तीन वर्षमै डेढ अर्ब घाटामा गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो- यथास्थितिमा चल्न सक्दैनौं



काठमाडौं । कुनै समयमा मुलुककै प्रतिष्ठित अस्पतालको रुपमा उदाएको धरानस्थिति वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान कोरोना संक्रमण फैलिएसँगै धरासायी बन्दै गएको छ ।

कोरोना संक्रामणअघि फाइदामा रहेको प्रतिष्ठन विगत ३ वर्षदेखि भने निरन्तर ओरालो लागेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि घाटा जान शुरु गरेको प्रतिष्ठान गत आर्थिक वर्षसम्म आइपुग्दा कुल १ अर्ब ४१ करोड रुपैयाँ घाटामा पुगेको छ ।

शिक्षण अस्पतालसमेत सञ्चालन गरेको प्रतिष्ठान निरन्तर ओराला लागेपछि मंगलबार प्रतिष्ठानले स्वेतपत्र जारी गरेको छ ।

‘यो विकराल अवस्थामा प्रतिष्ठान कसरी बाँचिरहेको छ भन्ने विषय सबै सम्बद्व निकाय तथा सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नै पर्ने भएको छ,’ प्रतिष्ठानले स्वेतपत्र जारी गर्दै भनेको छ, ‘खस्किँदै गएको प्रतिष्ठानको आर्थिक अवस्था विगत ४ ओटा आर्थिक बर्षमा कस्तो रहेको छ भनेर सार्वजनिक गरेका छौं ।’

हालको स्थितिमा प्रतिष्ठान संचालन गर्न असम्भव रहेको समेत प्रष्ठिानले जनाएको छ ।

‘प्रतिष्ठान यथास्थितिमा रहेमा यसको संचालन असम्भव रहेको कठोरताका साथ सम्पूर्णमा जानकारी गराउँछु,’ रजिष्ट्रारले जारी गरेको स्वेतपत्रमा भनिएको छ, ‘केही कमी कमजोरी भएमा त्यसको समाधान गर्ने प्रतिवद्धता पनि जाहेर गदर्छु ।’

आर्थिक वर्ष २०७६/०७७ प्रतिष्ठानले २९ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको थियो । प्रतिष्ठानले उक्त वर्ष २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको थियो भने २ अर्ब ४९ करोड २८ लाख रुपैयाँ संचालन खर्च भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ प्रष्ठिानको आम्दानी १ अर्ब ९१ करोड ६ लाख रुपैयाँ रहेकोमा संचालन खर्च २ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ भएको थियो । जसले गर्दा ९१ करोड ४३ लाख रुपैयाँ घाटा हुनपुग्यो ।

गत आर्थिक वर्ष २०७८/०७९ मा प्रतिष्ठानको घाटा ४१ करोड भएको छ । गत वर्ष प्रष्ठिानले आन्तरिक र कोभिड १९ सहित २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ आय गरेकोमा ३ अर्ब १२ करोड ४४ लाख रुपैयाँ खर्च भएको थियो ।

कारोना संक्रमण शुरु हुनुभन्दा अघिको वर्षमा भने प्रतिष्ठानले ५८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । उक्त वर्ष २ अर्ब ८० करोड ६६ लाख रुपैयाँ आम्दानी गरेकोमा २ अर्ब २२ करोड रुपैयाँ सञ्चालन खर्च भएको थियो ।
कोभिड–१९ को प्रभावले बिरामीको चाँप घटेको र एक शैक्षिक शत्रको विद्यार्थी भर्ना नै हुन नसकेको कारण विगत ४ वर्षदेखि प्रतिष्ठानको आम्दानी १ अर्बभन्दा बढीले घट्न गएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान आर्थिक रुपमा मजबुतरुपमा सञ्चालन हुँदा सर्ब सहज र सरलरुपम सञ्चालन भइरहेका तर आर्थिक रुपमा कमजोर हुँदा नकारात्मक प्रचार धेरै भएको प्रति प्रतिष्ठालने गुनासो गरेको छ ।

‘नकारात्मक प्रचार र समाचारले शिक्षक, कर्मचारी मर्माहित भएका छौं,’ स्वेतपत्रमा भनिएको छ ।

विगतमा जे भएपनि अब हामी मिलेर प्रतिष्ठान जोगाउनुको विकल्प नरहेको भन्दै सबै मिलेर नयाँ तरिकाबाट काम गर्न प्रतिष्ठानले अपिल गरेको छ । प्रतिष्ठान सञ्चालन सम्बन्धी भारत सरकार तथा नेपाल सरकारबीचको संझौताको अवधि समाप्त भएपछि भारत सरकारबाट प्राप्त हुने आर्थिक सहयोग कटौति भयो ।

त्यस्तै, नेपाल सरकारबाट पनि बजेट विनियोजन कम हुँदै जाने र शिक्षक तथा कर्मचारीको तलब भत्ता वृद्धि गर्नु पर्ने कारणले खर्च बढ्दै गएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै, प्रतिष्ठानमा भर्ना हुने विद्यर्थीको सिट संख्या कम हुँदै भर्ना कम भएको र विदेशी विद्यार्थी भर्नाको सिट कम दिँदा प्रतिष्ठानको आम्दानी घटेको जनाएको छ ।

नेपाल सरकार र भारत सरकारको संयुक्त नमुना परियोजनाको रुपमा विधिवत सन् १९९३ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको थियो ।

भारतको पूर्वाधार विकासमा भएको सहयोग, दक्ष जनशक्ति भारत सरकारको काजमा आई काम गर्ने र उनीहरुको तलबभत्तासमेत भारत सरकारले नै उपलब्ध गराउने व्यवस्था, सोही अनुपातमा नेपाल सरकारबाट पनि पूर्वाधार तथा सञ्चानल खर्चमा बजेट विनियोजन भएकाले प्रतिष्ठानले छोटो समयमै फड्को मारेको थियो ।

प्रतिष्ठानले सञ्चालन गरेको अस्पतालमा सर्वसाधारणदेखि उच्चवर्गका परिवारले पनि उपचार गर्छन् । यसले प्रदेश १, मेधेश प्रदेश र भारतको सीमावर्ति क्षेत्रका बिरामीहरु पनि उपचार गराउन यही अवस्पताल आउँछन् ।


क्लिकमान्डु