विमानस्थलमा सफाई गर्ने युवाको कथाः वार्षिक १० करोड कमाई, ४ सयलाई रोजगारी



काठमाडौं । कामलाई सानो ठूलो भनेर हेला नगरौ । काम सानो ठूलो हुँदैन । कामलाई पूजा गर्नेले मात्रै सफलता हासिल गर्न सक्छन् । त्यसले मात्रै जिन्दगीमा सफलता हासिल गर्न सक्छन् । यस्तै भएको छ , भारतका एक युवालाई ।

भारतको अमिगढका एक व्यक्तिले जस्तो सुकै कामले पनि सफलता हासिल गर्न सकिन्छ र राम्रो कमाई गर्न सकिन्छ भन्ने तथ्य स्थापित गरेका छन् । विमानस्थलमा सफाई गर्ने आमिर कुतुबको वार्षिक १० करोड बराबरको टर्नओभर हुने गरेको छ ।

अलीगढका आमिरको साथमा कुनै पैसा थिएन । उनले विमानस्थलको सफाईको काममा हात हाले । कुनै समय उनले पैसाका लागि अखबार समेत बिक्री गर्दै हिडे ।

अमिर कुतुब उमेरले ३१ वर्षका भए । उनले अष्टे«लियामा मुख्य कार्यालय रहेको एक बहुराष्ट्रिय डिजिटल फर्म समेत सञ्चालनमा ल्याएका छन ।

विभिन्न ४ देशमा उनको कम्पनी सञ्चालनमा रहेको छ । उनको वार्षिक टर्नओभर मात्रै १० करोड बराबर हुने गरेको छ । आमिर पहिले विमानस्थलको सफाईको काम गर्थे । उनले पैसाका लागि घर घरमा अखबार पुर्याउने काम समेत गरेका थिए । तर, उनको आफनै व्यापार व्यवसाय गर्ने सोच भने कायम थियो ।

उनी अलिगढको मध्यमवर्गीय परिवारमा जन्मेका थिए । उनका पिता सरकारी जागिरमा थिए । पिताको चाहना थियो, आफ्नो छोरा पढेर बडेर डाक्टर वा इन्जिनियर बनोस् । उनका आमा गृहिणी थिइन । १२ कक्षाको पढाई सम्पन्न गरेपछि उनको बिटेकमा भर्ना गरिएको थियो । उनका सबै साथी मेकानिकलमा थिए ।

सबैले भनेका थिए, यसमा नै सबैभन्दा राम्रो स्कोप रहेको छ । यसैमा तिमी पनि पढ । मलाई पढाईमा खासै रुची थिएन । मलाई यस्तो लाग्थ्यो कि, म जुन विषय पढीरहेको छु, यसको काम कसरी लाग्छ । यही सोचेर मलाई एक प्रकारको हतासा पैदा हुन्थ्यो । मन नै लाग्दैनथ्यो । कुनै समय मेरा शिक्षकले मलाई भनेका थिए, तिमी जिन्दगीमा केही पनि गर्न सक्दैनौ । किनकी तिमीले पढाईमा ध्यान दिन सकेका छैनौ ।

उनले पढाईको दोस्रो वर्षमा अतिरिक्त क्रियाकलपामा सहभागी हुन शुरु गरे । कलेजमा आयोजना हुने त्यस्ता क्रियाकलपामा सहभागी मात्रै भएनन् । त्यसमा उनले सफलता समेत हासिल गरे । पढाईका अलावा जे जे गर्न सकिन्छ, ती सबै गर्न थालेका थिए ।

कलेजको दोस्रो वर्षमा उनलाई यस्तो लाग्यो, सामाजिक सम्बन्ध कायम गर्नका लागि कुनै विशेष प्रकारको नेटवर्क हुनु जरुरी छ । त्यसका लागि एक सोसल नेटवर्क एपको जरुरी परेको छ ।

उनको भनाइलाई उनका साथीहरुले मजाकमा उडाइदिए । उनीहरुले भने कि भाई तँ मेकानिकल ब्राण्चमा पढ्छस अनि एप बनाउने कुरा गर्छस् यो कसरी सम्भव छ । उनीहरुले कसरी एप बनाउने भन्ने विषयमा समेत थाहा नभएको भन्दै गिल्ला गरे । यो त्यो समयको कुरा थियो, जतिबेला फेसबुक पनि नयाँ नयाँ थियो ।

