जीवनमा कैयन ठाउँबाट ‘रिजेक्टेड’ अमनले बनाए नम्बर वान कम्पनी, १ खर्बको भ्यालुएसन



जब मैले ३५ वर्षको उमेरमा कम्पनी शुरु गरे तब कैयनबाट मैले ‘रिजेक्सन’ भोग्नु पर्यो । लगानीकर्ताबाट मात्रै होइन, कर्मचारीबाटै पनि रिजेक्सन भोगेँ ।

कम्पनी सञ्चालनका लागि जब कुनै कर्मचारी हायर गर्न खोज्थे, तब ती व्यक्तिहरुले सिधै अस्वीकार गर्दथे । उनीहरु कम्पनीमा जोडिनै चाहेनन् ।

उनीहरु भन्थे, ‘यस्ता ब्राण्डहरु आज आउँछन् भोलि जान्छन्, यसले के नै गर्न सक्ला र ?’

कैयन पटक रिजेक्सन भागेपछि मलाई एक समय अब केही हुँदैन भन्ने लाग्न थालिसकेको थियो । तर मलाई झिनो विश्वास भने कायमै थियो ।

‘हिन्दी फिल्ममा शाहिद कपुरको एउटा डाइलग छ, अब जे हुन्छ ठूलै हुन्छ, अब यहाँबाट तल झर्ने ठाउँ छैन, यही डाइलगले मलाई जहिल्यै मोटिभेट गरिरह्यो,’ उनी भन्छन् ।

आज उनको कम्पनीको भ्यालुएसन ११ हजार करोड भारु पुगेको छ । उनको ब्राण्ड हो, ‘बोट’ । र, कम्पनीमा सह-संस्थापक र सीएमओ हुन्, अमन गुप्ता ।

पछिल्लो समय भारतीय टेलिभिजन सोनीबाट प्रसारण हुने ‘द सार्क ट्यांक’का एक ‘सार्क’ हुन् उनी ।

पछिल्लो समय ग्याजेटप्रेमी अधिकांशले सुनेको नाम हो, ‘बोट’ अर्थात् ‘डुंगा’ । त्यही डुंगाले उनलाई आज भारतमा सफल युवा उद्यमीका रुपमा स्थापित बनाएको छ । र, भारतको नम्बर वान कम्पनीका रुपमा स्थापित गरेको छ ।

दिल्लीका अमन गुप्ताले दिल्लीमै स्कुले शिक्षा पूरा गरे र बुबाको सल्लाहमा सीए अध्ययन शुरु गरे । तर सीएको पढाइकै क्रममा फाइनान्स र अंकसँग कनेन्ट गर्न गाह्रो भयो । यद्यपि उनले जसोतसो सीए भने राम्रै अंकका साथ पूरा गरे ।

सीएको पढाइ पूरा गरेपछि उनले २ वर्षसम्म एउटा कम्पनीमा जागिर गरेपछि मनले मानेन र राजीनामा दिएर खाली बसे ।

त्यही बेलामा बुबाले अब आफ्नै व्यवसाय शुरु गरौं भन्ने प्रस्ताव गरे ।

‘बुबासँग एक्सपेरियन्स थियो, मसँग एग्रेसन थियो, र त्यो मेरो पहिलो कम्पनी थियो,’ उनले भने ।

उनीहरुले विदेशबाट सामान ल्याएर भारतमा बिक्री गर्न थाले । तर उनमा सेल्सबारे ज्ञान भने थिएन ।

‘एक पटकको कुरा हो, क्लाइन्टसँग सामानबारे कुरा गर्न फोन सम्पर्क गरे, उनले १५ मिनेटपछि फोन गर्न भने, मैले १५ मिनेटपछि फोन गरे ।

उनले अहिले होइन २ घण्टापछि फोन गर्न भने, मैले ठीक २ घण्टापछि फोन गरे तर उसले फेरि साँझ फोन गर्न भने । यतिबेलासम्म मेरो रिसको पारो माथि चढिसकेको थियो, तब बुबाले भन्नु भयो, ‘वेलकम टु सेल्स’ गुप्ताले भने ।

त्यो उनका लागि सेल्सको पहिलो अनुभव थियो । त्यो समयमा उनीहरुले बिक्री गरिरहेको ब्राण्डको भारतमा बजार निकै ठूलो भइसकेको थियो ।

र, ब्राण्डले भारतमै अफिस खोल्ने निर्णय गरेपछि हामी उनीहरु उक्त व्यवसायबाटै बाहिरिए ।

