रास्वपाले ओलीलाई विश्वासको मत नदिने



राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

आइतवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्ने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो ।

पार्टीका सबै सांसदहरुसँग घनिभुत छलफल गरेर सो निर्णयमा पुगिएको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । त्यसैगरी सो दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन पनि पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रमुख सचेतक परियारले भने,‘सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत जो माग्नुभएको छ । त्यसमा पार्टीका सबै सांसदहरुले घतिभुत छलफल गरेर सो प्रश्तावको विपक्षमा मतदान गर्ने निर्णय ग¥यौं । र ह्वीप पनि जारी गरी सकेका छौं । ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेको छ ।


क्लिकमान्डु