लकडाउनले जागिर गएपछि इन्जिनियरले खोले चियापसल, सामाजिक सञ्जालबाट आउँछन् ग्राहक



काठमाडौं । पढाई लेखाइ भएका मानिसले सामान्य काम गर्न हुँदैन भन्ने मान्यता नेपाल जस्ता देशमा रहेको छ ।

सुकिला मुकिला भएर कार्यालयमा काम गर्नुपर्छ भन्ने सोच विशेषत नेपाल जस्ता अल्पकविकसित देशमा व्याप्त छ ।

तर, भारतका एक युवाले भने स्टार्टअपका लागि सफ्टवेयर इन्जिनियरिङको जागिर छाडेका थिए ।

जागिर छाड्ने वित्तिकै लकडाउन भयो । कोरोना नियन्त्रण गर्ने भन्दै सरकारले लकडाउन घोषणा गर्यो । ती युवा एक वर्षसम्म खाली नै बस्न पुगे । सधैं खाली बस्दा बस्दा उनलाई असाध्यै समस्या पर्न थाल्यो ।

कुनै काम नगरी त्यत्तिकै बस्दा उनलाई पैसाको समेत खाँचो भयो । जस्तो भएपनि काम गर्नुपर्छ भन्ने मान्यताका साथ उनले अहिले चिया पसल गरिरहेका छन् । चिया बेच्दा उनलाई खाली पनि बस्नु परेको छैन ।

महिना दिनमा नै उनले १ लाख ६० हजार बराबरको व्यापार गरिरहेका छन् । उनले आफनो चिया पसलको नाम नै इन्जिनियरको चिया पसल नाम दिएका छन् ।

टाढा टाढाका मानिस समेत इन्जिियरको चिया पसल खोज्दै आउन थालेका छन् । दिनप्रतिदिन व्यापार, व्यवसाय समेत विस्तार भइरहेको छ ।

भारतको मध्य प्रदेशको छिंदवाडामा बस्ने अंकित नागवंशीले पछिल्लो ८ महिनादेखि चिया पसल गरिरहेका छन् ।

तर उनको चिया पसल सामान्य चियापसल भने होइन, स्टार्टअपका आधारमा पसल सञ्चालन गरेका छन् । सोही कारण उनले राम्रो कमाइ समेत गरेका छन् ।

खासमा उनी एक सफ्टवेयर इन्जिनियर हुन । कयौं ठूला कम्पनीमा काम गरेका छन् । जहाँ पैसा त आउँथ्यो, तर सन्तुस्टि भने हुँदैनथ्यो । हरेक महिनाको एक तारिखको प्रतिक्षा हुन्थ्यो । पैसा प्राप्त भएको दुई साता पनि नपुग्दै सबै पैसा सकिन्थ्यो ।

बाँकी दिन कसरी चल्ने भन्ने चिन्ता मात्रै हुन्थ्यो । कयौं चाहना पूरा गर्न समेत उनलाई समस्या पर्दथ्यो । तयसकारण उनले आफनो चाहनालाई सधै मारेर बस्नुपर्दथ्यो ।

उनले व्यापारका अनेकन योजना बनाएका थिए । तर कयौं कारणले गर्दा त्यसलाई कार्यान्वयन गर्न पाएका थिएनन् । उनले ४ वर्षसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अरुको काम गरे ।

तर, पछिल्लो पटक उनले जागिरलाई सधैका लागि छाडिदिए । उनकै शब्दमा त्यो जागिरलाई उनले बाइ बाई नै गरिदिए । त्यसपछि उनी मुम्बईबाट आफनो घर छिंदवाडा फर्के ।

उनी हरेक समय चियाका पारखी थिए । तर, उनलाई मन पर्ने खालको चिया पसल कही पनि थिएन । व्यापार भनेको आफूलाई मन पर्ने विषयबाट नै शुरु गर्नुपर्छ भन्ने उनको मनमा थियो ।

राम्रो चियापसल गर्न सकियो भने कमाई पनि राम्रो हुनसक्छ भन्ने उनको सोच थियो । सोही सोचका कारण उनले आफनो व्यापार शुरु गर्ने तयारी गरे ।

अंकितले गत वर्ष लकडाउन सकिएपछि गत अगस्टमा इन्जिनियरको चियापसल नाम दिएर एके व्यवसाय शुरु गरे । आज उनको साथमा हजारौ सेवाग्राही छन् ।

उनले हरेक दिन जसो ५ हजार बराबरको व्यवसाय गरिरहेका छन् । अंकित हरेक दिन बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म एक चौरमा आफनो चियाको सानो ठेला राख्छन् । जसमा लेखिएको छ, इन्जिनियरको चियापसल ।

सामाजिक सञ्जालमा कयौं मानिसले उनको चिया पसलको फोटो सार्वजनिक गरिदिएका छन् । सोही कारण उनले ग्राहक बनाउनका लागि कुनै खास प्रयास नै गर्नुपरेन ।

उनले इम्युनिटी चियाको ८ भारु लिन्छन् भने मसला चियाको पनि समान ८ भारु नै लिन्छन् । दक्षिण भारतीय कफीको १५ र नागपुरी तर्री पोहाको १२ भारु लिन्छन् ।

उमेरमा ३० वर्ष पुगेका अंकितलाई चिया बनाउनका लागि रकेट साइन्सका बनाए जस्तो गाह्रो छैन । तर, त्यसका लागि आफनो व्यापारिक मोडल भने बलियो हुनु जरुरी छ ।

अंकित नागपुरबाट विसिए गरिरहेका थियो । सोही समयमा उनको पीताको २०१३ मा निधन भयोे । आमा पहिल्यै बितेकी थिइन् । स्नातक तहको परीक्षा सकेपछि उनी व्यापार गर्न चाहन्थे ।
परिवारको जिम्मेवारी पनि उनको काँधमा थियो । जिम्मेवारीका कारण उनी समस्यामा परे ।

उनी नागपुरबाट आफनै घर भएको छिंडवाडा फर्केर आए । दुई वर्षसम्म उनी परिवारको हेरचाहका लागि घरमा नै बसे । त्यसपछि सन् २०१६ मा सबै ठिक भएपछि उनी जागिरका लागि मुम्बई गए ।

अंकितका अनुसार २०१९ मा उनी जागिर छोडेर त आए । तर ठूलो हैरानीमा परे । परिवार चाहँदैन थिए कि असाध्यै राम्रो मानिएको इन्जिनियरको जागिर छाडेर चिया पसल चलाओस् ।

उनलाई पनि लाग्थ्यो, चिया बिक्री गर्ने काम आफैमा ठिक होइन । काम छाडेर आएपनि त्यस्तै अर्को नयाँ काम गर्ने योजना थियो उनको । तर लकडाउनका कारण एक वर्षसम्म काम नै नगरी बस्नुपर्यो ।

उनीसँग भएको केही पैसा पनि क्रमशः सकिन थाल्यो । गत अगस्टमा उनले चिया पसल गर्ने योजना बनाए । उनले त्यसका लागि ठेला पनि लगाए । तर स्थानीयले विरोध गर्न थाले । कयौं पटक विवाद पनि भयो । उनले तीन देखि चार वटा क्षेत्र नै परिवर्तन गर्नुपर्यो ।

उनले चिया व्यवसायलाई रकेट साइन्स जस्तो कडा काम ठानेनन् । त्यसका लागि उनले व्यवसायको आफनो मोडल विकास गरे । फरक फरक खालको परिकार बनाएपछि ग्राहकले त्यसलाई मन पराउँछन् ।

स्वादको भूमिका त्यसमा अझै महत्वपूर्ण हुन्छ । एक पटक जब ग्राहकले अंकितको चिया पिउँछन् तब पटक पटक फर्केर आउँछन् नै ।

उनले भनेका छन् कि मैले सोही विषयमा जानकारी राखेर नै चिया पसल शुरु गरेको हुँ ।

फरक फरक शहरको चियाको स्वादका बारेमा उनी आफै जानकार छन् । जयपुर, पूणे, नागपुरसहित कयौं शहरको स्वाद पनि बुझेका छन् । कयौं स्थानमा गएर अध्ययन समेत गरेका छन् ।

कस्तो चियामा बस्तो मसला राख्नुपर्छ र कस्तो स्वादका लागि के गर्नुपर्छ भन्ने बारेमा उनले थाहा पाएका छन् । सोही ज्ञानका साथ उनले काम गरिरहेका छन् । किनकी चियाको स्वाद खास होस् भन्नेमा उनी असाध्यै सजग छन् ।

अंकितले विभिन्न ४ प्रकारका प्रडक्ट तयार पारेका छन् । त्यसमा ३ प्रकारका चिया र एक कफी छ ।

हरेक प्रडक्टको खास खास अर्थ रहेको छ । कोरोनाकालमा उनले शक्ति बढाउने इम्युनिटी चियाको व्यवसाय शुरु गरे । त्यसमा अदरक, तुलसी पुदीना जस्ता सामग्री राखिएको छ ।

दोस्रो चियामा उनले मसला राखेका छन् । मसला तथा जडीबुटी राखिएका चिया पनि उनको मेन्यूमा छ । तेस्रो प्रकारको चिया भनेको कालो चिया हो । त्यस्तै कफी भने दक्षिण भारतीय स्वादको छ ।

अंकितको चिया पसलमा हरेक दिन ३०० बढी ग्राहक चिया पिउन आउँछन् । उनले हरेक दिन आफना ग्राहकसँग चियाको बारेमा सोधखोज गर्छन्, सुझाव लिन्छन् । उनीहरुको चाहना अनुसार नै परिवर्तन गर्न सकू भन्ने उनको सोच छ ।

उनको सबै ग्राहक भने सामाजिक सञ्जालबाट जोडिएर आएका छन् । अंकितको यस खालको स्टार्टअपलाई परिवारको पनि खास सहयोग मिलेको छ । उनको बहिनी र परिवारका अन्य सदस्यले समेत सहयोग गरेका छन् ।

उनको साथमा अन्य दुई जनाले पनि काममा सहयोग गर्छन् । लकडाउनका कारण आफनो अर्को सोचको व्यवसाय गर्न रोकिएपनि उनलाई तत्कालका लागि राहत दिएको छ ।

उनले छिट्टै चिया पसल विस्तार गर्ने सोच राखेका छन् । त्यसका लागि उनले खास ठाँउको खोजी गरिरहेका छन् ।


पुष्प दुलाल