सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु