मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट अनुसन्धान थाल्नुस्: रवि लामिछाने



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्री भएका कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन् ।

राष्ट्रपतिले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएपछि मन्त्रालयमा पत्रकार सम्मेलन राख्दै लामिछानेले आफूले आजसम्म कसैलाई यो गर्नुस्, त्यो गर्नुस् नभनेको बताए।

‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, यहाँहरू सबै साक्षी हुनुहुन्छ मैले आजसम्म मेरो विषयमा यो गर्नुस् त्यो नगर्नुस् भनेको छैन,’ उनले भने, ‘ न कसैको सरुवा गर्नुस् भनेको छु । न मैले मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट भनेको छु ।’

लामिछानेले मन्त्री भएका कारण कसैलाई केही असहजता भएको भए अब गहन अनुसन्धान गर्न आग्रह गरे ।
‘म मन्त्री भएको कारणले तपाईंहरूलाई केही अप्ठ्यारो परेको रहेछ भने आजैबाट गहन अनुसन्धान गर्नुस्,’ लामिछानेले भने, ‘उनले गल्ती गर्ने जो भएपनि बच्नु बचाउनु नहुने बताए ।’


क्लिकमान्डु