त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो, दुई गाडी अझै बेपत्ता



काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएको बसको पर्दा फेला परेको छ । बेपत्ता भएका दुई बस नभेटिए पनि बसको पर्दा फेला परेको हो ।

हुक लगाएर खोज्ने क्रममा बसको पर्दा र एउटा ट्राउजर निकालिएको हो । भेटिएको पर्दा बसकै भएको बसका मालिकले बताएका छन् । दुइवटा गाडी उद्दारका लागि १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना परिचालन भएका छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको एउटा र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको अर्को बसलाई शुक्रबार बिहान लेदोसहितको पहिरोले बगाएको थियो । ती बसबाट तीन जना पौडी खेलेर किनारामा निस्किएका थिए ।


क्लिकमान्डु