कांग्रेसबाट प्रकाशमान र आरजुसहित बन्दैछन् यी मन्त्री



काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंग्याएको छ ।

सरकारमा कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा सहभागी हुने भएको छ ।

सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । रमेश लेखक गृह, आरजु राणा परराष्ट्रमन्त्री,दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बन्ने भएका छन् ।

कांग्रेसको शेखर कोइराला समूहले आफ्नो तर्फबाट मन्त्री बन्ने तीन जनाको नाम पठाएको छ । उक्त पक्षले स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीको नाम पठाएको हो ।


क्लिकमान्डु