मैले गुगलमा कोडिङ गर्ने बारेमा सिक्न शुरु गरेको थिए । करिब ४ महिनाको मेहनतपछि एप बनाउनका लागि जे जति कोडिङ आवश्यक पर्दथ्यो, ती सबै मैले सिके, उनले ती दिन सम्झदै भने ।

फेरी एक जना साथीसँग मिलेर हामीले सोशल नेटवर्किङ एप बनायौ र सार्वजनिक गर्यौ । साताभरमा १ हजार विद्यार्थी त्यसमा जोडिन आइपुगे । त्यसमा उनीहरुले एक अर्कासँग सम्वाद गर्न सक्थे । सो काम काफी मात्रामा सफल भयो ।

कलेजमा कुनै पनि पत्रिका निस्कदैन थियो । सोचे कि म्यागजिन प्रकाशन गर्नुपर्छ । मैले स्पोन्सर खोज्न शुरु गरे । केही मान्छेलाई भेटे पनि । उनीहरुले भने यसरी विज्ञापन त आउँदैन, प्रपोजन आवश्यक पर्छ । त्यसपछि मात्रै कुराकानी हुन सक्छ । फेरी गुगलमा नै सर्च गरेर प्रपोजन बनाउन समेत सिके र दोस्रो पटक ती साथीसँग गएर भेटे ।

कलेजमा निर्वाचन भयो । मैले सचिव पदमा उम्मेदवारी दिए र विजयी पनि भए । त्यसपछि मेलै नेतृत्व क्षमता समेत सिके । यस प्रकारले कलेज मेरा लागि टे«निङ सेन्टर जस्तै हुन गयो । म्यागजिनको बहानामा बजारको बारेमा समेत थाहा पाए ।

निर्वाचनका कारण मैले नेतृत्व क्षमता समेत सिके, उनले सुनाए । यसबाट मेरो कन्फिडेन्ड क्षमतामा समेत बढोतरी भयो । त्यस पछाडि मैले निर्णय गरे कि आफ्नो काम आफै गर्नुपर्छ र त्यसमा पनि विज्ञान र प्रविधिको क्षेत्रमा नै केही काम गर्नुपर्छ । तर पनि घरबाट मलाई दबाव थियो, कि कुनै न कुनै रोजगारी गर । टिसिएसमा मेरो प्लेसमेन्ट भएको थियो, तर मैले जागिरमा सहभागी नै नभई छाडिदिए ।

त्यसपछि म दिल्ली आए । दिल्लीमा होन्डामा रोजगारीका लागि छानिए । काम पाएपछि मेरो घरमा समेत खुसीयाली छायो । होन्डामा जब काम शुरु गरे, तब मैले त्यहाँको सिस्टम सुधार गर्ने काम पाए । म्यानुअल रुपमा हुने कामलाई परिवतर्न गरेर मैले अनलाइन गरियो । मैले सो काम कार्यालय समय भन्दा अतिरिक्त समयमा गरेको थिए । मेरो काम देखेर जिएम असाध्यै खुसी भए ।

होण्डाका कयौं कम्पनीमा सो प्रणाली लागू गरियो । मेरो रोजगारी चलीरहेको थियो, तर मलाई भित्र भित्रै भने खुसी प्राप्त हुन सकेको थिएन । किनकी मलाई आफनो काम आफै गर्नुपर्छ भन्ने लाग्थ्यो । एक वर्ष त्यहाँ काम गरेपछि मैले त्यस कामबाट राजीनामा दिए । मैले सोचे कि अब आफ्नै काम वा व्यवसाय गर्छु । तर, मलाई कुनै पनि व्यापारिक आइडिया नै थिएन । मैले फिलान्सिङ गर्न थाले ।

बेवसाइट समेत डिजाइन गर्न थाले । त्यस समय मलाई अष्टे«लिया, अमेरिका र बेलायतका क्लाइन्टसँग सम्पर्क भयो । उनीहरुले मलाई सल्लाह दिए कि विदेशमा गएर आफनो व्यापार , व्यवसाय विस्तार गर । सोही समयमा मैले अष्टे«लिया जाने योजना बनाए ।

प्रवेशाज्ञाका लागि उनले विद्यार्थी नै भएर जाने सोच बनाए । त्यहाँको एक एमबीए कलेजमा भर्ना समेत लिए । पहिलो सेमेस्टर लगत्तै उनले स्कलसिप समेत पाए । केही पैसा मैले घरबाट पनि पाएको थिए । तर दोस्रो सेमेस्टरका लागि पैसा कसरी जोगाड गर्ने भन्ने बारेमा मलाई समस्या नै थियो ।

पढाई पनि गर्नु थियो, पैसा पनि कमाउनु थियो ।, त्यसका अलावा आफ्नो व्यवसाय समेत विस्तार गर्नु थियो । मलाई लाग्यो कि काम त सहजै मिल्ला नी, तर अवस्था त्यस्तो थिएन । मैले झण्डै एक डेढ सय कम्पनीमा आवेदन दिए । तर, कहि पनि म छानिन ।

किनकी उनीहरुले भारतको अनुभवलाई मान्यता दिँदैनथे । करिब ३ महिना पछिको प्रयास पछि मैले विमानस्थलमा सफाईको काम पाए । त्यहाँ प्रतिघण्टा २० डलर मात्रै प्राप्त हुन्थ्यो । दिनको कामको कारण मैले पढाई समेत निरन्तर अगाडि बढाउन पाएको थिइन,भने व्यवसायको बारेमा समेत सोच्न पाएको थिइन ।

त्यसपछि मैले रातको समयको काम खोज्न थाले । मैले बिहान ३ बजेदेखि ७ बजेसम्म घर घरमा अखबार पुर्याउने काम पाए । यो कुरा घरमा थाहा पाए भने उनीहरु मसँग असाध्यै रिसाउनेवाला थिए । उनीहरुले भारत फर्केर आउन समेत भनेका थिए । केही नातेदारले त पढेको मान्छेले यस्तो काम गर्ने हो भन्दै आपत्ति जनाएका थिए । तर, मेरा सामु प्रष्ट सोचाई थियो । मेरो लक्ष्य प्रष्ट थियो । यी सबै गर्दै गर्दा १ वर्ष बित्यो ।

फेरी मलाई एक सानो ग्यारेज मिल्यो । त्यहाँबाट मैले आफनो कम्पनीको काम शुरु गर्न थाले । मानिसहरुले भन्न थाले त्यो मेरो कम्पनी हो । म बेवसाइट डिजाइनको काम गर्न थाले । मैले कम्पनी समेत दर्ता गरे । मैले कम्पनी त दर्ता गरे, तर काम पाउन सकेको थिइन । म कार्ड लिएर यता यता डिड्न थाले, तर काम भने पाउन सकिन ।

एक दिन मैले सानो एउटा काम पाए । उसले मलाई भन्यो कि तिमी चाहन्छौ भने मेरो कम्पनीका लागि सिस्टम बनाउन सक्छौ । त्यसका लागि मैले कुनै पनि शुल्क लिइन । मैले ४ हप्ताको अवधिमा उसको कम्पनीको लागि सिस्टम बनाइदिए । त्यसबाट ५ हजार डलर बच्यो । उसले दोस्रो मान्छेलाई समेत सम्पर्कमा ल्यायो ।

मलाई अष्ट्रेलियाको एक अर्ध सरकारी संस्थामा ज्वाइन गर्ने मौका मिल्यो । त्यहाँ मैले डेढ वर्ष काम गरे । त्यहाँ काम यति धेरै राम्रो गरे कि , जिएमसम्मको पदमा काम गर्ने मौका पाए । जब पैसा जम्मा भयो, तब मैले त्यहाँको काम छाडिदिए । किनकी मलाई आफ्नै काम गर्नु थियो । विस्तारै विस्तारै काम बढ्न थाल्यो । मेरो काँधमा ५० लाख बराबरको ऋण समेत पुग्यो ।

मैले सम्झन सकेको थिइन, कम्पनीमा पैसा त आइरहेको छ, तर वचत भने हुन सकेको छैन । धेरै मान्छे भेटे, सेवाग्राही पनि भेटे । त्यसपछि पत्ता लाग्यो कि मैले सर्भिस चार्ज असाध्यै कम लिने गरेको रहिछु । कयौ क्लाइन्टले असाध्यै कम मूल्यमा काम गराइरहेका रहेछन् ।

त्यसपछि मैले शुल्क बढाए, पैसा नतिर्नेको काम बन्द गरिदिए । मैले केवल २० प्रतिशत बराबरका क्लाइन्टसँग मात्रै काम गरे । त्यसबाट मैले डेढ वर्षमा लागेको ऋण समेत चुक्ता गरे ।

आज मेरो कम्पनीका वार्षिक टर्नओभर मात्रै १० करोड बराबरको हुन थालेको छ । अहिले विभिन्न ४ देशमा मैले लगानी गरेको छु । मेरो साथमा १०० जना स्थायी र ३०० जना करारका कर्मचारी छन् ।


पुष्प दुलाल