नेपालमा बिवाईडी इ-सिक्सको ७ वर्ष: ‘विद्युतीय सवारीसाधनमा विश्वास दिलायौं’



काठमाडौं । साईमेक्स इंकले करिब सात वर्ष पहिले नेपालमा बिवाईडी इ-सिक्स भित्र्याएको थियो ।

सन् २०१७ मा इ-सिक्स ल्याउदासम्म धेरैलाई विद्युतीय सवारीसाधन (ईभी) माथि शंका थियो । ब्याट्री र माइलेजको विषयलाई लिएर धेरैले प्रश्न गर्थे । त्यतिबेलासम्म ईभीका लागि चार्जिङ स्टेसनलगायतका पूर्वाधार समेत थिएन । तर नेपाली बजारमा इ-सिक्सले आधुनिक विद्युतीय सवारीसाधनको सुरुवात नै गर्‍यो ।

एनएमबी बैंकका अध्यक्ष मनोज गोयल सात वर्षदेखि इ-सिक्स प्रयोग गरिरहेका छन । उनले अहिलेसम्म पर्फरमेन्समा कुनै समस्या नआएको बताए ।

‘यो गाडी चढेदेखि मेरो कष्ट पनि सेभिङ भएको छ । सुरक्षित पनि महसुल गरेको छु । पर्फरमेन्समा कुनै समस्या आएको छैन,’ उनले सुनाए, ‘७ वर्षमा ब्याट्रीको लाइफमा कुनै समस्या आएको छैन ।’

उनका अनुसार त्यतिबेला क्लिन इनर्जी डेभलपमेन्ट बैक खोलिएको थियो । यो बैंक क्लिन इनर्जीका लागि कमिटेड भएर खोलिएको थियो ।

‘हाइड्रोपावर क्लिन इनर्जीको स्रोत हो । मोबिलिटी पनि इलेक्ट्रिक हुनुपर्छ भन्ने लागेको थियो,’ गोयलले भने, ‘बिवाइडी राम्रो देखेर चढ्ने निर्णय गर्‍यौं । विद्युतीय गाडीको चुनौती भए पानि चढ्ने निर्णय गर्‍यौं । अहिलेसम्म चढिरहेको छु ।’

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत  प्रदिप कुमार थिकेले तनहुँ हाइड्रोपावरको प्रबन्ध निर्देशक हुँदा दुईवटा इ-सिक्स किनेका थिए । उनले तनहुँ हाइड्रोपावर प्राधिकरणको सहायक कम्पनी भएकाले  विद्युतीय गाडी प्रवर्द्धन गर्ने भन्दै किनेका थिए ।

‘हामीले विद्युतीय गाडी प्रवर्द्नन गर्न किनेका थियौं। वातावरणका हिसाबले राम्रो छ । डिजेल र पेट्रोलको पैसा बाहिर जान्थ्यो । आफ्नै उत्पादन बिजुली छ । यहि प्रयोग गर्न सकिन्छ। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाने अपेक्षा गरेको छु, ‘ उनले भने।

बीबी होल्डिङका अध्यक्ष भवन भट्टले सरकारले ईभीमा जान रणनीतिक हिसाबले नीतिगत निर्णय लिनुपर्ने बताए ।

‘इ-सिक्सको पहिलो प्रयोगकर्ता भए । पृथ्वीलाई केहि राम्रो गरेको छु भन्ने लाग्छ,’ उनले भने, ‘ यो गाडी धेरै कम्फर्टेबल छ ।’

यमुना श्रेष्ठ

साइमेक्स इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सात वर्षमा बिवाईडी इ-सिक्सले नेपालमा विद्युतीय गाडीमा विश्वास दिलाउन सफल भएको बताइन् । 

‘यति ठूलो गाडी ब्याट्रीबाट चल्छ र ?’ भनेर सोधिन्थ्यो । हामी प्राधिकरण, योजना आयोग,विभिन्न ठाउँमा पुग्दा मानिसहरुको भीड लाग्थ्यो । अनेका खालका सवालहरु हुन्थ्यो,’ उनले भनिन्, ‘हामीले विद्युतीय सवारीसाधनमा विश्वास दिलाउन सक्यौं । विद्युतीय गाडीलाई विश्वसनीय बनायौं ।’

उनी आफैंले यो गाडी चढेका बताइन् । ‘सात वर्षमा केहि समस्या आएन । एउटा टायर फेर्ने बाहेक केहि मेन्टेन गर्नु परेन,’ उनले भनिन,’ यहिबाट इ-सिक्स के हो भनेर बुझ्न सकिन्छ ।’ उनले एटो-थ्री आएपछि भने त्यहि चढिरहेको बताइन् ।


क्लिकमान्डु