अमेरिकी अनुसन्धान भन्छः छिटो चार्ज गर्दा यसरी बिग्रन सक्छ विद्युतीय सवारी



एजेन्सी । विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ । संसारभर नै मानिसहरु विद्युतीय सवारी साधनको प्रयोगमा आकर्षित भएका छन् । यसले वातावरणप्रति मानिसको लगावलाई पनि देखाएको छ ।

नेपालमा पनि एकपछि अर्को गर्दै विद्युतीय सवारी साधनको प्रयोगमा बढोत्तरी भएको छ । नयाँ नयाँ मोडलका सवारी साधन पनि बजारमा आएका छन् । विद्युतीय सवारी साधन भन्ने बित्तिकै स्वतः चार्जिङ स्टेशनको नाम पनि आइहाल्छ नै ।

छिट्टै सवारी साधनको चार्ज गरेर आफनो गन्तव्यमा पुगीहालौं भन्ने धेरैको चाह रहेको हुन्छ । तर छिटो विद्युतीय सवारी साधनको चार्ज गर्दा फाइदा भन्दा बेफाइदानै बढी भएको जानकारहरुको भनाइ छ ।

महंगो मूल्य तिरेर खरिद गरेको सवारी साधनको ब्याट्रीमा समस्या आयो भने त्यसले आर्थिक नोक्सानी पुर्याउँछ । सोही कारण पनि चार्ज गर्दा विशेष सावधानी अपनाउनुपर्ने भएको छ ।

सामान्य सावधानी अपनाउँदा त्यसबाट लामो समयसम्म विद्युतीय सवारी साधन चलाउन सकिन्छ ।

हतारको काम लतार भने जस्तै छिटो सवारी साधन चार्ज गरेर ब्याट्रीको आयु घटाउने कि नियमपूर्वक बिस्तारै चार्ज गरेर सवारी साधनको आयु वा ब्याट्रीको आयु पनि लामो समयसम्म टिकाइराख्ने भन्ने प्रश्न नै यतिबेला अहम् बनेर गएको छ ।

विद्युतीय सवारी साधनको महत्वपूर्ण पाटो भनेकै ब्याट्री हो । इन्धन सवारीमा इन्धन ट्यांकी वा अन्य पार्ट महत्वपूर्ण भएजस्तै विद्युतीय सवारी साधनमा ब्याट्री र मोटरलाई नै विशेष प्राथमिकतामा राखिन्छ ।

ब्याट्री तीव्र गतिमा चार्जा हुन्छ भन्ने थाहा पाउँदा वा त्यस्तो फिचर भएको सवारी साधन छ भन्दा आम मानिस खुसी नै हुन्छ । तर कम समयमा नै ब्याट्री चार्ज हुने विशेषता आफैमा सकारात्मक पनि हो । खासगरी विद्युतीय सवारी साधनमा तिव्र गतिमा चार्ज हुँदा ब्याट्रीको आयु चाँडै सकिन जान्छ ।

इलेक्ट्रिक सोसाइटी जर्नलमा छापिएको एक खोज विवरण अनुसार बिस्तारै चार्ज हुने ब्याट्रीको आयु भने लामो समयसम्म रहने र चाँडै चार्ज हुनेको छिट्टै बिग्रने समस्या आउन सक्ने विषय उल्लेख गरिएको छ ।

अमेरिकी इनर्जी डिपार्टमेन्ट आर्गन नेशनल ल्यावोरेटिजको शोधअनुसार ब्याट्रीको चार्ज वा डिस्चार्जमा मात्रा मिलाउन नसक्दा चाँडै समस्या आउन सक्ने उल्लेख गरिएको छ ।

लिथियम आयन ब्याट्रीमा एक पोजेटिभ चाजै कैथोड र एक नेगेटिभ चार्ज एनोड हुन्छ । जसमा एक इलेक्ट्रोनाइट नामक एक मटेरियल धेरै चार्ज गर्दा अलग भई बिग्रन जान्छ ।

शीघ्र गतिमा ब्याट्री चार्ज गर्दा इन्टरकलेशन नामको प्रक्रियामा खराबी आउन सक्छ । जसका कारण लिथियम आन ब्याट्रीले राम्रो काम गर्न सक्दैन ।

प्लेटिङ इफेक्टका कारण पनि समस्या चाँडै आउन सक्छ । त्यसकारण विस्तारौ चार्ज हुने प्रणाली नै तत्कालका ालागि उत्तम विकल्प हुन सक्छ । हतार गरे के हो के हो ? विस्तारै गरे सही हो भने जस्तै तिव्र गतिको चार्जिङ प्रत्रmियालाई भन्दा विस्तारै हुने प्रक्रियालाई आत्मसात गर्न समेत खोजले प्रेरित गरेको छ ।


क्लिकमान्डु