सन्दिपविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक



काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्ध बलात्कार मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ। फैसलाको पूर्णपाठ २ महिनापछि उच्च अदालतले शुक्रबार सार्वजनिक गरेको हो ।

गत जेठ २ गते उच्च अदालत पाटनले सन्दिपको पक्षमा फैसला सुनाउँदै उनलाई सफाइ दिएको थियो । पूर्णपाठमा जाहेरीवाला गौशाला २६ र सन्दिपबीच भएका घटनामा असहमतिका कुनै लक्षण नदेखिएको अदालतले व्याख्या गरेको छ । यस्तै निज बालिग भएको पनि अदालतको ठहर छ ।

यस्तै दुई जनाबीच भएका घटना जबर्जस्ती नभएर सहमतिका आधारमा भएको र पीडितको पक्षमा भएको फैसला सो हदसम्म मिलेको नदेखिएको पनि अदालतले पूर्णपाठमा व्याख्या गरेको छ।

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘सबै घटनाक्रमहरूलाई विश्लेषण गरी हेर्दा जबरजस्ती करणीको कसूर भएको मान्न मिल्ने अवस्था नदेखिई प्रतिवादीलाई निजको पीडित साबालक ठहर गरी जबरजस्ती करणी गरेको ठहर्‍याई काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सो हदसम्म मिलेको देखिन आएन ।’

यो मुद्दामा यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय तोकेको थियो । उक्त फैसलाविरुद्ध लामिछाने उच्चमा गएका हुन् ।

पाटन उच्चले पूर्णपाठमा प्रतिवादीबाट पेस भएका प्रमाणहरुले अभियोग दाबीको समर्थन गर्ने कुनै आधार नदेखिएको उल्लेख गरेको छ । पाटन उच्चको यही फैसलापछि लामिछानेलाई विश्वकप खेल्नका लागि बाटो खुलेको थियो । यद्यपि जाहेरीवाला किशोरी पाटन उच्चको फैसलाविरुद्ध सर्वोच्च अदालत जान सक्ने छिन् ।


क्लिकमान्डु