‘ब्याड ब्वाय बिलिनियर्स’,जसले जनताको पैसालाई डुबाएर अर्बपति बने



ओटीटी प्लेटफर्म नेटफिल्क्समा चार वटा एपिसोडको डकुमेन्ट्री सिरिज ‘ब्याड ब्वाय बिलेनियर्स इन्डिया’ रिजिल भएको छ । जसमा हालसम्म ३ वटा एपिसोड रिलिज गरिएको छ भने बाँकी एउटा एपिसोड रिलिजको तयारीमा छ ।

चार जना भारतीय अर्बपतिहरु जति हजारौं करोड भारु ठगी गर्नेहरुको बारेमा भिडियो बनाइएको छ । उनीहरुले कसरी ठगी गरे र अहिले के गरिरहेका छन् भन्ने विषयमा खोजमूलक सामग्री सहित सिरिज तयार पारिएको छ ।

जसमा पहिलो एपिसोडमा ‘द किङ अफ गुड टाइम्स’ले चिनिने विजय माल्याका बारेमा छ भने दोस्रो एपिसोड हिरा व्यापारी नीरव मोदीको विषयमा आधारित छ । तेस्रो एपिसोड ‘द वल्र्डस बिगेस्ट फ्यामली’का नाममा साहारा परिवारका मालिक सुब्रता रोयका बारेमा छ । भने रिलिज हुन बाँकी रहेको रामालिंगम राजुका विषयमा छ ।

विजय माल्यामाथि भारतका विभिन्न बैंकबाट ९ हजार करोड भारु ऋण लिएर नतिरेको र ठगी गरेको आरोप छ । हाल सन् २०१६ मा भारतबाट भागेर लन्डन पुगेका उनी त्यहाँको प्रहरीले पक्राउ गरेको थियो । हाल अदालतमा मुद्दा खेपिरहेका माल्या हाल जमानत रिहा भएका छन् ।

भारत सरकारले माल्यालाई भारत ल्याउनका लागि प्रयासरत रहे पनि हालसम्म सकेको छैन । कुनै समयका चर्चित अर्बपति व्यापारी माल्या किङफिसर बियर र किङफियर एयरलाइन्सका कारण चर्चित थिए । त्यसबाहेक महंगा रक्सीले भरिएको पार्टी र मोडेलहरुका कारण उनी हरेक समय चर्चामा रहे । उनले प्रत्येक वर्ष निकाल्ने क्यालेन्डरमा आफ्नो फोटो छापिनु कुनै पनि मोडलका लागि गौरवको विषय बन्थ्यो । ग्ल्यामरका कारण चर्चित माल्या २८ वर्षको उमेरदेखि व्यवसायमा छिरेको थिए ।

विभिन्न कम्पनीका लागि विभिन्न बैंकबाट ९ हजार करोड भारु ऋण लिएर ऋण तिर्न नसक्ने भएपछि उनी भारत छाडेर लन्डन पुगेका थिए । हाल भारत सरकारले उनको भारतमा रहेको १२ हजार करोड भारु बराबरको सम्पत्ति जफत गरेको छ ।

त्यसैगरी दोस्रो एपिसोडमा नीरव मोदीका बारेमा छ । जसले ११ हजार करोड बराबरको ऋण लिएर चुक्ता नगरी भागेको आरोप लागेको छ ।
मोदी शुरुमा पोलिस गरिएका हिरा अमेरिकालगायतका बजारमा बिक्री गर्दथे । तर पछि उनले अमेरिका दुई कम्पनी खरिद गर्ने तयारी गरे । १ अर्ब ६० करोड भारुमा पहिलो कम्पनी र ३ अर्ब २० करोड भारुमा दोस्रो कम्पनी पनि खरिद गरे । त्यसपछि उनले नयाँ नयाँ फिल्डमा हाल हाल्न लागे । कम्पनीले प्रियंका चोपडालाई ब्रान्ड एम्बेस्डर बनाएको थियो । उनले नीरव मोदीका नाममा भारतसँगै मकाउसम्म आउटलेट समेत खोलेका थिए ।

उनले पञ्जाब नेशनल बैंकमा गएर हङकङमा सामान खरिद गर्नका लागि पैसा माग गरेका थिए । उनले २८० करोड भारु बराबरको सामान खरिद गर्नका लागि पैसा मागेका थिए ।

उक्त समयमा उनले बैंकका अधिकारीसँग पैसा अहिले दिन सक्दैन तर लेटर चाहियो भनेर माग गरेका थिए । बैंक अधिकारीले पैसा नलिइकन लेटर दिन नमिल्ने बताएपछि मोदीले पहिले पनि पैसा दिन सक्दैन तर पहिले जस्तै गरी लेटर चाहिन्छ भनेपछि पहिलेको रकेर्ड खोज्न शुरु गरिएको थियो । जसका कारण मोदीको ठगी खुलासा भएको थियो ।

पञ्जाब नेशनल बैंकका २ जना कर्मचारीसँग मिलेर मोदीले उक्त पहिलेदेखि नै उक्त ठगी शुरु गरेका थिए । ठगी खुलासा हुनु भन्दा अघि नै मोदी लन्डन भागिसकेका थिए । त्यसपछि लन्डनमा उनी पक्राउ परेका थिए ।

त्यसैगरी तेस्रो एपिसोडमा साहारा ग्रुपमा मालिक सुब्रोत रोयका बारेमा छ । यो सबैभन्दा ठूलो परिवारका रुपमा पनि चिनिन्छ । १२ लाख परिवारको साहराका नामबाट पनि चिनिन्थ्यो ।

रोयमाथि सर्वसाधारणहरुको पैसा लिएर ठगी गरेको आरोप लागेको थियो । साहाराले जब सन् २००९ मा आइपीओ जारी गर्नका लागि एसईबीआईमा आवेदन दियो । आइपीओमा जानुभन्दा अघि एसइबीआईको अनुमति आवश्यक पर्दथ्यो । यस्तोमा साहरा प्राइम सिटी नामक कम्पनीले एसईबीआईमा आइपीओ ल्याउनका लागि आवेदन दिएको थियो ।

यससमयमा आइपीओका लागि अनुमति दिनुभन्दा अघि गरिएको अध्ययनमा सर्वसाधारणबाट गलत तरिकाले पैसा उठाएको पाइएको थियो । अध्ययन गरिएको कम्पनीलाई पनि साहाराका विरुद्धमा उजुरी प्राप्त भयो । अध्ययनमा एआईआरइसीएल र एसएचआईसीएलले २ वर्षको अवधिमा २ देखि २.५ करोड मानिसबाट २४ हजार करोड भारु लिएको पाइएको थियो ।

गडबडी सार्वजनिक भए लगत्तै साहराले ओएफसीडी जारी गर्न रोक्यो । साथै मानिसहरुलाई १५ प्रतिशत ब्याजदरका साथ पैसा फिर्ता लिन समेत आदेश साहरले पायो । साहरालाई उक्त आदेश मञ्जुरी थिइन । कम्पनीले इलाहाबाद हाइकोर्टमा मुद्दा दर्ता गर्यो । तर ४ महिनापछि कम्पनीको मागलाई अदालतले खारेज गरिदियो ।

उक्त फैसलापछि साहरा कम्पनी सर्वोच्च अदालत पुग्गो । त्यहाँ पनि सोही आदेश दोहोरियो । सन् २०१४ मा रोयलाई गिरफ्तार गरियो भने सन् २०१६ पछि उनी परोलमा बाहिर निस्किएका छन् । लगानीकर्ताको पैसा अहिलेसम्म फिर्ता भएको छैन ।

रोय बिहारका बासिन्दा हुन् । उनले २ हजार भारु लगाएर कारोबार शुरु गरेका थिए । उनले मानिसहरुलाई पैसा जम्मा गर्ने स्किम शुरु गरेका थिए । तर सन् १९७९–८० को समयमा पाबन्दि लागेपछि उनले तुरुन्तै पैसा फिर्ता गरेका थिए । त्यसपछि उनले हाउजिङ फाइनान्स कम्पनी शुरु गरे । जसका लागि बजारबाट पैसा उठानका लागि कुनै सीमा थिएन । उनले यो काममा सफलता पाए । हेर्दा हेर्दै साहरा कम्पनी देशको ठूलो कम्पनीका रुपमा देखियो । यतिसम्म कि सन् २०१३ मा टाइम म्याग्जिनमा साहरा कम्पनी भारतको रेल्वेपछिको सबैभन्दा धेरै जागिर दिने कम्पनी भएको उल्लेख गरेको थियो ।

कम्पनीले भारतीय क्रिकेट टिमलाई पनि स्पोन्सर गर्दथ्यो । कम्पनीको बिजनेस फाइनान्स, इन्फ्रास्ट्रक्चर एन्ड हाउजिङ, मिडिया एन्ड इन्टरटेइनमेन्ट, कन्ज्युमर रिटेल भेञ्चर, म्यानुफ्याक्चरिङ तथा आइटी क्षेत्रमा लगानी फैलिइएको थियो । कम्पनीले अमेरिकाको न्यूयोर्कमा ४४००० करोड भारुतमा होटल पनि खरिद गरेका थियो । कम्पनीसँग देशका विभिन्न क्षेत्रमा गरी ७६४ एकड जमिन छ ।

नेटफिलिक्समा रिलिज हुन बाँकी रहेको राजु रामलिंगमको घोटलाको कथा पनि उस्तै छ । उनले ७ हजार करोड भारुको घोटला गरेको र पछि धोखाधडीको रकम समेत जोडेर १४ हजार करोड भारु भएको छ ।

सन् २००७ मा अर्नस्ट एन्ड योङ इन्टरप्रेनर पुरस्कार र सन् २००८ मा एन्सर्ट एन्ड योङ उद्यमी तथा कर्पोरेट गर्भर्नेन्सका लागि गोल्डन पिकाक अवार्ड जितेका राजुले सत्यम घोटलापछि उनले सन् २००९ बाट कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिइएका थिए ।

राजुले घोटला गरेको स्वीकार समेत गरेका थिए । उनलाई चंचलगुडा केन्द्रीय कारागारमा राखिएको छ । शुरुमा उनलाई सामान्य कैदीका रुपमा राखिए पनि पछि अदालतको आदेशमा उनलाई विषेश कैदीका रुपमा राखिएको थियो ।

सन् १९५४ मा हैदराबाटमा जन्मिएका उनका पिताले सत्यम नामक कम्पनी स्थापना गरेका थिए । राजुले सन् १९७५ मा वाणिज्य विषयमा स्नातक अध्ययन गरेका थिए । साथै अमेरिकाबाट एमबीए गरेका थिए ।

उनी अमेरिकाबाट फर्किएपछि सत्यम कम्पनीका नामबाट रियल स्टेट क्षेत्रमा काम शुरु गरेका थिए । साथै पछि उनी आईटी उद्यमका रुपमा आफ्नो पहिचान स्थापना गरे । सन् १९९२ मा स्थापना भएको यो कम्पनीले छिट्टै भारतीय बजारमा आइटी कम्पनीका रुपमा राम्रो पहिचान पाएको थियो ।


क्लिकमान्डु