मोबाइल वालेटमा जोडिए एक करोड प्रयोगकर्ता, इकोसिस्टम आवश्यक



काठमाडौं । मंगलबार मुलुककै अग्रणी मोबाइल वालेट ई–सेवाले १३औं वर्ष पूरा गरेको छ । साथै, बुधबार अर्को मोबाइल वालेट खल्तीले पाँच वर्ष पूरा गरेको छ ।

सामाजिक सञ्जालदेखि मिडियामा यी दुई कम्पनीका चर्चा भयो । यी दुई डिजिटल सेवामा विशेष महत्व राख्ने मोबाइल वालेट हुन् ।

१३ वर्षअघि शुरु भएको ई–सेवाले नेपालमा डिजिटल कारोबार शुरुवात गरेको हो । यस क्षेत्रमा केही गर्न सकिन्छ भनेर धेरै मेहनतपछि मुलकुमा डिजिटल कारोबारको शुरुवात भएको हो ।

फिनटेक कम्पनीले एफवान सफ्टले ई–सेवा, फोन पे जस्ता कम्पनीमार्फत् मुलुकको डिजिटाइज क्षेत्रमा आक्रमकरुपमा काम गरिरहेको छ ।
चार युवाको प्रयासमा जन्मिएको एक स्टार्टअप हो खल्ती । मुलुकमा डिजिटल कारोबार ठूलो सम्भावना छ भनेर हामफालेका युवाहरुले मुलुकको डिजिटल क्षेत्रमा विशेष काम गरिरहेका छन् ।

ई–सेवा र खल्ती जस्तै आज मुलुकमा २७ वटा मोबाइल वालेटले नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र लिएका छन् । तीमध्ये धेरै जसो सञ्चालनमा छन् ।

ई–सेवा, खल्ती, आइएमई पे, सेल पे, प्रभु पे, मोरु जस्ता मोबाइल वालेटले बजारमा डिजिटल कारोबार गरिरहेका छन् ।

राष्ट्र बैंकको मंसिरको तथ्यांकमा नेपालमा हाल १ करोड ४ लाख १९ हजार मोबाइल वालेट प्रयोगकर्ता रहेको उल्लेख छ । उक्त महिनामा १ करोड ३० लाख ३० हजार कारोबार हुँदै १५ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यसमा पनि ई–सेवाले ६० लाखले साइनइन गरेको जनाएको छ भने खल्तीले २० लाख पुगेको बताएको छ । आइएमई पेले रेमिट्यान्समा फोकस गरेको छ भने अन्यले आफ्नो क्षेत्र पहिचान गरेर काम गरिरहेका छन् ।

डाउलोड गर्ने प्रयोगकर्ता धेरै भए पनि एक्टिभ प्रयोगकर्ता भने धेरै कममात्र हुन्छन् ।

नेपालमा मोबाइल वालेट प्रयोकर्ता प्रयोग बढ्दै गएको भए अझै धेरै विषय गर्न बाँकी रहेको खल्ती वालेटका निर्देशक अमित अग्रवाल बताउँछन् ।

‘नेपालमा अहिले युटिलिटी पेमेन्ट र केही क्युआर पेमेन्ट भइरहेको छ,’ अग्रवाले भने, ‘त्यसबाहेकका अरु काम गर्न बाँकी नै छ ।’

अहिले पनि मोबाइल वालेटहरु बैंक तथा वित्तीय संस्था, मर्चेन्टहरु जोड्मै समय बिताइरहेका छन् । ती संस्थालाई आफ्नो वालेटमा जोडेर डिजिटल भुक्तानी गर्न उनीहरु लागि परेका छन् ।

डिजिटल कारोबारमा ‘इन्टरअप्रेवलिटी’ नहुँदा हरेक मोबाइल वालेट एक एक बैंक तथा वित्तीय संस्था जोड्दै हिँडनु परेको छ । सरकारले सबै डिजिटल कारोबारलाई एउटै ‘गेट वे’बाट सञ्चलान गर्न भनेर ‘नेसनल स्वीच’ बनाउने भनेर लागरेको धेरै भइसकेको छ । तर, सफल हुन सकेको छैन ।

‘यो पाँच वर्ष बैंकलाई जोड्दा जोड्दै बित्यो,’ अग्रवाल भन्छन्, ‘इनोभेसन गर्न अझै सकिएको छैन ।’

नयाँ क्षेत्र तथा विभिन्न उद्योग डिजिटाइज हुन बाँकी छ । सेयर बजार, इन्स्योरेन्स, यातायाता, मनोरञ्जन जस्ता क्षेत्रमा पूर्णरुपमा डिजिटल कारोबार हुन सकेको छैन ।

अबको दुई तीन वर्षमा मुलुकको डिजिटाइ क्षेत्रमा धेरै प्रगति हुने उनको विश्वास छ ।

‘अबको दुई अढाई वर्षमा काठमाडौंमा कुनै पनि काम गर्दा नगद प्रयोग गर्न नपर्ने वातावरण हुन्छ’ अग्रवलले भने, ‘वालेट आम उपभोक्ताको दैनिकी बन्नुपर्छ ।’

मोबाइल वालेटका प्रयोग मोबाइल रिचार्ज र युटिलिटी पेमेन्टमात्र गरेर हुँदैन भन्ने उनको भनाइ छ । युटिलिटी पेमेन्ट भनेको हप्ता वा महिनामा एक पटक हुन्छ । यो सबै कुरा फिङगर टिप्समा आउनुपर्ने उनको धारणा छ ।

डिजिटल कारोबार हुने भनिए पनि अझै पनि कतिपय भुक्तानीका लागि ‘अफिसियल’ समय कुर्नुपर्छ । जस्तो कि आजको दिनमा पनि विद्युतीय कारोबार अनलाइन पेमेन्ट हुन्छ भनेर विज्ञापन हुन्छ तर १० बजे अघि विद्युतको विल तिर्न मिल्दैन ।

‘कुनै पनि बैंकको कारोबार २४ सै घण्टा हुनेगरी काम गर्न चाहन्छौं,’ अग्रवाल भन्छन्, ‘त्यो रिभोलुसन ल्याउन वालेट दैनिकी बन्नु पर्छ र त्यसका लािग इनोभेसन चाहिन्छ ।’ट्राभल, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, फाइनान्स जस्ता कैयन क्षेत्रमा डिजिटल कारोबार हुन सकेको छैन । यी सबै क्षेत्रमा काम गर्न एक एउटा मात्र लागेर हुँदैन ।

यसको लागि इकोसिस्टम बन्न आवश्यक छ । इकोसिस्टम बन्यो भने अनौपचारिक क्षेत्र औपचारिकमा आउँछ । उनीहरुले सूचना प्रविधि र यसको पूर्वाधारमा लगानी गर्छन् । अनलाइन विलिङ सिस्टम राख्छन् ।

‘इकोसिस्टम’ बन्न सकेमात्र सबैतिर अनलाइन कारोबार बढ्दै जाने हो ।

मुलकुमा हुने नगद कारोबारको ७ प्रतिशतमात्र डिजिटाइज हुन सकेको छ । ९३ प्रतिशत नगदमै करोबार भइरेको छ ।

मुलुकको डिजिटल कारोबार गर्न नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का विभिन्न प्लेटफर्मले धेरै सहयोग गरेका छन् ।

कनेक्ट आइपीएस चलाउने संखया ७ लाख ४० हजारबाट माथि लागेको छ । त्यस्तै, मोबाइल बैंकिङ चलाउने १ करोड ५९ लाख र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १५ लाख २० हजारबाटमाथि लागेका छन् ।


क्लिकमान्डु