मार्जिन कारोबार गर्न ८७ कम्पनी मात्रै योग्य, १६२ अयोग्य (विवरणसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ८७ कम्पनी सूचीकृत कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य भएको जनाएको छ ।

नेप्सेमा सूचीकृत २४९ वटा कम्पनीमध्ये ८७ वटा कम्पनी मार्जिन कारोबारका लागि योग्य रहेका छन् । बाँकी १६२ कम्पनी भने अयोग्य रहेका छन् ।

नेप्सेले सार्वजनिक गरेको विवरण अनुसार मार्जिन कारोबार गर्नका लागि १७ वाणिज्य बैंक, १० बीमा कम्पनी, ८ विकास बैंक, ५ वित्त कम्पनी, १३ जलविद्युत् कम्पनी र २९ लघुवित्त वित्तीय संस्था होटल १, नागरिक लगानी कोष, हिमालयन डिस्ट्रिलरी, शिवम सिमेन्ट, नेपाल पुनर्बीमा कम्पनी, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका कम्पनी रहेका छन् ।

मार्जिक कारोबार गर्न लागि मार्जिन कारोबारसम्बन्धी कार्यविधि–२०७५ मा भएको मापदण्ड पुरा गरेको हुनुपर्छ ।
कार्यविधिमा कम्पनीमा कम्तिमा १० हजारभन्दा बढी सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पुँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको । दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभरी कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्ने छ ।

यो धितोपत्र दलाल व्यवसायीमार्फत तोकिएको मार्जिन राखेर सेयर खरिद–बिक्री गर्ने कार्य हो । कम्पनीको छनोट गरेपछि कम्पनी र ब्रोकरबीच सहमति हुन्छ । त्यसमा व्यवसायीले कम्तीमा ५० प्रतिशत सुरुको मार्जिन रकम ब्रोकरको मार्जिन खातामा राख्नुपर्ने प्रावधान रहेको छ ।


क्लिकमान्डु