रोजिन र रेजिनको निर्यात घट्दो, उत्पादन कम हुँदा मागअनुसार आपूर्ती भएन



काठमाडौं । वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको रोजिन र रेजिन (खोटो) को पछिल्लो समय निर्यात घट्दो अवस्था छ ।
विगतका वर्षमा करिब २ अर्ब बढी निर्यात हुँदै आएको खोटो पछिल्लो समय निर्यात कम हुँदै गएको छ ।

नेपालमा रोजिन र रेजिनको व्यवस्थापनका लागि सन् १९८७ मा नेपाल रोजिन एण्ड टर्पेन्टाइन लिमिटेड स्थापना गरेको थियो । तर, २००७ सालमा सो कम्पनी निजीकरण गरिएको थियो ।

अप्रिल २००७ मा सरकारले नीजिकरण गरेर सो संस्थालाई दिव्य रोजिन र टर्पेन्टाइन प्रालिको नाममा कायम गरी अहिले सोही नामबाट प्रचलित छ ।

कम्पनीले हजारौं मानिसलाई रोजगारी दिँदै वार्षिक २८ सय मेट्रिक टन रोजिन र रेजिन उत्पादन गर्न सक्ने क्षमता छ । कम्पनीकाअनुसार कम्पनीले ८ हजार मेट्रिक टन उत्पादन गर्ने गरी विभिन्न दुई स्थान रहेको छ । जसमा अत्तरिया र बिराटनगरको पूर्वदेखि पश्चिम रहेको छ ।

उक्त कम्पनीले देशभर उत्पादन भएको रोजिन रेजिन संकलन गरेर निर्यात गर्दै आएको छ । व्यापारघाटामा ठूलो योगदान पुर्याउँदै आएको रोजिन र रेजिनको निर्यात भने वार्षिक रुपमा कमजोर बन्दै गएको छ ।

करिब ५ वर्षको अन्तरालमा उक्त निर्यातित वस्तुको निर्यात करिब ५० प्रतिशतको हाराहारीमा कम भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । वार्षिक २ अर्बको हाराहारीमा निर्यात हुँदै आएको वस्तु अहिले १ अर्बका सिमित हुन पुगेको छ ।

नेपालले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ६३ लाख ९६ हजार केजी रोजिन र टर्पेन्टाइनआयल निर्यात गरेको थियो । तर, आव २०७४/७५ मा आइपुग्दा घटेको देखिन्छ । सो वर्ष १ अर्ब ९३ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख ६८ हजार केजी निर्यात गरेको थियो ।

त्यस्तै, आव २०७५/७६ मा १ अर्ब ७० करोड २३ लाख रुपैयाँको १ करोड ५२ लाख केजी, आव २०७६/७७ मा ९९ करोड ८९ लाख रुपैयाँको ८८ लाख ३८ हजार केजी र आव २०७७/७८ मा १ अर्ब ३४ करोड १६ लाख रुपैयाँको ९० लाख ३० हजार केजी रोजिन तथा रेजिन निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले उल्लेख छ ।

त्यस्तै, चालु आवको ७ महिनाको अवधिमा १ अर्ब ४ करोड ६८ लाख रुपैयाँ बराबरको ५७ लाख ४१ हजार ६ सय केजी रोजिन तथा रेजिन एसिड निर्यात गरेको छ ।

नेपालले उत्पादन गरी निर्यात भएको अधिकांश रोजिन र टर्पेन्टाइनआयल भारतमा निर्यात हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।
व्यापारघाटाको मुख्य वस्तुमा मान्दै आएको रोजिनको पछिल्लो समय निर्यात घट्दै जाँदा व्यवसायीहरू भने चिन्तित बनेका छन् । नेपालमा एक मात्रै कम्पनी रहेको दिव्य रोजिनले पनि दिन प्रति दिन घट्दै गएको जनाएको छ ।

कम्पनीका अनुसार पछिल्लो समय उत्पादन गर्नका लागि लागत बढ्दै गएको छ । जसले गर्दा उत्पादन गर्न निकै महंगो भएकाले निर्यात कम हुन थालेको कम्पनीका निर्देशक अमर थापाले जानकारी दिए ।

उनका अनुसार सरकार रोयाल्टीहरू बढ्दै गएको अवस्था छ । त्यसैले, उत्पादन गरी निर्यात गर्न निकै महंगो भएकाले पछिल्ला दिनहरूमा उत्पादन कम हुँदै गएको छ ।


क्लिकमान्डु