरेल विवादित बनेका थिए ।

पोखरेलले तत्कालीन प्रधानमन्त्रीको प्रभावमा परेर तत्कालीन गृहमन्त्री लामिछानेलाई ‘क्लिनचिट’ दिएको भन्दै उनको व्यापक आलोचना पनि भएको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले अबको केही दिनमै अर्का कानुनविदलाई न्यायाधिवक्तामा नियुक्त गर्नेछन् ।


क्लिकमान्डु