महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम फेरि थाल्यो (तस्बिरहरु)



काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारको काम अघि बढाएको छ ।

उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले विस्तारको काम फेरि थालेको हो ।

यसअघि महानगरले फुटपाथ चौडा बनाउने भन्दै न्यूरोड क्षेत्रको सडक काटेको थियो ।

तर सडक विभागले उक्त सडक महानगरको क्षेत्राधिकारभित्र नपर्ने भन्दै फुटपाथ विस्तार रोकेर महानगरले भत्काएको सडक रातारात पिच गरेको थियो ।

त्यसविरूद्ध महानगर उच्च अदालत पाटन गएको थियो । अदालतले महानगरको मागबमोजिम फुटपाथ चौडा बनाउन अनुमति दिएको थियो । त्यस लगत्तै महानगरले फुटपाथ विस्तार थालेको हो ।


क्लिकमान्डु