एलआइसी नेपालका १० जना अभिकर्ताले पूरा गरे टीओेटीको लक्ष्य



काठमाडौँ । एलआइसी नेपालमा कार्यरत १८४ जना अभिकर्ता विश्वका अभिकर्ताको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ट टेबल (एमडीआरटी) २०२२ मा सहभागी हुन योग्य भएका छन् ।

कम्पनीमा कार्यरत अभिकर्तामध्ये १० जना ‘टप अफ द टेबल (टीओटी), २१ जना र ‘कोर्ट अफ द टेबल (सीओटी) गरी १८४ जना अभिकर्ता एमडीआरटी २०२१ मा सहभागी हुन योग्य भएका हुन् ।

एमडीआरटी अन्र्तगत टप अफ द टेबलका लागि पूर्ण बहादुर खड्का, प्रचण्ड खड्का, दिप्ती गौचन, नर्मता आचार्य कडेल, रिचा पाण्डे, रमा कुमारी अधिकारी, प्रभा ज्ञवाली र अञ्जन भण्डारी टीओटीको लागि योग्य भएका छन् ।

पूर्ण बहादुर खड्काले १० करोड २४ लाख २८ हजार ७८६ रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । प्रचण्ड खड्काले ६ करोड भन्द धेरै बीमाशुल्क संकलन गरेका छन् ।

यस्तै, रमा कुमारी घिमिरेले ४ करोड रुपैयाँ भन्दा धेरै बीमाशुल्क संकलन गरेकी छिन् । अञ्जन भण्डारीले ३ करोड ५२ लाख रुपैयाँ धेरै बीमाशुल्क संकलन गरेका छन् ।

टीओटीका लागि योग्य भएका अरु अभिकर्ताले भने दुई करोड माथि बीमाशुल्क संकलन गरेका छन् ।

एमडीआरटी अन्र्तगत ‘कोर्ट अफ द टेबल’ २१ जना अभिकर्ताले सिओटीको लक्ष्य पुरा गरेका छन् । २१ जना अभिकर्ताले एक करोड भन्दा धेरै बीमाशुल्क संकलन गर्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय संस्था एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्बर अन्तिम ३१ सम्म तोकिएको बीमाशुल्क संकलन गर्न सफल अभिकर्ताहरुले सहभागिता जनाउन सक्दछन् ।

अंग्रेजी क्यालेण्डरको जनवरी शुरुदेखि डिसेम्बर अन्त्यसम्ममा अभिकर्ताले हासिल गरेका व्यवसायीक लक्ष्यको आधारमा एमडिआरटी, सिओटी र टिओटी उपाधीबाट सम्मान गरिन्छ ।

एमडिआरटीमा तीन प्रकारका सदस्य हुन्छन् । संस्थाले सन् २०२२ का एमडीआरटीको लक्ष्य ३४ लाख दिएको थियो ।

एमडिआरटीको ६ गुणा भन्दा बढी बीमाशुल्क संकलन गर्ने अभिकर्ताले टीओटी अर्थात टप अफ द टेवलको उपाधि पाउनेछन् ।

एमडिआरटीको ३ गुणा बढी बीमाशुल्क संकलन गरेमा सीओटी अर्थात कोर्ट अफ द टेवल बन्न बन्न पाउँछन् ।

वर्षमा एमडीआरटी र सीओटीको मिटिङ एकपटक हुन्छ । यस्तै, टीओटीको मिटिङ् पनि अलग हुन्छ । यस्तो मिटिङ भने सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेका लागि गरिएको हुन्छ ।


क्लिकमान्डु