सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ४६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु