१६ अर्ब रुपैयाँले घट्यो नोटको प्रयोग



काठमाडौं । विद्युतीय कारोबार बढेसँगै नोटको प्रयोगमा कमी आउन थालेको छ ।

प्रविधिमा भएको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पनि नोटको कारोबार भन्दा विद्युतीय कारोबारलाई प्राथमिकता दिने गरेका छन् । विद्युतीय कारोबार गर्दा साथमा नगद बोक्न नपर्ने भएपछि नोटको प्रयोग कम हुन थालेको छ ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म ५ खर्ब ९९ अर्ब ९७ करोड ७५ लाख ४० हजार ९२३ रुपैयाँ बराबरको नोट चलन चल्तीमा रहेको थियो ।

असारको तुलनामा साउनमा चलन चल्तीमा रहेको नोट १६ अर्ब ३७ करोड ३५ लाख ३९ हजार २२५ रुपैयाँले घटेको थियो । असारमा ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख ८० हजार १४८ रुपैयाँ चलन चल्तिमा रहेको थियो ।

बैंक तथा वित्तीय संस्थामा भएको भन्दा बाहेकको पैसालाई चलन चल्तीमा रहेको नोटको रुपमा गणना गर्ने गरिन्छ । यस्तो रकम चाडपर्वको समयमा बढ्ने र चाडपर्वपछि घट्ने गरेको छ ।

राष्ट्र बैंककाअनुसार एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थालाई दिने ऋण तथा सापटी रकम घटेको छ । असारमा २ खर्ब ७० अर्ब ६ करोड ३७ लाख ३८ हजार ७७५ रुपैयाँ रहेकोमा साउनमा घटेर ९ अर्ब ८८ करोड १५ लाख ७३ हजार बढेर २६४ रुपैयाँले घटेर २ खर्ब ६० अर्ब १८ करोड २१ लाख ६५ हजार ४९१ रुपैयाँ रहेको छ ।

यस्तै अन्य ऋण तथा सापटी १६ अर्ब ६८ करोड ७१ लाख ७७ हजार ७६० रुपैयाँ रहेकामा बढेर १८ अर्ब ३९ करोड ८७ लाख ३ हजार ९२६ रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार आईएमएफ सम्बन्धी दायित्व ४८ अर्ब २ करोड २९ लाख ८५ हजार रुपैयाँ रहेकामा साउनमा ४७ अर्ब ६४ करोड ५२ लाख ९० हजार ६३८ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु