भन्सार महशुल विधेयक-२०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित



काठमाडौं । राष्ट्रिय सभाले भन्सार महशुल विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार महशुल विधेयक, २०८१ लाई मूल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधिसभामा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभा समक्ष पेस गरेका थिए ।

प्रस्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलद्वारा पारित गर्नका लागि प्रस्तुत भएको सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे । राष्ट्रिय सभाको अर्को बैठक साउन ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।


क्लिकमान्डु