ललितपुर महानगरले १०६ वर्ष पुरानो दमकल पुन: प्रयोगमा ल्यायो



काठमाडौं । १०६ वर्ष पहिलेको दमकल ललितपुर महानगरले पुन: प्रयोगमा ल्याउने भएको छ ।

डेनिस कम्पनीको उकत दमकल काम नगर्ने अवस्थामा पुगेको थियो । तर महानगरले त्यसलाई मर्मत गरेर पुन: प्रयोगमा ल्याउन लागेको हो ।

आइतबार एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले डेमो देखाइ शुभारम्भ गरे । आजै दमकललाई काठमाडौं उपत्यकाका तीनवटै जिल्ला परिक्रमा पनि गरिएको छ ।

इतिहास बोकेको दमकल पुन प्रयोग गर्न पाउँदा निकै हर्षित भएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।


क्लिकमान्डु