दुर्गममा उड्ने समिट एयरलाइन्सको ६ महिनामा ५१ करोड आम्दानी



काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायुुसेवा कम्पनी समिट एयरले सन् २०२४ को पहिलो ६ महिनामै ५१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो वायुसेवाले गरेको यस्तो आम्दानी आन्तरिक उडान अन्तर्गत दुर्गम क्षेत्रमा सेवा दिने समिट एयरका ४ वटा जहाजले गरेको हो । समिटले छोटो दूरीको उडान तथा अवतरण (एसटीओएल)मा गरेको उडानबाट भएको आम्दानी हो ।

समिटले सन् २०२३ मा १ अर्ब ११ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष सन् २०२३ मा यसले सेवा दिएको १७ हजार यात्रुबाट भएको आम्दानी हो । सन् २०२४ मा पनि यो वायुसेवाको आम्दानी १ अर्ब रुपैयाँ नाघ्ने पछिल्लो ६ महिनाको तथ्यांकले देखाएको छ ।

समिटको आम्दानी कोरोना महामारीपछि भएको यात्रु उडान सेवा प्रवाहमा सुधारसँगै गरेको यस्तो १ अर्ब रुपैयाँभन्दा बढीको वार्षिक आम्दानी अहिलेसम्मकै धेरै हो ।

समिट एयरले ए४१० का १८ सिट क्षमताका जहाजमार्फत काठमाडौंबाट लुक्ला र रामेछाप उडान गर्न । यो वायुसेवाले पोखरा तथा नेपालगन्जबाट पनि विभिन्न गन्तव्यमा उडान गर्छ । यसले जोमसोम, डोल्पा, रारा, सिमिकोटसहितका गन्तव्यमा उडान गर्छ।

सन् २०२२ मा ७९ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको समिट एयरले २०२१ मा ४४ करोड ९० लाख रुपैयाँमात्रै गरेको थियो छ ।

चार वटा जहाजमार्फत दुर्गम क्षेत्रमा सेवा दिइरहेको यो वायुसेवा कम्पनीले गरेको आम्दानी सन् २०२० मा ५८ करोड, सन् २०१९ मा ९७ करोड, सन् २०१८ मा ८९ करोड र सन् २०१७ मा ५९ करोड रुपैयाँ गरेको थियो । यो वायुसेवा कम्पनीले सन् २०१६ अगाडि गोमा एयरको नामबाट उडान गर्ने गरेको थियो ।

फिस्टेल एयरका अध्यक्ष विकास राणाको प्रवेशपछि यसले समिटको नामममा उडान सुरु गर्न थालेको हो । समिट एयरका अध्यक्ष राणा हुन भने प्रवन्ध निर्देशक मनोज कार्की हुन्छ । कार्कीले नै गोमा एयर स्थापना गरेका हुन् । अहिले समिट एयर भएपनि यसले उडान सेवालाई थप प्रभावकारी बनाउँदै लगेको छ ।

यो वायुसेवा कम्पनीसँग दीर्घकालीन तथा अल्पकालीन गरी कुल ३५ करोड ५४ लाख रुपैयाँको ऋण रेटिङ गराएको छ । यसमध्ये अल्पकालीन ऋण ७ करोड ७९ लाख र दीर्घकालीन ऋण १७ करोड ५० लाख रहेको उल्लेख छ ।


क्लिकमान्डु