‘त्यो बेलामा जीवनमा अझै केही अपुग भएको वा ‘समथिङ इज स्टिल मिसिङ’को अनुभव भने भइरहेको थियो । त्यो बेलामा म २९ वर्षको थिए ।यसबीच मेरो विवाह पनि भयो । विवाहपछि श्रीमतिले तिमी किन एमबीए गर्दैछौं भनेर सोधिन, त्यो समय एमबिए गर्नका लागि ढिला भइसकेको थिएन् । र, एमबिएमा भर्ना भएँ,’ उनले भने ।

एमबिए पूरा गरेपछि उनले २ वर्षसम्म सेल्सम्यानका रुपमा एउटा कम्पनीमा काम गरेँ र कम्पनी छाडे ।

त्यो बेलामा उनी श्रीमतिले तिमीसँग २ वर्षका लागि समय दिँदै भनिन, ‘२ वर्षसम्म जे मन लाग्छ त्यही गर त्यसपछि पनि केही सफलता हात परेन भने मैले भनेअनुसार कै काम गर्नुपर्छ ।’

त्यसपनि उनले ‘बोट’ कम्पनीको शुरुवात गरे । त्यो समयमा भारतीय बजारका लागि नयाँ केही थिएन ।

उनीहरु ब्लुटेड, स्पिकर, हेडफोन बिक्री गर्ने कम्पनी शुरु गर्दै गर्दा भारतमा भारतीय, चिनियाँ र अन्य विभिन्न कम्पनीका २ सयभन्दा ब्राण्डले थिए । र, उनीहरुले राम्रो काम गरिरहेका थिए । तर उनीहरु त्यही व्यवसायमा फरक ढंगले काम गर्ने योजना बनाए ।

‘कम्पनी शुरु गरिसकेपछि रिजेक्सन शुरु भयो । बैंकबाट रिजेक्सन, कर्मचारीहरुबाट रिजेक्सन, लगानीकर्ताबाट रिजेक्सन । एक प्रकारले रिजेक्सन मेरो जीवनको एउटा पाटो जस्तै भइसकेको थियो । तर मलाई के थाहा थियो भने कम्तीमा ट्राइ गर्नुपर्छ, नत्र भविष्यमा पछुतो हुन्छ भन्ने लाग्थ्यो,’ उनले भने ।

त्यो समयमा उनीहरु भेटघाट गर्ने एउटा प्वाइन्ट थियो ‘पव’ । पवमा नयाँ व्यवसायका कैयन विषयमा छलफल हुन्थ्यो । त्यो समयमा उनका साथी समिर अशोक मेहेता मुम्बईमा थिए भने अमन दिल्लीमा थिए ।

‘मानिसहरु स्टार्टअपलाई सिरियसरुपमा लिँदैनथे । मानिसहरु उनीहरुलाई सुझाव दिन्थे, स्टार्टअप होइन व्यवसाय गर्नुपर्छ,’ उनले भने ।

बोटलाई ब्राण्ड बनाउनका लागि उनीहरु कैयन काम गरे । उपयुक्त मूल्यमा सामान बिक्री गर्न थाले, मार्केटिङ गर्ने तरिका फरक अपनाए ।

उनीहरुलाई युवालाई लक्षित गरी व्यवसायलाई केन्द्रित गरे । उनीहरुले कन्ज्युमरसँग प्रत्यक्ष जोडिन अनेकन काम गरे जसमा उनीहरु सफल भए । र, प्रगतिको चिँढी चढ्दै गए ।

उनीहरुको एउटा मन्त्र बनाए, ‘ग्राहकको ध्यान राख्न सकियो भने ग्राहकले कम्पनीको ख्याल आफै राख्छन् ।’

र, यो मन्त्रले कम्पनीको ग्रोथमा भरपुर काम गर्यो ।

आजका दिनमा उनको ब्राण्ड भारतमा नम्बर वान कम्पनी बन्न सफल भएको छ ।

उनी अन्यलाई एउटै सझाव दिन्छन्, ‘नयाँ काम शुरु गर्नका लागि कहिल्यै डर नमान्नु, जागिर गर्नेले कम्पनीमै नयाँ काम गर्नु र व्यवसायको हकमा पनि शुरु गर्न नडराउनु ।’

सन् २०१५ मा शुरु भएको कम्पनीमा कोभिड शुरु हुनुभन्दा अघिसम्म ५० जना पनि कर्मचारी थिएनन् । हाल उनको कम्पनीमा ६०० भन्दा बढी प्रत्यक्ष जोडिएका छन् ।

आज बोट ब्राण्डका नामबाट एयरफोन, स्मार्ट वाच, ब्लुटुथ, हेडफोन भारतमा मात्रै होइन कैयन देशमा बिक्री भइरहेका छन् । उनको कम्पनीले केही समयपछि ३६ प्रतिशत बराबरको सर्वसाधारणका लागि आइपीओ निष्कासन समेत गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु