न्युरोडमा मंसिर २ सम्म फुटपाथ विस्तार नहुने, अध्ययनका लागि समिति गठन



काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्र लगायत अन्य क्षेत्रमा मंसिर २ गतेसम्म फुटपाथ विस्तार नगर्ने भएको छ ।

स्थानीयसँग महानगरपालिकाले छलफल गर्दै फुटपाथ विस्तार लगायका विषयमा अध्ययन गर्न समिति बनाउने निर्णय भएको छ।

सहमतिअनुसार समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनका आधारमा अघि बढ्ने भएको काठमाडौं महानगरका प्रवक्ताले जानकारी दिए ।

सुमनराज भण्डारीको संयोजकत्वमा गठित कार्यदलमा २२, २३ र २४ नम्बर वडाका अध्यक्ष र २२ बाट विज्ञ साथै महानगर निर्माण विभागका प्रमुख सुरज शाक्य सदस्य सचिव छन् ।

समितिले वडा २४ मा भएको फुटपाथ विस्तारले पारेको असर (सकारात्मक अथवा नकारात्मक)बारे अध्ययन गरी मंसिर २ मा प्रतिवेदन बुझाउने सहमति भएको हो ।


क्लिकमान्डु